चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

काठमाडौं । चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण विस्फोटले १२ जनाको ज्यान लिएको छ । पाँच बालबालिका समेत मारिएको उक्त घटनाले बिदाका बेला ग्रामीण क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने आतसबाजी सुरक्षामाथि फेरि प्रश्न उठाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार मध्य हुबेई प्रान्तको जिनपु गाउँमा बुधबार दिउँसो आतसबाजी तथा पटाका बिक्री गर्ने सामान्य पसलमा […]

भोजपुरमा १३ वटा पक्की पुल निर्माण

भोजपुर । संघीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा रु सात करोड ५० लाख, आरीखोलामा रु तीन करोड, वेहेरे खोलामा रु तीन करोड ५० लाख, खाल्डे पिखुवा खोलामा रु दुई करोड ५० लाख, राउते […]

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दी । म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही नेपाल ऐन संशोधन गरेर म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरे पनि व्यवहारिक रूपमा कार्यान्वयनमा आउन नसकेकाले यहाँका उम्मेदवारले उक्त विषयलाई चुनावी मुद्दा बनाएका हुन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन ऐन, […]

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएका छन् । त्यसमा १५ वटा त आगलागीका घटना भएका छन् । असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत […]

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा […]

आयोगको निर्देशन : फागुन १८ गतेसम्म मात्र निर्वाचन प्रचार-प्रसार गर्नू

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनका लागि घरदैलो कार्यक्रम गरी निर्वाचन प्रचारप्रसार गर्न निर्देशन दिएको छ । यही फागुन २१ गते बिहीबारका दिन सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यक्रम अनुसार सोमबारदेखि […]

विनोद ढकालको ३० बुँदे प्रतिबद्धता : डुबान र पूर्वाधार पहिलो प्राथमिकता

विराटनगर । नेपाल (एमाले) का तर्फबाट मोरङ क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद ढकालले ३० बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘हामीले भोट मात्र होइन, काम पूरा गर्ने अवसर खोजिरहेका छौँ’ भन्ने नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा ढकालले स्थिर सरकार र समाजवाद उन्मुख नेपाल निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् […]

कोशी प्रदेशलाई देखिने, सुनिने र अनुभव गर्ने बनाएका छौं : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले स्थापनाको आठौं वर्षमा उल्लेख्य प्रगति गरेको बताएका छन् । आज कोशी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशमा उल्लेख्य काम भए पनि त्यसलाई नजरअन्दाज गरेर नकारात्मक प्रचार मात्र गरिएको बताएका छन् । मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा नेपालको संविधान २०७२ […]

सत्य, संयम र सकारात्मक ऊर्जाको पर्व महाशिवरात्रि : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले महाशिवरात्रि पर्व हिन्दु धर्मावलम्बीहरूको महान पर्व मात्र नभई सत्य, संयम, सहिष्णुता र सकारात्मक ऊर्जाको पर्व भएको बताएका छन् । महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भगवान शिवको उपासना, तप, त्याग, करुणा र सहअस्तित्वको सन्देशले समाजमा सद्भाव, सहकार्य र आध्यात्मिक चेतना अभिवृद्धि गर्न […]

आज महाशिवरात्रि पर्व, पशुपतिका ४ ढोका खुला

काठमाडौं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं