काठमाडौं । मन्त्रिपरिषद् विस्तार भएको छ । प्रधानमन्त्री बालेन शाहको सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका छन् । यसअघि विवादास्पद व्यापारी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको पाइएपछि गृहमन्त्री गुरुङले पदबाट राजीनामा दिनु परेको थियो । उनीमाथि छानबिनका लागि समिति समेत बनाइएको थियो । तर समितिले गुरूङलाई […]
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठनदेखि जलविद्युत् आयोजना, निजामती प्रशासन र अध्ययन प्रतिवेदनसँग सम्बन्धित चार महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। त्यसैगरी, तल्लो अरुण, लोवर न्यादी खोला, घुन्सा […]
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पनि सरकारमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । यस्तै आजै सुधन गुरूङ गृहमन्त्री बन्दैछन् । गृहमन्त्रीमा गुरूङ र नवप्रवर्तन मन्त्रीमा पुनको नाम सिफारिस भएको हो।
काठमाडौं । सुधन गुरूङ फेरि गृहमन्त्री बन्ने भएका छन् । यसअघि विवादास्पद व्यापारी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको पाइएपछि उनले पदबाट राजीनामा दिनु परेको थियो । उनीमाथि छानबिनका लागि समिति समेत बनाइएको थियो । तर समितिले गुरूङलाई क्लिन चिट दिएपछि पुनः गृहमन्त्रीमा फर्किन लागेका हुन् । आज दिउँसो ३ बजे सुधनको शपथका लागि प्रधानमन्त्री कार्यालयले […]
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ । यसअघि हिजो सोमबार बसेको बैठक सुरू हुनासाथ विपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । १५ मिनेटपछि पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर […]
काठमाडौँ । पुर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङले आगामी सरकारले राजनीतिक पक्ष-विपक्षको आधारमा नभई समान रूपमा सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्ने दाबी गरेका छन्। धादिङस्थित क्रिक रिसोर्टमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले स्थानीय तहदेखि उच्च पदस्थ जनप्रतिनिधिसम्म सम्पत्ति विवरणमाथि कठोर जाँच प्रक्रिया अघि बढाइने संकेत गरे। उनका अनुसार वडाध्यक्षदेखि मेयरसम्मका […]
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ चयन भएका छन् । गए राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उनी सर्वसम्मतिमा चयन भएका हुन् । पार्टी उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लीलाप्रसाद पौडेल र सहसचिवमा गोपाल गुरागाईं चुनिएका छन् । अधिवेशनले सात जना सदस्य पनि सर्वसम्मतिमा चुनेको छ । उनीहरू कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला […]
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरूङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाइएको छ । छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन ४५ पृष्ठको रहेको छ । मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको समिति गठन गरेको […]
काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । रवि र मोदीबीच एक्लाएक्लै साथै प्रतिनिधिमण्डसहितको भेटवार्ता भएको हो । भेटवार्तापछि मोदीले सामाजिक सञ्जालमार्फत साझा र समृद्ध भविष्यका लागि सहकार्य गर्ने लामिछानेको इच्छालाई आफूले पूर्ण समर्थन र स्वागत गर्ने उल्लेख गरेका छन् । छिमेकी पहिलो नीति अन्तरगत […]
काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री वालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक प्रारम्भ हुनासाथ सांसदहरू उभिएर असहमति प्रकट गरेपछि कार्यवाही प्रभावित भएको हो। विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अस्वीकार्य भन्दै लगातार विरोध जारी राख्दै आएका छन्। सोही कारण अघिल्ला दुई बैठकहरूमा पनि कार्यसूची अघि बढ्न नसकेको संसदीय गतिविधिले देखाएको छ। […]