काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ । हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य वृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले […]
बनियानी । झापामा पछिल्लो छ महिनाका अवधिमा ५५ नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म एक बालबालिकासहित ५५नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । उनका अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै दमक नगरपालिका र कचनकवल गाउँपालिकामा १२र१२ नयाँ कुष्ठरोगी फेला […]
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त रहेका सदस्य पदहरू पूर्ति गर्न सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार तोकिएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रिय सभाका लागि आवश्यक सदस्य चयन गरिएको हो । राष्ट्रिय सभामा रिक्त रहेका १८ पदका लागि आज निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन सम्पन्न भएसँगै मतगणना र सम्बन्धित कानुनी प्रक्रिया […]
काठमाडौं । पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वका विषयमा स्पष्टिकरण सोध्दै निलम्बन गरिएका एमाले ताप्लेजुङका दुई नेताको निलम्बन फुकुवा भएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीले एमाले ताप्लेजुङ जिल्ला कमिटी पूर्व अध्यक्ष, कोशी प्रदेश सभाका पूर्व सदस्य तथा मन्त्री एवम् कोशी प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य बलबहादुर साम्सोहाङ र कोशी प्रदेश कमिटी पर्यटन विभाग सचिव मणिशंकर […]
विराटनगर । नेपालको राजनीति लामो संघर्ष र साना–ठुला सुधारको यात्राबाट गुज्रिरहेको छ । मधेस, लिम्बुवान, थारु र अन्य पहिचानवादी आन्दोलनहरूले राष्ट्रिय राजनीतिमा आफ्नो स्थान बनाउन खोजेका छन् । यद्यपि, समयसँगै नेताहरूले उठाएका मुद्दाबाट अलग भएर दल परिवर्तन गर्ने प्रचलन बढ्दा आन्दोलन र पार्टीबिचको दूरी बढेको देखिन्छ । २०६३ साल माघ ५ गते लाहानमा विद्यार्थी नेता रमेश […]
विराटनगर । आइतबार भएको राष्ट्रियसभा निर्वाचनकाे मतदानमा एक जना सांसदको मत नै चोरी भएको पाइएको छ । राष्ट्रियसभा निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रदेशसभाका ९२ जना सांसदमध्ये ५ जनाले मतदान गरेनन् । ८७ जनाले मतदान गरे । ८७ जनाको लिस्टमा राप्रपाका सांसद प्रेम राज थाम्सुहाङ पनि रहेका छन् । प्रमुख निर्वाचन अधिकृत भीष्मराज प्रसाईले थाम्सुहाङले […]
काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२ः ४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज बिहान ९ः०० बजेदेखि सुरु भई अपराह्न ३ः ०० बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो । […]
चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ । यसअघि प्रतिक्रेट रु चार […]
बेलबारी (मोरङ) । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ । हिउँदका महिनामा प्राय: दैनिक पाँच सयको हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुले लोभ्याउने गरेको छ । सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले ढपक्कै […]
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का लागि आज देशभरका सबै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आइतवार(आज)बिहानदेखि नै तोकिएका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अघि बढिरहेको छ।