उच्चले रोक्यो पूर्वमुख्यमन्त्री थापालाई गाडी सुविधाको निर्णय

विराटनगर । उच्च अदालत विराटनगरले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस दलका नेता उद्धव थापालाई सवारी सुविधा दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश राजेन्द्र अधिकारी र केशवप्रसाद वास्तोलाको सोमबारको इजलासलले निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापालाई गत १३ असोजमा एउटा हलुका सवारीसाधन, […]

संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय

काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन यही माघ १८ गते आहृवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संसद् बैठक बोलाउन आलटाल गरेको भन्दै विपक्षी दलहरुले सरकारको आलोचना गर्दै आएका थिए । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन […]

प्रेमिकाले धोका दिएको भन्दै पुरुषले आफ्नै शरीरमा लगाए आगो

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका–६ मा प्रेमिकाले धोका दिएको आरोप लगाएर एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् । झापाको दमक नगरपालिका वडा नम्बर–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएका हुन् । उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश […]

कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न सिफारिस

चितवन । रातको समयमा एक सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । प्रहरीले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि चितवन प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोलाई घटनाको छानबिनको जिम्मेवारी दिएको थियो । छानबिनका क्रममा कुटपिट गर्ने प्रहरी भरतपुर महानगरपालिका-११ बाइपास रोड क्षेत्रमा गणेशस्थान प्रहरी बिटका […]

प्रहरीले निर्घात कुटपिट गरेको भिडिओ चितवनको, डीएसपीको नेतृत्वमा छानबिन सुरू

चितवन । रातको समयमा प्रहरीले एक सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा प्रहरीको सर्वत्र आलोचना भइरहेको छ । उक्त भिडिओ भरतपुरको बाइपास रोड क्षेत्र आसपास खिचिएको पुष्टि भएसँगै चितवन प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा घटनाबारे छानबिन सुरू गरेको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले घटनाको सम्बन्धमा सत्यतथ्य […]

सर्वोच्चले रिट खारेज गरेसँगै राष्ट्रिय परिचयपत्र पूर्ण कार्यान्वयन गर्न खुल्यो बाटो

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा रोक लगाउनुपर्ने माग सहित परेको रिट खारेज गरेको छ । यससँगै सरकारलाई सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो । सर्वोच्चले केही विषयमा भने सरकारका […]

कोशीको प्रदेशसभा बैठक आजबाट सुरु हुँदै

विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुंगले हिउँदे अधिवेशन माघ ७ गतेलाई आव्हान गरेका थिए । प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुन अघि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । बैठकमा आज सम्भवित कार्यसूचिको विषयमा छलफल भएको थियो । प्रदेश सभाको वर्षे अधिवेशन गत […]

डोनाल्ड ट्रम्प आए, अमेरिकामा पुनः चल्न थाल्यो टिकटक

एजेन्सी । अमेरिकामा टिकटक पुनः चल्न थालेको छ । टिकटकले अमेरिकामा आफ्नो सेवा करिब १२ घण्टा बन्द गरेको थियो । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा टिकटकले पुनः सेवा सुरु गरेको हो । ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएका थिए । उक्त आवश्वासनपछि कम्पनीले पुनः सञ्चालनको निर्णय लिएको हो । टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई पुनः स्वागत […]

विपिन सकुशल घर फर्किने आशामा परिवार

कञ्चनपुर । हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार उनी सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् । हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा […]

विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव

झापा । झापा जिल्लाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ । कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान तुल्याउने र स्थानीय उत्पादनको प्रवद्र्धन गरिने महोत्सवमा एक सय ५० सुविधासम्पन्न व्यापारिक प्रदर्शनी कक्ष रहने विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए । यही माघ ८ देखि […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं