ताप्लेजुङ । ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो । कञ्चनजंघा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त समय मानिन्छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बुधबारसम्म कुनै ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने धम्की दिएका छन् । शनिबार पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ट्रम्पले बुधबारसम्म ठूलो सम्झौता नभए युद्धविराम अवधि नबढाउने चेतावनी दिएका छन् । उनलाई पत्रकारले ‘के तपाईँ युद्धविराम अवधि बढाउनुहुन्छ ?’ भन्ने प्रश्न गरेका थिए । जसको जवाफमा उनले भने, […]
काठमाडौं । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो । वन तथा भू–संरक्षण विभागले उपलब्ध गराएको तथ्यांकअनुसार २०७८ चैतमा ४६६ वटा डढेलोका घटना […]
काठमाडौं । वर्षा र सहकालका देवताको रूपमा पूजा अर्चना गरिने रातो मच्छिन्द्रनाथको रथारोहन शनिबार हुने भएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको महत्त्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने गरिएको छ । हाल पुलचोकमा रथ निर्माण भइरहेको छ । रथ निर्माण अन्तिम चरणमा पुगेको रथ निर्माणसँग सम्बन्धित वाराही ञँवालले जनाएको छ । ञँवालका नाइके […]
काठमाडौं । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने, मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी […]
आज आमाको मुख हेर्ने दिन । क्यालेन्डरको एउटा पाना फेरिएको छ । तर, आज म आफ्नै जीवनको एउटा ठूलो पाना पल्टिएको महसुस गर्दैछु । एउटी छोरी जब आफै आमा बन्छिन्, तब मात्र उसले समयको त्यो अदृश्य ऐना देख्ने रहेछ, जहाँ उसले आफ्नी आमाको चेहरामा आफ्नो भविष्य र आफ्नो चेहरामा आमाको अतीत देख्छे। मेरो अस्तित्वको आकाशमा […]
काठमाडौं । नागरिकलाई सास्तीमुक्त र छरितो सेवा दिने लक्ष्यका साथ सरकारले सुरु गरेको महत्त्वाकाङ्क्षी योजना अब व्यवहारमा उत्रिन थालेको छ। लामो समयदेखि सरकारी कागजात लिन कार्यालयमा धाउनुपर्ने र घण्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै सरकारले राहदानी (पासपोर्ट) र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नागरिकको घरदैलोमै पुर्याउन थालेको हो। गत चैत १३ गते सार्वजनिक गरिएको शासकीय सुधारको १०० […]
काठमाडौं । गर्मीयाममा खरबुजा, आँप, स्याउ वा मेवाजस्ता ताजा फलफूलको खपत धेरै हुन्छ । धेरैले यी फलफूलमा बिरे नुन छर्केर खान्छन् । यसले स्वाद त बढाउँछ नै पाचन पनि सुधार गर्छ भन्ने विश्वास गरिन्छ । तर यो बानी आफ्नो स्वास्थ्यको लागि कति फाइदाजनक वा हानिकारक हुन सक्छ भनेर तपाईंले कहिले सोच्नुभएको छ ? करेन्ट रिसर्च […]
इनरुवा (सुनसरी) । सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए । झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी […]
काठमाडौं । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधरणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो […]