काठमाडौँ । इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी–४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो। यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि उद्योग मन्त्रालय मन्त्रीविहीन थियो। मन्त्री बन्ने तयारी भएसँगै साह निर्वाचन क्षेत्रबाट काठमाडौँ फर्किएको बताइएको छ।
काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनापछि अस्पतालसँग स्पष्टीकरण मागिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । मन्त्रालयले अस्पतालसँग घटनाबारे स्पष्टीकरणसमेत मागेको छ । घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याइने र छानबिनका क्रममा अस्पताल वा सम्बन्धित व्यक्तिको गल्ती वा […]
विराटनगर । ३७ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेपछि मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च गर्दा प्रहरीले १० लाखभन्दा बढी नगद र आठ वटा फलामे रड फेला पारेको छ । लामो समयदेखि केही कैदीबन्दीको प्रभावमा रहेको भनिएको उक्त ब्लकबाट १० लाख ३ हजार १ सय ५५ रुपैयाँ र आठ वटा फलामे रड बरामद भएपछि ती सामग्री कसले, […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता तथा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार संविधानअनुसार नचलेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्। ‘हामी विषम परिस्थितिमा छौं। बाढीपहिरोको मारमा छौं। खर्बौंको अर्थतन्त्र क्षति भएको अवस्था छ। अर्कोतर्फ सरकार संविधानअनुसार चलेको छैन,’ […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले सिंहदरबार र संघीय संसद्को पुनर्निर्माणमा देखिएको सुस्त गतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले निजी क्षेत्रले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना तीव्र गतिमा पुनर्निर्माण गरिरहे पनि सरकारी संरचना अझै उस्तै अवस्थामा रहेको बताए। नयाँ संसद् भवनबाट बजेट अधिवेशन सञ्चालन हुने अपेक्षा गरिए पनि अस्थायी संरचनाबाटै […]
काठमाडौँ। रसुवाको भोटेकोशी बाढीपछि सरकारले गरिरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामबारे विपक्षी दलहरूले समीक्षा गरेका छन्। नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको बैठकमा सर्वदलीय बैठकबाट तय भएका नौबुँदे प्रतिबद्धताको कार्यान्वयन, राहत वितरणको अवस्था र आगामी रणनीतिबारे छलफल भएको कांग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्। विपक्षी दलहरूले राहत वितरणमा देखिएका कमजोरी सुधार गर्दै प्रभावितलाई समयमै […]
काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए। विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवमाथि राजीनामा दिन दबाब बढेको थियो।
काठमाडौँ। रसुवा बाढीका कारण हालसम्म १ हजार ३ सय ७७ जनाको मृत्यु भएको छ भने ५ हजार १ सय ३० जना अझै बेपत्ता रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक तथ्याङ्क सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३६४ जनाको […]
काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो। पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। दीपेन्द्र सिंह ऐरीले ५१ र बसिर अहमदले ४७ रन बनाए। १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। नेपालका सन्दीप […]
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव तथा आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल (क्रान्तिकारी) ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको सडकमा दाउरा बालेर खाना पकाउँदै ग्यास आपूर्तिमा देखिएको समस्याप्रति विरोध जनाएका हुन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले ग्यास अभावका कारण सर्वसाधारणले भोग्नुपरेको समस्या तत्काल समाधान गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका […]