आहा ! सुर्योदयको दृष्य हेर्न अब ताप्लेजुङ जाउँ (फोटो फिचर)

ताप्लेजुङ । सुर्य पूर्वबाटनै उदाउनेमा दुईमत छैन । अहिले हामी सुर्योदयको दृष्य हेर्न इलामको श्री–अन्तु डाँडा सम्म पुग्ने गरेका छौ । तर, सुर्योदयको दृष्य पूर्वको पहिलो जिल्ला ताप्लेजुङबाटनै मज्जाले देखिन्छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा रहेको झुल्के डाँडाबाट विहानको पहिलो सुर्य उदाएको दृष्य देख्न सकिन्छ । तर, यो स्थानलाई अझै ओझेलमानै छ । यो स्थानलाई प्रचार […]

प्रदेश १ मा ३४९ जना कोरोना मात्रै संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, तेह्रथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा १–१ र र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १२३, सुन्दरहरैचामा २५, बुढीगंगामा […]

प्रदेश १ : बजेट अधिबेशनको पूर्वसन्धामा माओवादी केन्द्रले लियो सरकारलाई दिएको समर्थन फिर्ता

विराटनगर । माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन लिएको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसदीय दलको बैठकले दलका नेतालाई दिएको अधिकार प्रयोग गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । माओवादी केन्द्रले आइतबारनै संसद सचिवालयलाई सो जानकारी समेत दिएका छन् । माओवादी केन्द्रले सरकारबाट हटेपनि सरकारलाई दिएको समर्थन फिर्ता […]

दबाबका बिच पक्राउ परे दुर्घटना गराउने सांसदका छोरा

विराटनगर । सांसदकै छोरा भएका कारण पक्राउ नगर्न ठुलो दबाब झेलेको मोरङ प्रहरीले अन्तत विराटनगरमा भएको सवारी दुर्घटनाका आरोपीत रबिन कार्कीलाई पक्राउ गरेको छ । सञ्चारमाध्यमको निरन्तरको खबरदारीका कारण र मजदुर संगठनको निरन्तरको चेतावनीका कारण प्रहरीले मापसे गरी भारतीय मजदुरको मृत्यू हुने गरी सवारी दुर्घटना गराउने कार्कीलाई पक्राउ गरेको हो । रबिन प्रदेश सांसद विन्दिया […]

संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न संवैधानिक इजलास बस्दै

काठमाडौं । संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न आइतबार सर्वाेच्च अदालतमा संवैधानिक इजलास बस्दै छ । यसअघि १४ जेठमा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो । इजलासका लागि आज प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना छ । १८ जेठमा बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

कारले ठक्कर दिएर मजदुर मार्ने सांसदको छोरा जोगाउन ठुलो चलखेल, मृतक परिवारलाई ५० दिएर थामथुम

विराटनगर । प्रदेश १ सासद बिन्दिया कार्कीका छोरा रबिन कार्कीले चलाएको कारले ठक्कर दिएर मजदुरको मृत्यू भएको प्रत्यक्षदर्शी बताउँछन् । ठक्कर दिएर चालकको सिटबाट निस्किएर रबिन भागेको प्रत्यक्ष कुराकानीमा स्थानीय भनिरहेका छन् । तर, प्रहरी भने अझै चालक फरार भनेर घटनाको नयाँ रुप कोर्नमा व्यस्त छ । घटना भएको शनिबार दुई दिन भयो । विहीबार […]

झापामा करेन्ट लागेर डोलुको मृत्यु

झापा । झापा कचनकवल गाउँपालिका ६ का ४० बर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएकोमा कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको छ ।

विश्व वातावरण दिवस आज, संरक्षणका पहलहरुलाई जोड दिएर मनाईँदै

विराटनगर । शनिबार (आज) विश्व वातावरण दिवस मनाईँदै छ । नेपालमा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनर्स्थापना’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । कोरोना भाइरसको महामारीका कारण धेरै कार्यक्रम हुने छैनन् । तर भर्च्युअल रुपमा विभिन्न क्षेत्रले दिवसको अवसरमा वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गर्दै छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा […]

ताप्लेजुङबाट बिरामी बोकेको हेलिकप्टर अकस्मात झापाको खेतमा पुगेपछि…

ताप्लेजुङ । शुक्रबार साँझ अकस्मात झापाको अर्जुनधारा ५ को खेतमाथि सिम्रिक एयरको हेलिकप्टर देखियो । न त्यहाँ हेलिप्याड नत कसैको उद्धारका लागिनै जानु थियो । स्थानीय अचम्मित मात्रै हैन हेलिकोप्टर ल्याण्ड गर्न लागेको देखेर त्रसित समेत बने । हावाहुरी चलेकाले हेलिकोप्टर दुर्घटना त हुन लागेको हैन ? भन्ने धेरैको प्रश्न थियो । तर, हेलिकोप्टर सफलता […]

मन्त्रिपरिषद् पुनर्गठन : शीतल निवासमा लिए नवनियुक्त मन्त्रीले शपथ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओलीले १२ जना नयाँ मन्त्री नियुक्त गर्दा पुराना १३ मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। नयाँ १२ मन्त्रीमा जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्षका १० र एमालेका दुई मन्त्री बनेका छन्। १७ सदस्यीय मन्त्रिपरिषद् गठन हुँदा १३ जना पुराना मन्त्री पदमुक्त भएका छन्। […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा