मस्कटमा नेपाल-ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल-ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यापार तथा सम्बन्ध स्थापना’ विषयक कार्यक्रम गरिएको छ । नेपालबाट निर्यातयोग्य उत्पादन, नेपालमा उपलब्ध लगानीका अवसर तथा नेपाली र ओमानी व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तारका विषयमा हालै सो कार्यक्रम गरिएको त्यहाँस्थित राजदूतावासले जनाएको छ । कार्यक्रममा कार्यवाहक राजदूत विशेषकुमार साहले ओमानलाई व्यापार तथा […]

कोसी प्रदेशका विभिन्न जिल्लाबाट लागू औषधसहित १४ जना पक्राउ

विराटनगर । कोसी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाबाट ब्राउन सुगर, गाँजा तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधिजन्य ट्याब्लेट र क्याप्सुल बरामद भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। झापामा दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ । झापा गाउँपालिका–१ बाट इलाका […]

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

नयाँदिल्ली । मनसुनी वर्षा अहिले देशभरका मानिसहरूका लागि पीडाको कारण बनेको छ । उत्तर प्रदेशमा भइरहेको लगातारको वर्षाका कारण नदीहरूको जलस्तर बढेको छ । फर्रुखाबाद जिल्लामा गङ्गा नदीको बाढीको पानी ३३ वटा गाउँ र ४० वटा सरकारी विद्यालयमा पसेको छ । बलियामा पछिल्लो एक साताको अवधिमा सरयु नदीले २७ वटा घर बगाएको छ । वाराणसीमा […]

बिना दर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारी पालिकाको निर्देशन

झापा । हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर तथा सैलुनमध्ये अधिकांश व्यवसाय बिना दर्ता तथा आवश्यक कानुनी कागजातबिनै सञ्चालन भइरहेको पाएको छ । बुधबार भएको अनुगमनपछि गाउँपालिकाले त्यस्ता व्यवसायलाई आगामी २५ गतेभित्र गाउँपालिकामा दर्ता भई आवश्यक प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन […]

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्त मासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो । चिकित्सकका अनुसार शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्त कोष (आरबिसी), सेतो रक्त कोष (डब्लुबिसी) र प्लेटलेट्स […]

बाढीले बगाउँदा एक जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार खोलाले बगाउँदा बर्दिबास नगरपालिका–५ निवासी ६२ वर्षीय टंकबहादुर बस्नेतको मृत्यु भएको हो । खोला छेउको खेतमा पानी तान्न राखिएको विद्युतीय मोटर खोलाले बगाउन थालेपछि बुधबार साँझ मोटर निकाल्न खोलातर्फ जाने क्रममा […]

दाङका विभिन्न वन क्षेत्रबाट ५५ नाल अवैध भरुवा बन्दुक बरामद

विराटनगर । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाई छिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार विशेष सूचनाका आधारमा साउन १६ देखि १९ गतेसम्म सञ्चालन गरिएको विशेष खोजतलास अभियानका क्रममा बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका विभिन्न वनबाट ती बन्दुक फेला […]

सामाजिक सञ्जालमा लाइभ भइरहेकै बेला गोली हानी हत्या

काठमाडौं । सामाजिक सञ्जालमा लाइभ स्ट्रिम भइरहेकै बेला अचानक मोटरसाइकलमा आएका दुई व्यक्तिहरूले २३ वर्षीय एक चर्चित इन्फ्लुएन्सरको गोली हानी हत्या गरेका छन् । मेक्सिकन सामाजिक सञ्जाल इन्फ्लुएन्सर सेसर गास्टेलुमको मंगलबार गोली हानी हत्या भएको हो । उनी आफ्ना साथीहरूसँग एउटा फास्टफुड रेस्टुरेन्टबाहिर लाइभ स्ट्रिमिङ गरिरहेको बेला उक्त आक्रमण भएको हो । हत्या भइरहँदा उनका […]

रौतहटमा पेट्रोल बोकेको ट्यांकर पल्टियो, भिषण आगलागी

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्यांकरमा आगलागी भएको छ । आज बिहान साढे ५ बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको ट्यांकरमा आगलागी भएको हो । बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्यांकर मृग बचाउने क्रममा अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिँदा […]

२ लाख ६६ हजार २५ बराबरको भन्सार छालीको सामान बरामद

झापा । मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर क्षेत्रबाट प्रहरीले रु. दुई लाख ६६ हजार २५ बराबरका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बुधबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेका विभिन्न सामान नियन्त्रणमा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं