झापा । भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी माघ २१ देखि २८ गतेसम्म ‘कोशी पाथिभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप कप क्रिक्रेट प्रतियोगिता’ हुने भएको छ । नेपालका चार र भारतका चार टोलीको सहभागिता रहने उक्त प्रतियोगिताका विजेताले रु पाँच लाख र उपबिजेताले रु तीन लाख नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक मनोज […]
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार आज बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बैठक बस्ने भएको हो । उनका अनुसार बैठकमा आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको रणनीति, समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । गत पुस ४ […]
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बिहान आकस्मिक बैठक बस्ने भएको छ । आज बिहान ९ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बस्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले जानकारी दिए । बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन […]
काठमाडौं । ताप्लेजुङ समाज–नेपालले जिल्लाको संस्कृति संरक्षण र स्थानीय पहिचानको प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ नीति तथा कार्यक्रम पारित गरेको छ । ताप्लेजुङबाट काठमााडौंमा आएर विभिन्न पेसामा संलग्नहरूको संस्था ताप्लेजुङ समाज नेपालको शुक्रवार आयोजित स्थापना दिवस विशेष अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमले नयाँ नीति पनि पारित गरेको हो । रमेश बराल अध्यक्षतामा चुनिएपछिको यो नयाँ नीति […]
विराटनगर। कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ। झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरिएको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको शुभारम्भ गरेका हुन् । ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यसमा रेडियोलोजी, […]
झापा । झापाको माइ खोला लगायत स्थानमा बम राखेर आतंकित बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ । प्रहरीले कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल ‘सञ्जय’ लाई पक्राउ गरेको हो । उनी ‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका थिए । यसअघि उनी २०८१ साल पुसमा सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि प्रेसर कुकर बम राखेको […]
काठमाडौं । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा गत पुस १८ गते राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि विमानस्थलको रनवे क्षेत्र आसपासका रुखहरू काटिएका छन् । काठमाडौँबाट ५१ जना यात्रु, चार चालक दलका सदस्य र एक इन्जिनियर बोकेर उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रन–वेभन्दा करिब ३०० मिटर अगाडि पुगेर घाँसे मैदान र माटोमा भासिएको […]
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटे । त्यसमध्ये १५ वटा आगलागीका घटना भए । विपद्मा परेर कुल ४८ जना घाइते भए भने एक जनाको निधन भयो । विपद्का कारण कुल रु १० लाख १२ हजारबराबरको क्षति भयो […]
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजंघा आधार शिविर क्षेत्र सुनसान बनेको हो । पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजंघा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । कञ्चनजंघाको दक्षिणी आधार शिविर चेइराम, […]
झापा । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी बजारमा माघे सङ््क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ । सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्षसमेत रहेका मेचीनगर–४ का वडाध्यक्ष अर्जुन […]