तनहु । रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माइ परिवार नियोजन गर्नेलाई पुरस्कार प्रदान गर्ने भएको छ। समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई रु पाँच हजार प्रदान गरिने छ। एक वा दुई सन्तान जन्माइ परिवार नियोजनका लागि प्रेरित गर्ने तथा जन्मदर न्यूनीकरण गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। गाउँपालिकाले […]
विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा बुधबारराति नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास भएको छ। कोरोना भाइरसको महामारीका कारण नेपालबाट भारत र भारतबाट नेपालतर्फ आवतजावत गर्न नदिन नाकामा खटिएका प्रहरीमाथि आक्रमण गर्न खोजिएको हो। सामान खरिद गर्ने बहानामा भारततर्फ गएकालाई नेपाल र सशस्त्र प्रहरीले उतै रोक्न खोजेपछि बुधबार साँझबाट तनाव सुरु भएको […]
सुनसरी । सुनसरी भोक्राहाका २२ वर्षीय गुणराज यादवको हत्या भयो । भोक्राहा गाउँपालिका–७ स्थित घरबाट साउन २९ मा ‘मोवाइल पसलमा काम छ’ भनेर निस्केका गुणराजको शव साउन ३१ मा सुनसरी खोलामा भेटिएको थियो । गाउँकै पाँचजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए । […]
काठमाडौं । कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ । विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर थपेको देखिएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाले यसको पुष्टि गरेको छ । ग्रेडिङ सुरु भएको वर्ष ०७२ को एसईईमा ४ मा ४ […]
वासिङटन । चुनावी अभियानमा व्यस्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जोडी यतिबेला अर्को एक फरक घटनाका कारण चर्चामा छन् । घटना सानै हो । र निजी पनि । यही आइतबार ट्रम्प र उनकी पत्नी मेलानिया एक कार्यक्रममा जाने क्रममा विमानबाट ओर्लँदै थिए । ओर्लँदै गर्दा मन्द हावाको सिरेटोले उनीहरुको कपाल र कपडा अव्यवस्थित बनाइदिएको थियो । […]
ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ कुङकुलुङका किक्र्या शेर्पाको बारीमा फलेका बन्दा र सिमी बजारमा लैजाने समय भएको छ। विगतको जस्तो भए यतिबेला उनी बारीबाट तरकारी टिप्दै गाडीमा लोड गरिरहेका हुन्थे। गत वर्ष १५ लाखको बन्दा र दुई लाखको सिमी बेचेका शेर्पालाई लहलह फलेको तरकारी बारीका कुहिने डरले पिरोल्न थालेको छ। ‘पहिलेकै जस्तो सोचेर यो वर्ष अलि […]
काठमाडौँ । कोरोना भाइरसविरूद्धको चिनयाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक पुगेपछि वैज्ञानिकहरू उत्साहित भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कोरोनाविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि आशाजनक र प्रभावकारी देखिएपछि त्यसको विकासमा संलग्न वैज्ञानिकहरू उत्साहित भएका हुन् । दोरो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभावकारी देखिएको र प्रतिरोधी क्षमता […]
काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कस्तो विधि अपनाउने भन्नेबारे संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक मंगलबार बस्ने र उक्त बैठकले ल्याएका प्रस्तावका आधारमा बुधबार मन्त्रिपरिषद् बैठक बसेर निर्णय लिइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएका क्षेत्रमा लकडाउन गर्ने, कर्फ्यू लगाउने वा निश्चित ठाउँ सिल गर्ने […]
काठमाडौं । सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र -सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ । त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र […]
झापा । अर्जुनधारा २ खुदुनाबारीस्थित एक गाउँमा श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । सामान्य घरायसी विवादमा अर्जुनधारा २ को चौरासे भन्ने स्थानमा स्थानीय राजेन्द्र अधिकारीले श्रीमती लक्ष्मी अधिकारीमाथि अन्धाधुन्ध हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । प्रहरी चौकी शनिश्चरेका अनुसार हतियार प्रहारबाट श्रीमती लक्ष्मीको हातमा गहिरो चोट लागेको […]