विशेष अधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली (लाइभ)

काठमाडौं : प्रधानमन्‍त्री केपी ओलीलाई विश्‍वासको मत लिनका लागि डाकिएको संसद्को विशेष अधिवेशनको दोस्रो बैठक सुरु भएको छ। बैठकको प्रारम्भमा प्रधानमन्‍त्री ओलीले संसद्लाई सम्बोधन गर्दै विश्‍वासको मतका लागि प्रस्ताव राखिरहेका छन्। विशेष अधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली (लाइभ)

जटिल बन्दैछ प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था, के हो उनलाई लागेको रोग ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको छ । सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिएकी छन् । सो तस्वीरमा सीतासँगै उनका पति प्रचण्ड, छोरी र नातिनीहरु छन् । पारिवारिक स्रोतका अनुसार उनलाई पाइपबाट हल्का खाना खुवाउने गरिएको छ । ‘हातखुट्टा चल्दैनन्, […]

प्रधानमन्त्रीले विश्वासको मत पाएनन् भने के हुन्छ ?

विराटनगर । प्रधानमन्त्री केपी ओलीले सदनमा विश्वासको मत प्राप्त गर्न सकेनन् भने वैकल्पिक सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्ने हुन्छ । संविधानको धारा ७६ को २ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नसक्ने प्रावधान छ । ुप्रधानमन्त्री […]

अध्यक्ष ओलीलाई दिएको समय सकियो, माधव–झलनाथ निकट सांसदहरुको बैठक बस्दै

विराटनगर । माधव–झलनाथ निकट सांसदहरुको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बस्ने बैठकमा सोमबार संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुँदैछ । आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले थप छलफल गर्न बैठक बस्न लागेका हुन् । प्रधानमन्त्री […]

संसदको विषेश अधिवेशन दिउँसो १ बजे, प्रधानमन्त्रीले विश्वासको मत लिने

विराटनगर । संसदको विशेष अधिवेशनको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेछन् । सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ । अहिलेको […]

ताप्लेजुङमा ३६ सहित प्रदेश १ मा थपिए ७६० संक्रमित (जिल्लाको विवरणसहित)

विराटनगर । प्रदेश १ मा आइतबार ७ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३ सय ७७, झापामा १ सय २०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, ते¥हथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, संखुवासभा र धनकुटामा २–२, र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । […]

चटयाङ लागेर मोरङमा एक जनाको मृत्यु, २ घाईते

विराटनगर । आइतबार विहान चट्याङमा परी मोरङमा एक जनाको मृत्यू भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यू हुनेमा रंगेली नगरपालिका १ हाटखोलाका ३० वर्षीय प्रविन माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ पर्दा घाईते भएका थिए । उपचारका लागि रंगेली अस्पताल पु¥याउन साथ उनको […]

योगेश भट्टराईलाई आयो खुल्ला पत्र…

प्रिय योगेश दाई, लामै लेख छप्न मन छ । हर्हर्ती राम्रो भन्दा नराम्रा कुरा धेरै याद आईरहेको छ । त्यसैले सानो टिप्पणी तपाईका नाममा लेखेको छु । अझ भन्नू पर्दा तपाईमा रविन्द्र दाईको स्वरुप सम्झेर यो टिप्पणी उतार्दै छु । प्रिय योगेश दाइ, पार्टी फुटको ल्याप्चे कति पटक लगाउने हो हजुरले?अमुल्य मत दिएर जिताएका ताप्लेजुङका […]

बेहुला बेहुलीनै कोरोना संक्रमित, विवाहमा तीन सयभन्दा बढी सहभागी

संखुवासभा । जिल्लाको मादीनगरपालिका–३, लेलेका बेहुला–बेहुलीमा कोरोना संक्रमण देखिएको छ। वैशाख २३ गते विवाह गरेका २५ वर्षीय बेहुला र २० वर्षीया बेहुलीमा संक्रमण पुष्टि भएको नगरप्रमुख विदुर लिङ्थेपले जानकारी गराए। विवाह भएको दुई दिनपछि संक्रमण देखिएको मादीको स्वास्थ्य शाखाले जनाएको छ । ज्वरो र रुघाखोकी आएपछि शनिबार परीक्षण गराउँदा उनीहरुमा संक्रमण पुष्टि भएको हो । […]

संवैधानिक परिषदको बैठक सुरु, पदाधिकारी नियुक्ति सिफारिस गर्ने सम्भावना

काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी छन् । बैठकले संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति सिफारिस गर्ने सम्भावना छ । हाल लोकसेवामा पदाधिकारीविहीन छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा