काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख ६० हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा ५४ हजार जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १६ हजार ६०७ जनाको उपचार भइरहेको छ । […]
चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको काम दसैँ विदामा पनि निरन्तर चल्ने भएको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनका अनुसार दसैँंको समयमा करिव १ सय ५० जना कामदार निर्माणमा खटिनेछन् । अध्यक्ष सीताराम कट्टेल धुर्मसले कामदारको चाहनाअनुसार नै दसैँको अवधिमा पनि काम गर्न लागिएको बताए । ‘हामीसँग भएका कामदारमध्ये कतिपय […]
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा एक जनाको ढुङ्गाले किचेर मृत्यु भएको छ । सिरिजङ्घां ७ खेवाङ स्थित केवाखोलामा माछा मार्ने क्रममा ढुङ्गा कोट्याउने क्रममा ढुङ्गाले किच्दा ३० बर्षिय दीपक गुरुङको मृत्यू भएको हो । उनी भारतको सिक्कीम घर भइ स्थानीय इन्द्रबहादुर गुरुङको घरमा काम गर्न बस्दै आएका थिए । दिपक स्थानीय बासु गुरुङसंग केवाखोलामा माछा […]
विराटनगर । प्रदेश १ मा विहीबार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा […]
धरान । प्रदेश १ सरकारले कोरोना भाइरस बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेपनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने शुल्क लिएर मात्र उपचार गर्ने सूचना जारी गरेको छ । संघीय सरकारले बजेट दिएर स्थापना गरेको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुने संक्रमित बिरामीले अग्रिम रकम बुझाएछि मात्र उपचार प्रक्रिया अगाडि बढाइने भएको हो […]
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण हुन लागेको केन्द्रको भवनको […]
काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन […]
विराटनगर । मोरङको बेलबारी नगरपालिका–४ स्थित भित्री सडक खण्डमा तीन जना युवती सवार रहेको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार राति ११:४५ बजेतिर भएको दुर्घटनामा परेर दुई युवती घाइते भएका छन्। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ५६३७ नम्बरको स्कुटर दुर्घटनामा पर्दा चालक बेलबारी–४ की १९ वर्षीया समीक्षा […]
विराटनगर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे आज सरोकारवालासँग अनलाईन छलफल गरिएको हो । छलफलमा आएका सुझाव सहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिईने खतिवडाले बताए । जेष्ठ नागरिक ग्राममा निर्माण गरिने संरचनाका बारेमा […]
काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार यो पटक शनिबारको दिन पनि परीक्षा सञ्चालन हुनेछ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार विद्यार्थीको चाहना अनुसार होम सेन्टरमै परीक्षा सञ्चालन हुनेछ […]