ओखलढुंगाको एक पोखरीमा किन गरे बाँदरले धमाधम आत्महत्या ?

ओखलढुंगा । सिद्धिचरण नगरपालिका–५ स्थित सानीटारमा शुक्रबार र शनिबार गरेर २९ बाँदर पोखरीमा हाम फालेर मरेका छन् । शुक्रबार सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका थिए । स्थानीयले १२ वटा बाँदरको जिवितै उद्धार गरेका थिए । स्थानीय बासिन्दा र वन डिभिजन कार्यालयका कर्मचारीले उद्धार गरेका हुन् । शनिबार दिउँसो फेरि ७ […]

ताप्लेजुङ प्रहरीको यात्रुलाई आग्रह ‘सवारीले बढी भाडा लिए कल गर्नुहोस्’

ताप्लेजुङ । चाडपर्वका समयमा यात्रुमाथी हुने दुव्र्यवहार र बढी भाडा असुली जस्ता क्रियाकलाप न्युनिकरणका लागि ताप्लेजुङमा भाडाका सवारी साधन भित्रै सवारी नम्बर सहितको स्टिकर राख्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीको आपसी समन्वयमा स्टिकर राख्ने अभियानको शनिबार विहान ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले उद्घाटन गरे। यात्रुबाट […]

चीनमा सङ्क्रमण फैलिएदेखि ओलाङ्चुङ्गोलाको गलैँचा घरैमै थन्किए

ताप्लेजुङ । कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका हुन् । सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा मात्र पुगिने एक्लो हिमाली बस्ती ओलाङ्चुङ्गोलाका प्राय […]

विराटनगरको नोबेलमा लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन

विराटनगर । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विराटनगरको नोबेल शिक्षण अस्पताल शुक्रबार राति तनावग्रस्त बनेको छ। पेट दुखेको र श्वासप्रश्वासमा समस्या भएकोभन्दै उपचारका लागि लगिएकी विराटनगर महानगरपालिका–३ की ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेलको साँझ ७:३० बजेतिर मृत्यु भएको हो। उनलाई छोराहरुले मोटरसाइकलमा राखेर उपचारका लागि अस्पताल लगेका थिए। अस्पतालका अनुसार साँझ ६:३० बजेतिर भर्ना गरिएकी पोखरेलको […]

नेपाल–भारत उडान अझै अनिश्चित

काठमाडौं । कात्तिक १ गतेबाट नेपाल–भारत उडान सुरु गर्ने भनिए पनि अझै टुंगो लाग्न सकेको छैन। कोरोना महामारीबीच गत चैत ११ गतेबाट बन्द रहेको नेपाल–भारत उडान सञ्चालन गर्न गत साता नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको थियो। त्यसपछि कात्तिक १ गतेबाट नै उडान सुरु गर्ने […]

प्रहरीमा भर्ना खुल्यो, ८ कक्षा पासलाई पनि अवसर (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी जवान जनपदेका लागि नयाँ भर्ना आह्वान गरिको छ। प्रहरीमा एकैपटक ५ हजार २ सय २७ जना जनपद प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै भर्ना आह्वान गरेको छ। प्रहरी जवानमा कक्षा ८ उत्तीर्ण भएका व्यक्तिले पनि दर्खास्त दिन पाउने व्यवस्था गरिएको छ ।

प्रदेश १ मा कोरोना : शुक्रबार ४६८ संक्रमित थपिए, कुन जिल्लामा कति ?

विराटनगर । प्रदेश १ मा शुक्रबार ४६८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३४ जनामा संक्रमण देखिएको छ । संक्रमण […]

प्रविधिमा रुपान्तरण आवस्यक : प्रदेश प्रमुख अधिकारी

विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवस्यक रहेकोमा जोड दिएका छन् । उनले प्रविधिको रुपान्तरण विना जनताको जीवनस्तर उकास्न नसकिने बताए । उनले विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवस्यक रहेको बताए । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत शिक्षकको सूचना प्रविधि संवन्धि क्षमता विकासका लागि दोश्रो चरणको अनलाईन […]

जेष्ठ नागरिक ग्राम निर्माणबारे प्रदेश सरकारले चलायो छलफल

विराटनगर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्राम निर्माणबारे छलफल गरेको छ । ग्रामथानका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठनागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । जेष्ठनागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको […]

सीमा सुरक्षा बलियो बनाउँदै नेपाल, बीओपी स्थापना तीव्र, प्रदेश १ मा ३४ बीओपी

काठमाडौं । नेपालमा सीमाको सुरक्षा व्यवस्था बलियो बनाउँदै लैजाने उद्देश्यले सरकारले अब्जरभ ेजन फोर्स (बीओपी) स्थापनामा तीव्रता दिएको छ । चैतयता मात्रै ५० वटा बीओपी स्थापना गरिएको छ । भारतसँगको सिमानामा ४४ वटा र चीनसँगको सिमानामा ६ वटा बीओपी थपिएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिए । हाल देशभर सीमामा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा