झापा । नेपालको पूर्वी मुख्य स्थल नाका काँकडभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्ने उद्देश्यका साथ पर्यटन कार्यालय झापा, मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयको सहकार्यमा परियोजना अघि बढाइएको हो । पर्यटन […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो । उनले भने, “वन्यजन्तु र चराचुरुंगीको […]
काठमाडौं । गुणस्तर परीक्षणसम्बन्धी प्रक्रियाका कारण करिब दुई महिनादेखि प्रभावित नेपाली चियाको भारततर्फको निर्यात पुनः सञ्चालनमा आएको छ। सरकारको निरन्तर कूटनीतिक पहल तथा भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षणसम्बन्धी कार्यविधि (एसओपी) मा सहज व्यवस्था लागू गरेपछि पूर्वी नाका काँकडभिट्टाबाट चिया बोकेका सवारीसाधन पुनः भारत प्रवेश गर्न थालेका हुन्। निर्यात अवरुद्ध हुँदा विशेषगरी […]
विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले चुनावी प्रचारप्रसारको क्रममा जनकपुरमा आयोजित कार्यक्रममा संघीयताको नयाँ व्याख्या गर्दै भनेका थिए, – ‘सङ्घीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई कमजोर बनाउने होइन, बरु यसलाई अझ अधिकार सम्पन्न र बलियो बनाउनुपर्छ ।’ त्यस बेला प्रधानमन्त्री बालेनको यो अभिव्यक्तिले देशभर एउटा सकारात्मक तरंग पैदा गरेको थियो । उनले अगाडि थपेका थिए, […]
काठमाडौँ । फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापानलाई २-१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै […]
काठमाडौँ । चार पटकको विजेता जर्मनीलाई पेनाल्टीसुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो । पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । […]
ललितपुर । देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन । खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै आकाशे पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुध्न बाध्य भएका छन् । सिँचाइ तथा जलस्रोत विभागका अनुसार हालसम्म देशको आवश्यक सिँचाइ क्षेत्रमध्ये ६२.६८ प्रतिशत क्षेत्रमा […]
किमाथाङ्का(सङ्खुवासभा) । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ म लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ–१ तेन्छोङका सात परिवार विस्थापित भएका हुन् । शनिबार रातिदेखि आएको अविरल वर्षाका कारण बाढीपहिरो आउँदा सिलिचोङ–१ तल्लो तेन्छोङका सात परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी […]
काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको अवधिदेखि नै नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले स्वकीय सचिवहरूको सेवा-सुविधासम्बन्धी रोकिएको पारिश्रमिक पुनः नियमित गर्ने निर्णय गरेको हो। जेन जेड आन्दोलनपछि प्रदेशका स्वकीय सचिवहरूको पारिश्रमिक वितरण रोकिएको थियो। बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा सुनसरीको बराहक्षेत्र […]
काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाले आइतबार साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी […]