कोरोनाको ‘हटस्पट’ बन्दै विराटनगर, लापरबाहीले थपिए संक्रमित

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ। साउन पहिलो सातासम्म केही पेसाकर्मी र भारतबाट आएकाहरूमा मात्रै संक्रमण देखिए पनि यात्रा विवरण नभएकाहरूमा समेत कोरोना पुष्टि हुन थालेको छ। विराटनगरका चार जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्। साउन पहिलो सातासम्ममा यहाँ ३० जना मात्रै संक्रमित थिए। विराटनगर महानगरमा मंगलबारसम्ममा ३ सय […]

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, पाँच घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नंं ५ गल्धाको पटकसरमा लु १ ज २८८७ नं जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा र निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका विष्णु माया सारु कालुङको ३ महिने छोरा सिमोन कालुङ रहेका […]

तुहियो रञ्जन कोइरालाको अन्तिम तयारी, अदालतको ढोकामा ताला लाग्यो

काठमाडौं । अघिल्लो विहीबार दिउँसो १२ बजे भर्खरै जेलबाट छुटेका पूर्वडिआइजी रन्जन कोइरालाका पुत्रद्वय २३ बर्षका आयुष र १९ बर्षका आर्यन सर्वोच्चको गेटमा देखिए । गेटमा बसेका सुरक्षाकर्मीले एकछिन अदालन आउनाको प्रयोज सोधे । एकैछिन अक्मकिएको भावमा आयुष र आर्यनले बुबाको लागि निवेदन दिन आएको बताए । अनि प्रहरीले कोरोना भए नभएको खुट्याउन थर्मल गनले […]

प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका एक संक्रमितको मृत्यु

काठमाडौं । डाक्टर ज्ञानेन्द्रमान सिहं कार्कीको कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट सफल उपचार भएपछि थप दुई जना कोरोना संक्रमितमा प्लाज्मा थेरापी परीक्षण गरिएको छ । उनीहरूमध्ये एक जनाको मृत्यु भएको छ । स्रोतका अनुसार मेडिसिटी अस्पतालमा सोमबार मृत्यु भएका कीर्तिपुर-२ ट्यांलाफाँटाका ६३ वर्षीय पुरुषको पाँच दिनअघि प्लाज्मा थेरापी गरिएको थियो । अब दुई संक्रमितको प्लाज्मा थेरापी गर्ने […]

होस गर्नुस् है, कोरोना जितेर घर फर्किएको अढाइ महिनामा फेरि देखियो संक्रमण

वीरगन्ज । अस्पतालमा कोरोनाको उपचार गराएर निको भइ घर फर्किएको साढे २ महिनापछि फेरि संक्रमण देखिएको छ। वीरगन्जको नारायणी अस्पतालकी एक स्वास्थ्यकर्मी कोभिड अस्पतालमा उपचार गराएर घर फर्किएको साढे २ महिनापछि फेरि संक्रमण देखिएको हो। नारायणी अस्पतालको पेडयाक्ट्रिक विभागमा कार्यरत ३६ वर्षीया स्टाफ नर्समा ७५ दिनपछि फेरि संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले […]

प्रदेश १ : कोरोना संक्रमण रोक्न मुख्यमन्त्रीले लिए सुझाव

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मुख्यमन्त्री शेरधन राईले नियन्त्रणका लागि सरोकारवाला पक्षहरुसँग छलफल गरेका छन् । मंगलबार भर्चुअल बैठक राखेर मुख्यमन्त्री राईले प्रदेशभरका जनप्रतिनिधी, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रका विज्ञ र उद्योगी सँग छलफल गरेका हुन् । प्रदेशका सबै मन्त्रीहरुको समेत सहभागीता रहेको सो बैठकमा सरोकारवालाहरुले दिएको सुझावका आधारमा सरकारले कोरोना […]

निशान भट्टराईले गरे प्रेमिका ऋचा सँग कानुनी विवाह

काठमाडौं । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् । उनले, आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यौपानेसँग निशानले कानुनी विवाह गरेका हुन् । कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका […]

प्रदेश १ मा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश नं. १ मा आज मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च संख्या हो । मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ […]

यो बर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी रोपाइँ

काठमाडौं । नेपालमा यो बर्ष हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान खेती भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार साउनको तेस्रो सातासम्ममा कुल धान रोपाइँ हुने क्षेत्रको ९७ प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको छ । यो प्रतिशत थप बढ्दो क्रममा छ । बर्षे धान रोपाई हुने १३ लाख ७१ हजार हेक्टर मध्ये १३ लाख ३० […]

गोंगबु हत्या आरोपी कमला कलाकार रहेको खुलासा

काठमाडौं । गोंगबु हत्याको आरोपी कमला मुडभरी (पौडेल) कलाकार पनि रहेको खुलासा भएको छ । नेपाल प्रहरीले आज गोंगबु हत्या आरोपी सार्वजनिक गर्दै उनी कलाकार पनि रहेको खुलासा गरेको हो । उनले केहि चलचित्रमा अभिनय गरेको पाइएको प्रहरीले जनाएको छ । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्ड आफैले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा