प्रतिनिधि सभा बैठक बस्दै, महालेखा परीक्षकको प्रतिवेदन पेस गरिने

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको विसट्टिऔं वार्षिक प्रतिवेदन, […]

पहिरोले मेची राजमार्गको राज दुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राज दुवाली सडक खण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका-९ स्थित माई खोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गए राति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । सधैँ जोखिमयुक्त रहेको सो सडकमा […]

युरोपमा उच्च तापक्रम : शनिबार १९ करोड ३० लाख मानिस प्रभावित

पेरिस । युरोपका विभिन्न भागमा शनिबार कम्तीमा १९ करोड ३० लाख मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ । जर्मनीमा मात्र करिब ७ करोड ५० लाख व्यक्ति उच्च तापक्रमका कारण प्रभावित भएका थिए । एएफपीले प्राप्त गरेको तथ्यांकको विश्लेषण अनुसार उष्ण लहर पूर्वतर्फ सर्दै गरेकाले यो सङ्ख्या शुक्रबारको तुलनामा बढेको अनुमान […]

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो […]

१०० दिन नपुग्दै उद्योग मन्त्री यादवले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौँ । सरकारको एक सय दिने शासकीय सुधार कार्य योजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समय अगावै सम्पन्न गरिएको दाबी गरिएको छ। उद्योग मन्त्री गौरीकुमारी यादवले आफ्नो मन्त्रालयअन्तर्गतका ३२ वटा कार्य सफलतापूर्वक सम्पन्न गरी त्यसको विस्तृत प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई बुझाएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मन्त्री यादवले सम्पन्न गरिएका कामहरूको विवरण समेटिएको […]

अभिषेक गिरी आफ्नै घरबाट पक्राउ

विराटनगर । विराटनगरको आफ्नै घरबाट अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसका युवा नेता समेत रहेका उनलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ जिल्ला कारागारका कैदी बन्दीबाट रकम असुली र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा गिरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीको निवासमा बिहान […]

ताप्लेजुङमा कुटपिटको घटना : प्रहरीले गठन गर्‍यो ३ सदस्य छानबिन समिति

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा एक मजदुर माथि राती भएको कुटपिटको घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ३ सदस्य छानबिन समिति गठन गरेको छ । शुक्रबार दिउँसोबाट सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रातको समयमा एक व्यक्ति माथि अपशब्द बोल्दै कुटपिट भएको देखिन्छ । उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै घटना ताप्लेजुङको पाथीभरा याङवरक […]

संघीय सरकारको बजेटमा ताप्लेजुङका के के योजना समेटिए ? (सूचिसहित)

काठमाडौं । संघीय सरकारले ल्याएको बजेटमा ताप्लेजुङमा विभिन्न क्षेत्रका योजना समेटिएका छन् । पुर्वाधार तथा विकास, उर्जा तथा सिंचाई, महिला तथा बालबालिका, युवा श्रम तथा रोजगार र संस्कृति पर्यटन तथा नागरिक उड्ययनका विभिन्न क्षेत्रमा यसपटक पनि ताप्लेजुङमा बजेट परेको छ । के के योजनामा पर्यो बजेट ?

अभिषेक गिरीको घरमा प्रहरीको छापा

विराटनगर । शंकास्पद वस्तु राखेको आशंकामा मोरङ प्रहरीले विराटनगरका नेपाली कांग्रेसका नेता अभिषेक गिरीको घरमा छापा मारेको छ । शनिबार बिहानैदेखि प्रहरीले गिरीको घरलाई घेरा हालेर खानतलासी गरिरहेको हो । गुण्डा नाइकेको रुपमा परिचित गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको आशंकामा यो सर्च अपरेसन चलाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले बताए […]

भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार

काराकास । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परी ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ३ हजार ३ सय ६० भन्दा बढी घाइते भएका छन्। सरकारका अनुसार भग्नावशेषमा पुरिएकाहरूका लागि उद्धार कार्य तीव्र पारिएको छ भने हराइरहेका परिवारका सदस्यहरूको पर्खाइमा मानिसहरू छटपटाइरहेका छन्। देशको उत्तरी क्षेत्र र राजधानी काराकासका दर्जनौँ भवनहरू भत्किएपछि घाइतेहरूको अस्थायी चिकित्सा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं