काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार शुक्रबार साँझसम्ममा रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र […]
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन-५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन् । आज बेलुका सामाजिक सञ्जालमार्फत उनले ढाँटलाई बधाई दिएका हुन् । प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराएकोमा फाइटर ढाँटलाई धन्यवादसमेत दिएका छन् । “नेपाली […]
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ५७९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थपन प्राधिकरणले शुक्रबार साँझ ७ बजेसम्मको तथ्यांक सार्वजनिक गरेकामा ५७९ जनाको शव फेला परेको हो । सबैभन्दा बढी चितवनमा २३३ जनाको शव भेटिएको छ। यसैगरी, रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, […]
काठमाडौं । सरकारले विपदबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सरकारको उक्त निर्णयसम्बन्धी सूचना शुक्रबार नेपाल राजपत्रमा प्रकाशित भएको हो। विपदबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। घोषणामा समेटिएका जिल्ला र स्थानीय तहको विस्तृत विवरण राजपत्रमा उल्लेख गरिएको छ।
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरिएको ३६ घण्टामै १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले उक्त रकम जम्मा गरेका हुन्। यससँगै कोषमा रहेको कुल रकम ४ अर्ब ९ […]
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको जनाएको छ। शुक्रबार दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै नेपाल र चीनका सम्बन्धित अधिकारीहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनमा चीन–नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फ रहेको एक सहायक नदीमा हिम–चट्टानको पहिरो गएको छ। पहिरोले नदी […]
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बुधबार आएको बाढीका कारण ५४७ जनाको शव फेला परेको हो। फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र चितवनमा सबैभन्दा बढी २२१ जनाको […]
सुनसरी । बराहक्षेत्र नगरपालिका–९ का किसान भीष्म अधिकारीले माछापालनबाट वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। १० कट्ठा क्षेत्रफलबाट सुरु गरेको माछापालन व्यवसाय विस्तार गर्दै अहिले १६ बिघामा पुर्याएपछि उनले उक्त आम्दानी गर्न थालेका हुन्। अधिकारीले माछाका भुरा, दाना, कर्मचारीलगायत खर्च कटाएर वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको बताए। उनले विसं […]
काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले बाढी र पहिरोका कारण बनेको अवरोध ताल तथा त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको निरन्तर निगरानी गर्न निर्देशन दिएका छन्। शुक्रबार बसेको चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको आकस्मिक बैठकमा सीले तालको पानीको अवस्था, आसपासका पहाडको स्थायित्व र थप बाढी–पहिरोको सम्भावनाबारे निगरानी बढाउन निर्देशन दिएका हुन्। बुधबारको ठूलो बाढीपछि बनेको उक्त […]