विराटनगर । प्रदेश १ को बजेट अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले बोल्ने क्रम सकिएको छ। दुई दिनसम्म सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा छलफल गरेका थिए। प्रदेशसभा बैठकमा विपक्षी दलका सांसदहरुले कार्यान्वयन गर्न नसकिने महत्वाकांक्षी र आश्वासन मात्र भएको आरोप लगाए। सत्तापक्षका सांसदहरुले भने नीति कार्यक्रमको बचाउ गरेका छन्। बैठक भोलि २ बजे पुनः […]
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत […]
काठमाडौं । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिको चर्को विरोध भएपछि माफि मागेका छन् । शनिबार उनले प्रधानमन्त्रीप्रति लक्षित गरी प्रयोग भएको शब्दहरु आपत्तीजनक र संसदीय मर्यादा विपरित भएको स्वीकार गर्दै माफी मागेका हुन् । वैद्यले भनेका छन्,‘बागमती प्रदेशको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमको छलफलको क्रममा हिजो मिति २०७८÷०२÷२८ […]
काठमाडौं । वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका छन् । शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या […]
काठमाडौं । एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई अवैध ठह¥याउने सर्वोच्च अदालतको बिहीबारको अन्तरिम आदेश पनि पार्टी एकताका लागि ‘रसायन’ नबन्ने भएको छ । महाधिवेशन आयोजक कमिटीलाई अवैध र कर्णाली प्रदेशका चार प्रदेश सभा सदस्य पुनर्वहाली गर्ने आदेशविरुद्ध प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्ष पुनरावलोकन जाने भएपछि अन्तरिम आदेश एकताका लागि ‘रसायन’ नबन्ने अवस्था भएको हो । […]
पोखरा । नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा उनले दावी पेश गरेका हुन् । पोखरेल नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका […]
पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न […]
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम ल्याउन सरकारलाई व्यंग्यात्मक सुझाव दिएका छन् । शुक्रबार नीति तथा कार्यक्रमका विषयमा टिप्पणी गर्दै उनले राष्ट्रपति आमा सम्मान कार्यक्रम आएको तर, प्रधानमन्त्री बा सम्मान कार्यक्रम छुटेको बताए । २०७६–२०७७ को नीति तथा कार्यक्रमका कुनैपनि कुरा पुरा नभएको बेला २०७८ मा […]
विराटनगर । प्रदेश १ का सांसद प्रताप प्रकाश हाङ्गामले ताप्लेजुङ अस्पताललाई सय शैयाको बनाउन प्रदेशले बजेटमा समेट्नु पर्ने माग गरे । शुक्रबार नीति तथा कार्यक्रमका विषयमा बोल्दै उनले पाँचथरको अस्पताललाई सय शैयाको बनाउन कार्यक्रममा समेटेको तर, ताप्लेजुङको अस्पताललाई ५० शैयामा मात्रै सिमित राख्नु दुःखत भएको बताए । ‘ताप्लेजुङमानै बढी कोरोना संक्रमित छन् अहिले, त्यहाँको जनसंख्या […]
विराटनगर । बिहीबार प्रदेश १, २ बागमती र सुदूरपश्चिम प्रदेशले वार्षिक नीति तथा कार्यक्रम ल्याएका छन् । प्रदेशले बिहीबार सार्वजनिक गरेका नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छन् । प्रदेशहरूमा सत्ता समीकरणको अभ्यासहरू जारी रहँदा आगामी आर्थिक वर्षको बजेट ल्याउने चटारो पनि छ । कोरोना महामारीसँग देश लडिरहेका बेला अहिले प्रदेश सरकारहरूले बजेट ल्याउने […]