व्रत शारीरिक तथा मानसिक स्वास्थ्यको लागि फाइदाजनक, जानौँ व्रत बस्नुका फाइदाहरू

विराटनगर । केहि नखाई भोकभोकै बसी भगवानको पुजा गर्नुलाई मात्रैलाई ‘व्रत बस्नु’ भनिँदैन। व्रत बस्नु भनेको शरीर अनि मस्तिष्कलाई आराम दिनु हो। सँधै गरिरहने नियमित तालिकाबाट मुक्ति पाउनु हो। अधिकांश हिन्दु धर्मका भक्तजनहरू भगवानको नाम लिएर सोहि भगवानको बारअनुसार व्रत बस्ने गर्छन्। यसको पछाडी व्यक्तिको शारिरीक र मानसिक फाइदा लुकेको छ। तर, के व्रत बस्नु […]

बिरामी श्रीमतीका लागि तीजको ब्रत बसे गायक प्रमोद खरेल

विराटनगर । युवापुस्तामाझ चर्चित गायक प्रमोद खरेल यसपालि तीजको ब्रत बसेका छन् । प्रमोदले आफू यसपालिको तीजको ब्रत बसेको ट्वीटमार्फत जानकारी दिएका हुन् । यो वर्ष उनकी श्रीमती दीपाले ब्रत बस्न नसक्ने हुँदा उनको साटो आफूले ब्रत बस्ने निर्णय लिएका हुन् । ‘श्रीमतीले आजको दिन सधैँ श्रीमानको लामो आयुको लागि ब्रत बस्छन्’, उनले भने, ‘श्रीमती […]

घरकै होमआइसुलेशनमा रहेकी कोराना संक्रमितको मृत्यु

विराटनगर । विराटनगर-६ सरोचियास्थित ४५ वर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ । घरकै होमआइसुलेशनमा रहेकी संक्रमित महिलाको बिहीबार राती ८ बजे मृत्यु भएको वडाअध्यक्ष बिजय कामतले जानकारी दिए । भदौ ३ गते मृतक महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगर महानगरपालिका र प्रदेश सरकारले बनाएको आइसुलेशन खाली नभएपछि संक्रमित महिला घरकै होमआइसुलेनमा रहेकी थिइन् […]

अक्षयले थाले ‘बेल बटम’ को सुटिङ

काठमाडाैं । कोरोना भाइरस संक्रमितको बढ्दो दरबीच बलिउडका थुप्रै प्रोजेक्ट प्रभावित भएका बेला अक्षय कुमारले फिल्म ‘बेल बटम’ को सुटिङ शुरू गरेका छन् । चलचित्रको सेटमा कोरोनाको भय भने देखिएको छ । उनले सामाजिक सञ्जालमा बिहीबार साँझ छोटो भिडियो सेयर गर्दै छायांकन थालेको खबर सार्वजनिक गरेका हुन् । क्ल्याप बोर्ड बोकेका उनी मास्क लगाएको अवस्थामा […]

कोरोनाबाट प्यूठानका एक वृद्धको मृत्यु

प्यूठान । कोरोना पोजिटिभ देखिएपछि उपचाररत स्वर्गद्धारी नगरपालिका- ७ प्यूठानका एक वृद्धको मृत्यु भएको छ। बुटवलस्थित कोरोना अस्पतालमा ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार उनको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन जनस्वास्थ्य निरीक्षक पुष्कल श्रेष्ठले जानकारी दिए। भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनलाई कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि बुटवल […]

संखुवासभामा आइसोलेसन तोडफोड

संखुवासभा : जिल्ला अस्पताल अस्पताल मातहत रहेको हिमालय किरण पब्लिक क्याम्पसस्थित आइसोलेसन बिहीबार राति तोडफोड भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोरोना संक्रमिण विरामीको हिमालय क्याम्पसको आइसोलेसन राखेर उपचार गर्न निर्णय गरेको थियो। जिल्ला अस्पतालले हिमालय क्याम्पसमा १० शय्याको आइसोलेसन निर्माण गरेको थियो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लका […]

४३ जिल्लामा निषेधाज्ञा र लकडाउन

विराटनगर । कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ। सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयारी गर्न, क्वारेन्टाइन बनाउन, निषेधाज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो। ‘संक्रमण बढ्दै गएको छ। धेरै जिल्लामा आइसोलेसन बेड अभाव छ। हामीले गृह मन्त्रालय र […]

९६ वटा नमुना जाँच गर्न सक्ने विराटनगरको पीसीआर मेसिन बन्द

विराटनगर । रिएजेन्ट किन सकिएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरको पीसीआर जाँच गर्ने मेसिन बन्द भएको छ । प्रदेश प्रयोगशालामा ठूलो पीसीआर मेसिन र साना पोर्टेबल तीनवटा मेसिनबाट कोरोना जाँच हुँदै आएको थियो । तर बिहीबारबाट एकै पटक ९६ वटा नमुना जाँच गर्न सक्ने मेसिन बन्द भएको प्रदेश प्रयोगशाला निर्देशक जयबेन्द्र यादवले बताए । ठूलो मेसिन […]

भारतमा कोरोना संक्रमितको संख्या २९ लाख नाघ्यो

भारत । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २९ लाख नाघेको छ। बिहीबार ६८ हजार ५ सय ७ जनामा संक्रमण पहिचान भएसँगै कुल संक्रमितको संख्या २९ लाख ४ हजार ३ सय २९ पुगेको हो।  बिहीबार थपिएका संक्रमितमा महाराष्ट्रमा मात्रै १४ हजार ६ सय ४७ जनामा संक्रमण देखिएको थियो। यो सँगै महाराष्ट्रमा मात्रै संक्रमितको संख्या ६ लाख ४३ […]

विश्वमा कोरोना : मृत्यु हुनेको संख्या ८ लाख नजिक

काठमाडौं। विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ लाख ९६ हजार २९० पुगेको छ। हालसम्म संक्रमण देखिएका २ करोड, २८ लाख ३१ हजार ४४९ जनामध्ये एक करोड ५५ लाख १५३ जना पूर्ण रूपमा निको भएका छन् भने हाल छ करोड ५३ लाख ५ हजार ६ जनाको उपचार भइरहेको वर्ल्डोमिटरको तथ्याङ्कले देखाएको छ। पछिल्लो २४ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा