विज्ञप्तिका भरमा पार्टी चल्दैन : गोकुल बाँस्कोटा

काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले पार्टीका नेता÷कार्यकर्ताको भावनासहित उहाँहरुको क्रियाशीलताले पार्टी चल्ने बताएका हुन् । “पार्टी विज्ञप्ति जारी गरेर होइन, जनताको बीचमा गएर पार्टीका गतिविधि देखाउनुपर्छ, अनि मात्रै पार्टीले गतिशीलता पाउँछ”, उनले भने । […]

झुम्का कारागारका चार बन्दीमा कोरोना संक्रमण

विराटनगर । सुनसरीको झुम्का कारागारका चारजना बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २६ साउनमा कारागार आएका १९,२० २१ र ४० वर्षका चार बन्दीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । झुम्का कारागारका जेलर अनिल खनालका अनुसार उनीहरु धनुषा जिल्लाका हुन् । जिल्ला अदालत, धनुषाले ठगी मुद्दाका दुई, जरवजस्ती करणी उद्योगका एक र जरवजस्ती करणी […]

सञ्जय दत्तकी पत्नि मान्यता भन्छिन् – ‘भगवानले हाम्रो परिक्षा लिदै छ’

काठमाडौं । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । उनलाई क्यान्सर भएको खबर पाए पछि उनका फ्यानहरु निकै दुखी भएका छन् । उनलाई तेस्रो चरणको फोक्सोको क्यान्सर भएको र क्यान्सरको उपचारको लागि अमेरिका जानसक्ने भारतिय मिडियाले जनाएको छ । केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उनी डिस्चार्ज भए लगत्तै यस्तो […]

दमकमा लकडाउन, राजमार्गमा सञ्चालन हुने सवारी दमकमा रोकिन नपाउने

झापा । कोरोना संक्रमित भेटिने क्रम बढेपछि झापाको दमक नगरपालिकाले लकडाउन घोषणा गरेको छ। गत चैत ११ गतेदेखि संघीय सरकारले घोषणा गरेको लकडाउन खुकुलो भएसँगै संक्रमण फैलिएकाले लकडाउन गर्ने निर्णय गरेको हो। नगरपालिकाको आकस्मिक बैठकले शनिबार रातिदेखि लागु हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको हो। नगरप्रमुख रोमनाथ ओलीका अनुसार आगामी भदौ ५ गते सम्मका […]

रुसको खोप ‘बाँदरलाई पनि लगाउँदैनौ’ भन्ने अमेरिका अहिले खोपले काम गर्नेमा विश्वस्त

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सहित कतिपय देशका वैज्ञानिकले शंका व्यक्त गरे पनि अन्ततः रुसले कोरोना खोपको उत्पादन थालेको छ । रुसको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी खोप उत्पादन शुरु गरिएको जानकारी दिएको हो । उक्त खोप यही महिना (अगस्ट) को अन्तिमसम्ममा मानिसलाई लगाउन शुरु गरिने जनाइएको छ । तर कतिपय विज्ञले रुसले चाँडै […]

प्रदेश १ मा शनिबार ८६ संक्रमित थपिए, कुन जिल्लाका कती ?

विराटनगर । प्रदेश १ मा शनिबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ […]

प्रधानमन्त्री ओली र भारतीय समकक्षी माेदीबीच टेलिफाेन वार्ता, के भयो कुराकानी ?

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ। दुई देशका प्रधानमन्त्रीबीच टेलिफाेनमा कुराकानी भएकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाले ट्विट गर्दै लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच टेलिफाेन संवाद भएकाे छ। अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउने छ।’ यसअघि […]

‘गर्लफ्रेण्ड खोसेको’ भन्दै युवकको छुरा हानी हत्या, छुरा हान्ने पक्राउ

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ […]

सिनेमा घरमा ‘रिलिज’ भयो दिल बेचारा, ‘फ्यान्स’ले यसरी दिए सुशान्तलाई श्रद्धाञ्जली

काठमाडौं । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म दिल बेचारा भारतमा २४ जुलाईमा ओटीटी प्लेटफर्मममा रिलिज भएको थियो । फ्यान्सहरुले यो सिनेमालाई लगातार सिनेमाघरमा रिलिज गर्न माग गरिरहेका थिए । तर कोरोनाका कारण फिल्म सिनेमा घरमा रिलिज हुन पाएको थिएन । यसैबीच न्यूजील्याण्डको सिनेमाघरमा दिल बेचारा रिलिज भएको छ । न्यूजिल्याण्ड कोरोना संक्रमण […]

सर्पले टोकेको भ्रममा परेर महोत्तरीमा ८ जना बेहोस

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–५ राजपुरटोलमा सर्पले टोकेको भ्रममा परेर ८ जना बेहोस भएका छन् । सर्पले टोकेको आशंकामा बर्दिवासमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भएकोमा कसैलाई पनि विष नलागेको चिकित्सकले बताएका छन् । गएराति सर्पले टोकेको भन्दै बेहोस भएका ७ जना महिला र एकजना पुरुषलाई सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको थियो । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा