आशिका तामाङ किन सदनबाट बाहिरिइन् ?

विराटनगर । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादा र गरिमा कायम राख्न निर्देशन दिएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गर्न उठेपछि सभामुख अर्यालले सांसद तामाङलाई यस्तो निर्देशन दिएका हुन् । बैठकमा सांसद तामाङले केही दिनअघि उठाएका विषयमा परराष्ट्रमन्त्री खनालले […]

सुनसरी र सिरहा घटनाको छानबिन प्रतिवेदन बुझाइयो

काठमाडौं ।सुनसरी र सिरहामा भएका घटनाबारे छानबिन गर्न गठित समितिले मंगलबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ। छानबिन समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको । गत १० साउनको राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएको थियो। त्यसपछि भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएको […]

रास्वपाको स्थानीय चुनाव तयारी स् पुराना सक्रियलाई प्राथमिकता, नयाँलाई पनि अवसर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टी स्थापनादेखि निरन्तर संगठनमा सक्रिय रहेकालाई प्राथमिकता दिने संकेत गरेको छ। सभापति रवि लामिछानेले पार्टीको सुरुवाती चरणदेखि जिम्मेवारी सम्हाल्दै आएका कार्यकर्ताको उम्मेदवार बन्ने सम्भावना तुलनात्मक रूपमा बढी हुने बताएका छन्। ‘गाउँपालिका क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने क्रममा लामिछानेले […]

भदौ २३ मा प्रधानमन्त्रीको सम्बोधन माग

विराटनगर । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रचना खतिवडाले भदौ २३ गते जेन्जी आन्दोलन भएको एक वर्ष पुग्ने भएकाले उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने बताएकी छन्। उनले आन्दोलनका सहिदका माग पूरा भए–नभएको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताइन्। भदौ २३ गतेको बलिदानबाट बनेको सरकारले सहिदका माग र आन्दोलनका विषयमा जवाफ दिनुपर्ने उनको भनाइ थियो।

अनलाइन व्यापारमा बढ्दो ठगी नियन्त्रण गर्न सांसद गुरुङको माग

विराटनगर । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बिना गुरुङले अनलाइन व्यापारमा हुने ठगीको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले डिजिटल माध्यमबाट हुने कारोबारमा विभिन्न चुनौती देखिएको भन्दै अनलाइनबाट सामान खरिद गर्दा भुक्तानी लिएपछि सम्पर्कविहीन हुने तथा अन्य किसिमका ठगी बढ्दै गएको बताइन्। सामाजिक सञ्जालमार्फत हुने स्क्याम तथा अनलाइन ठगी नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनको […]

प्रतिनिधिसभा बैठक जारी, ४ मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी छ । सभाको आजको बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र कृषि, वन तथा पर्यावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८१/०८२’ […]

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ। आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै मृत्यु भएका मतदाताको विवरण यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेका हुन्। आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा अद्यावधिक गर्दै आएको जनाएको छ। मतदाताको मृत्यु भएपछि […]

भारतीय सेनाध्यक्ष सेठले आज प्रधानमन्त्री बालेनसँग भेट्दै

काठमाडौं । भारतीय स्थल सेना प्रमुख धिरज सेठले आज प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्ने भएका छन्। प्रधानमन्त्रीसँगको भेटघाटपछि उनी भोली स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी (सेनापति) को दर्जा प्रदान गरेका थिए। प्रमुख सेठ आइतबार काठमाडौँ आएका थिए […]

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने […]

कोसी प्रदेश सरकार विस्तार, ४ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोसी प्रदेश सरकार विस्तार भएको छ। केन्द्रमा भएको तीनबुँदे सहमतिअनुसार नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्री र एक राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई लाई शपथ गराएका हुन्। भने, राज्यमन्त्रीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ गराएका हुन । जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालय, गीता तिम्सिनाले सामाजिक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं