पत्रकार श्रेष्ठलाई भदौ १ गते सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिइएको छ। शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै श्रेष्ठलाई भदौ १ गते बिहान १० बजे अदालतमा उपस्थित गराउन आदेश दिएको हो। अदालतले श्रेष्ठलाई थुनामा राख्नु नपर्ने भए […]

युवा नेतृत्वलाई सहज रूपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्दै परिवर्तनलाई विधि र पद्धतिअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले परिवर्तन र युवा सहभागितालाई विधि तथा प्रक्रियामार्फत संस्थागत गर्नुपर्ने बताएका हुन्। पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै शर्माले देउवाबाट सबै पक्षलाई […]

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ९० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा […]

भोजपुरमा वडास्तरबाट राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

भोजपुर । नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले भोजपुरमा वडास्तरबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका राष्ट्रिय परिचयपत्र जिल्लाका नौवटै स्थानीय तहका ८१ वडामार्फत वितरण गर्ने तयारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी राजन पौडेलका अनुसार हालसम्म जिल्ला प्रशासन कार्यालयमा ६३ हजार ३०७ थान राष्ट्रिय परिचयपत्र प्राप्त […]

सुदूरपश्चिमको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा  खगराज भट्ट नियुक्त भएका छन् । नेकपा (एमाले) को समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको […]

१४ करोड जरिबाना असुल

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा अदालतको फैसला कार्यान्वय गर्ने क्रममा रु १४ करोड १६ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा चार हजार ६०३ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार आर्थिक वर्ष २०८०र८१ मा दुई हजार ३८५ […]

साइबर अपराधका उजुरी २० हजार नाघे, सामाजिक सञ्जाल दुरुपयोग बढ्दो

काठमाडौँ । इमेलमार्फत अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गरेको आरोपमा नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँचमार्फत ठगी गरेको आरोपमा नुवाकोटकै १९ वर्षीय विवेक सुनारलाई असार २४ गते पक्राउ गरिएको थियो । त्यसैगरी, इसेवाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा रौतहटका २२ […]

खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका छन्। तोकिएको समयभित्रै एमालेको समर्थनमा […]

म्यानमारको यांगुनमा ९० जनाभन्दा बढीमा हैजा पुष्टि, एक जनाको मृत्यु

म्यानमार । म्यानमारको यांगुन क्षेत्रमा ९० जनाभन्दा बढी व्यक्तिमा हैजाको संक्रमण पुष्टि भएको छ । म्यानमारको स्वास्थ्य मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार यस संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार हाल यांगुनका विभिन्न अस्पतालमा झाडापखालाका लक्षण भएका १७१ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ५४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरूले बताएका […]

पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि ३ दिन म्याद थप

काठमाडौं । जिल्ला अदालत काठमाडौँले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतको आदेशसँगै सम्बन्धित निकायलाई श्रेष्ठमाथिको अनुसन्धान अघि बढाउन थप तीन दिनको समय प्राप्त भएको हो। श्रेष्ठविरुद्धको अनुसन्धानका क्रममा आवश्यक प्रक्रिया पूरा गर्न अदालतबाट उक्त म्याद थपको अनुमति लिइएको जनाइएको छ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं