माघ लागेसँगै बढ्यो चिसो, झापामा हुस्सुले ढाक्यो (फोटो फिचर)

झापा । झापामा आज बाक्लो हुस्सु लागेको छ । झापाका सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा अझ बढी चिसो र हुस्सु छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । माघ लागेसँगै चिसो बढेको स्थानीयले महसुस गरेका छन् । झापाको बिर्तामोड आसपास क्षेत्रमा लागेको हुस्सुका ८ तस्बिर ।

‘भुकम्पको क्षति न्यूनिकरणका लागि प्रदेश सरकारले योजनाबद्ध काम गर्छ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रूपमा दिगो र परिणाममुखी बनाउन प्रदेश सरकारले योजनावद्ध काम गर्ने बताएका छन् । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि दिगो विकास लक्ष्यहरू तथा पेरिस सम्झौता लगायतका अन्तर्राष्ट्रिय सन्धिहरुले तय गरेका […]

२७औं भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा विविध कार्यकम गरी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ । १९९० माघ २ गतेका दिउँसो २:२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ । सहरी विकास तथा […]

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यति बेला देशको हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको अवस्था छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी […]

चितवनको माडीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे जानकारी पाउने […]

पर्वले सामाजिक र सांस्कृतिक एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्वले सामाजिक र संस्कृतिक एकतालाई बलियो बनाउने बताएका छन् । माघे संक्रान्ति र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गर्ने उनको भनाइ छ । माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा आज (मंगलबार) शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले पर्वहरुले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाध्ने उल्लेख गरे । […]

मासिक राशिफल : कस्तो रहला तपाईँको माघ महिना ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य राज्य भावमा, बुध ९ गतेसम्म भाग्य भावमा र १० गतेबाट कर्म भावमा, शुक्र १६ गतेसम्म लाभ भावमा र १७ गतेबाट खर्च भावमा, बृहस्पति र शनि क्रमशः धन भावमा र आए भावमा, मङ्गल ९ गतेसम्म सुख भावमा १० गतेबाट पराक्रम भावमा, राहु खर्च भावमा र केतु प्रतिस्पर्धा भावमा गोचर […]

मिथिलाञ्चलमा तिला सङ्क्रान्ति मनाइँदै

जलेश्वर । मिथिलाञ्चल क्षेत्रमा तिला सङ्क्रान्ति (माघेसङ्क्रान्ति) पर्व मनाइँदैछ । आज बिहानैदेखि तिला सङ्क्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव राउतले बताए । प्रत्येक वर्ष माघ १ गतेका दिन यस क्षेत्रका प्रत्येक सदस्यले चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ भने खिचडी र दही, […]

अमेरिकी डलरको मूल्य हाल सम्मकै उच्च, अन्य विदेशी मुद्रा कसको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर बलियो बन्दा अन्य विदेशी मुद्राको मूल्य पनि आज वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र […]

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौं । आज देशभरका विभिन्न समुदायले माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं