काठमाडौं । टोकियो ओलम्पिक २०२१को तयारीमा रहेको राष्ट्रिय कराते टीमको अभ्यास तत्काललाई स्थगित भएको छ । मंगलबार करातेका प्रशिक्षक दिपक विष्टले विज्ञप्ति जारी गर्दै तत्काललाई खेलाडीको प्रशिक्षण स्थगित भएको जानकारी दिएका हुन् । ‘संसारभर फैलिरहेको कोभिड १९ पछिल्लो समय काठमाडौँमा झन् भयाभह हुँदै संक्रमितको संख्या बृद्दि हुदै आइरहेको सबैलाई सर्वविधितै छ । केहि दिन अगाडिमात्र […]
मस्को । रुसले कोरोना विरुद्धको खोप आफुले निर्माण गर्न सफल भएको दाबी गरेको छ । के अब यसले कोरोना भाइरस विरुद्धको लडाँइलाई जित्नसंसारभर रुसले बनाएको भनेको यो खोपबारे निकै चर्चा चलिरहेको छ । रुसले १२ अगस्टमा कोरोना विरुद्धको खोप दर्ता गर्ने जनाएको छ । रुसका उपस्वास्थ्य मन्त्री ओलेग ग्रीडनेभले १२ अगस्टमा कोरोना भाइरस विरुद्धको खोप […]
काठमाडौँ । डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सोमबार राति एक बजेतिर आदर्श गाउँपालिका–१ बाँझककानीका लोगे विकको घर भत्किँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृत्यु हुनेमा विककी श्रीमती, दुई छोरी र एक छोरा रहेको प्रहरीले जनाएको छ । विकसहित […]
काठमाडौँ । गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विभिन्न तीन जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा बागलुङ र तनहुँका २/२ जना र कास्कीका ४ जनामा संक्रमण […]
काठमाडौँ । कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो । यो विषयको निकास पाए विद्यार्थीलाई स्नातक तह अध्ययन गर्ने बाटो […]
काठमाडौं । आज भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ । आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित गरिएको छ । भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । ‘‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा बोलिरहेका बेला सुरक्षाकर्मीले उनलाई कानमा केही भने र उनी पत्रकार सम्मेलनलाई बीचमै छोडेर गएका थिए । तर करिब ९ मिनेटपछि राष्ट्रपति ट्रम्प भित्रबाट बाहिर आए र पत्रकारसँग भने, ‘यस्तो लाग्छ स्थिती नियन्त्रणमा छ […]
काठमाडौं । सरकारले भदौ १ गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणको साटो थप बढ्दै गएपछि सरकारले यसअघिको निर्णय पुनर्विचार गर्दै उडान नखोल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सीमा नाका र उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । नाकाबाट […]
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएको बताएको छ । सरकारले कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न नसक्ने भएकाले आफै सुरक्षीत रहन पनि उसले आग्रह गरेको छ । कांग्रेसले गठन गरेको कोभिड- १९ सम्बन्धी अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरू पूर्ण रूपमा असफल भएकाले जनतालाई आफै सुरक्षित रहन आग्रह गरेको हो […]
पाँचथर। ससुराली गएर फर्केका शशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण भेटिएपछि पाँचथरको फाल्गुनन्द गाँउ पालिका १ नवमीडाँडा स्थित एकै परिवारका ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । एकसाता अघि ससुराली घर गएर फर्केका ती जवान सहित साउन २३ गते इलाम स्थित शसस्त्र प्रहरी गणका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नवमीडाँडाका ४ जनालाई क्वारेन्टाइनमा राखिएको हो । […]