
काठमाडौं । आज देशभरका विभिन्न समुदायले माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकलाई सहज होस् भन्दै अध्यादेशमार्फत कानुन संशोधन गरेको छ । गत पुस १४ गते सहकारीसम्बन्धी अध्यादेश जारी गरेको सरकारले शुक्रबार फेरि ३ वटा अध्यादेश पारित गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । केही नेपाल ऐन संशोधन अध्यादेश, भूमिसम्बन्धी कानुन संशोधन गर्न बनेको अध्यादेश र विदेशी लगानीसम्बन्धी कानुन संशोधन […]
ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शिला इजम राई निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा इजमले १८ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी कुमार मादेनले १२ मत प्राप्त गरे । क्याम्पस सभामा आबद्ध ३६ जना मतदाताको रुपमा रहेका थिए । ३० मत खसेको थियो । क्याम्पस सभामा प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, जिल्ला […]
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जका २० वटा गैंडा भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष पुगेका छन् । निकुञ्जका अधिकारीका अनुसार निकुञ्ज हुँदै बग्ने कर्णाली नदीको भँगालो गेरुवामा पानी सुकेका कारण ती गैंडा पिउने पानी र आहाल खेल्ने दलदल खोज्दै सीमावर्ती भारतीय आरक्षमा पुगेका हुन् । २०७१ र ०७४ सालमा आएको बाढीले ढुंगाबालुवा थुपारेपछि कर्णाली नदीको भँगालो गेरुवाले […]
झापा । बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता भएको छ । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि पक्राउ परेको २६ दिनपछि शुक्रबार सरकारी वकिल कार्यालय झापाले शिवाकोटीविरुद्ध मुद्दा दर्ता गरेको हो । भोलि शनिबार परेकाले पर्सि अदालतमा आरोपितको बयान हुनेछ । बयान सकिपछि थुनछेकको बहस […]
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक […]
काठमाडौं । पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गत नभएको बताएका छन्। शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएशन मिट—२०२४ः नागरिक उड्ड्यन र अर्थतन्त्र’बारे अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको बताए। उनले प्रधानमन्त्रीको चीन भ्रमणका […]
काठमाडाैं । सानो र गरिब मायोटदेखि तेल-धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भिडभाड भएका झुपडपट्टीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेन । यो वर्ष इतिहासकै सबैभन्दा तातो वर्ष हो । यहाँ वातावरण र महासागरहरूमा रेकर्ड-तोड्ने तापक्रमले विश्वभर चरम मौसमका लागि इन्धनको काम गर्यो । विश्वव्यापी […]
विराटनगर । औद्योगिक क्षेत्रले वर्तमान समयमा भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा प्रदेश सरकार गम्भीर रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । शुक्रबार सुनसरीको इटहरीमा उद्योग संगठन मोरङले आयोजना गरेको व्यवसायिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली विषयक गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजि क्षेत्रसंग सहकार्य […]
काठमाडौं । सरकारले कर्मचारी व्यवस्थापनलाई प्राथमिकतमा नराख्दा देशभरका २ सय ४९ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीनको अवस्थामा चलेका छन् । १० स्थानीय तहमा त न प्रमुख प्रशासकीय अधिकृत छन्, न निमित्त नै छन् । आर्थिक र प्रशासनिक हिसाबले महत्वपूर्ण दायित्व भएका प्रमुख प्रशासकीय अधिकृतहरु नहुँदा कर्मचारीले तलबै नपाउने अवस्थादेखि स्थानीय तहमा ठूला विकास निर्माणसम्म प्रभावित […]