जलनको उपचार खर्च पाउने लोभमा कोकिनको तस्करी

काठमाडौं – घर भारतको आसाम सरचिप मेजोरम। उमेर ५६ वर्ष। अनुहार र शरीरमा जलेर निको हुँदै गरेको खतै खत। उपचार भने बारम्बार गरिरहनु पर्ने बाध्यता। घरमा रहेका दुई बालबालिका आफैंले पाल्नुपर्ने अवस्था। यस्तो अवस्थाकी भनल्वामी र अर्की एक महिला काठमाडौंमा पक्राउ परिन्, त्यो पनि ठूला परिमाणमा कोकिनसहित। प्रहरीले अनुसन्धान गर्दा पुष्टि भयो जलनको उपचार खर्च […]

के च्याट जीपीटीले तपाईंको जागिर खोस्दैछ ?

काठमाडौँ — ‘च्याट जीपीटी-४ ले विस्थापित गर्न सक्ने २० प्रकारका काम यी हुन् ।’ ‘के च्याट जीपीटी-४ ले तपाईंको जागिर खोस्न सक्छ ?’ ‘रोजगारदातादेखि प्रशिक्षकसम्म : एआईले जागिर खोस्दैछ ।’ पछिल्लो समय यी प्रश्न समाचारका हेडलाइन मात्र बनेका छैनन्, आर्टिफिसियल इन्टेलिजेन्स(कृत्रिम बौद्धिकता) ले मान्छेको कामै खोस्दिन्छ कि भन्ने तरंग ल्याइदिएको छ । के मान्छेले गर्ने […]

मन्त्रिपरिषदलाई पूर्णता दिँदै प्रधानमन्त्री, रास्वपाको भाग सुरक्षित

काठमाडौं – सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगो लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबण्डा टुंगो लगाउन बुधबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बोलाएका थिए । बैठकमा औपचारिक निर्णय नभए पनि मन्त्रालय भागबण्डाबारे मोटामोटी टुंगो लागेका नेताहरुले बताएका छन् । ‘प्रधानमन्त्रीले कुन दलले कुन मन्त्रालय पाउने भन्नेबारे सबै दलसँग अलगअलग कुरा गरेर प्रस्ताव ल्याउँछु […]

चीनको एक शीत भण्डारमा आगलागी, ११ को मृत्यु

हिजियाजुआङ (एजेन्सी) – उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ सहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा सोमबार भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दिउँसो करिब २स्३० बजे कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने क्रममा आगलागी भएको थियो। सो आगलागी १०स्५५ बजे राति यो निभाइएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

‘राष्ट्रिय सुरक्षाको विषय संवेदनशिल विषय हो’

काठमाडौ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सुरक्षाको विषय संवेदनशिल भएकाले सचेत हुनुपर्ने बताएका छन् । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामासञ्चालित उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम समापन गर्दे प्रधानमन्त्री दाहालले राष्ट्रिय सुरक्षामा असर पर्ने कुनैपनि काम सरकारले नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै संवेदनशिल र महत्वपुर्ण रहेको बताए […]

नेपाली सेनाको सफा हिमाल अभियान, ३५ टन फोहर संकलन गर्ने लक्ष्य

  काठमाडौं  – हिमाल आरोहणका क्रममा फालिएका सरसामानले हिमालहरु निकै फोहर भैरहेका छन् । हिमालहरुको फोहर हटाउनको लागी नेपाली सेनाको अगुवाइमा जैविक विविधता तथा पर्याबरण संरक्षण गर्ने उद्धेश्यले सफा हिमाल अभियान २०२३ शुरु भएको छ । जंगी अड्डामा आयोजीत कार्यक्रममा प्रधानसेनापती प्रभुराम शर्माले यस बर्ष सञ्चालन गरिने सफा हिमाल अभियानमा विभिन्न हिमालहरुमा थुप्रिएर रहेका ३५ […]

विराटनगरको आन्दोलनमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

विराटनगर – प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरमा २० भन्दा बढी घाइते भएका छन् । मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप भएको थियो । झडपमा प्रहरी र आन्दोलनकारी दुवै तर्फ गरी २० भन्दा बढी घाइते भएका हुन् । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको […]

काठमाडौंमा सुरु भयो बुद्ध थिएटर फेस्टिवल

काठमाडौं – गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन आयोजित ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सोमबारदेखि सांस्कृतिक संस्थानमा सुरु भएको छ । ६२औं विश्व रंगमञ्च दिवसको अबसर पारेर पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरले संयुक्त रूपमा आयोजना गरेको हो । काठमाडौंको बौद्धस्थित सेचिन गुम्बाका १० […]

दिवा खाजाको व्यवस्थापन गर्न समस्या

झापा – मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका गुरुकुल विद्यालयमा दिवा खाजाको व्यवस्था नगरेकामा गुनासो गर्नुभयो । भोजनका रूपमा बिहान र बेलुका दाल, भात र रोटी खाने गरेका त्यहाँका विद्यार्थी गुरुकुल छेवैको मन्दिरमा […]

चितवनका ३३ स्थानमा आगलागी, छ जना घाइते

चितवन – जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरु घाइते भएका हुन् । चालु आवमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार विभिन्न स्थानमा भएको आगलागीमा अधिकांश मानवीय त्रुटीका कारण भएको देखिएको छ । कार्यालयको विपद् […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा