रास्वपा महामन्त्री आचार्यद्वारा सरकारी पुनर्निर्माणको सुस्त गतिप्रति प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले सिंहदरबार र संघीय संसद्को पुनर्निर्माणमा देखिएको सुस्त गतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले निजी क्षेत्रले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना तीव्र गतिमा पुनर्निर्माण गरिरहे पनि सरकारी संरचना अझै उस्तै अवस्थामा रहेको बताए। नयाँ संसद् भवनबाट बजेट अधिवेशन सञ्चालन हुने अपेक्षा गरिए पनि अस्थायी संरचनाबाटै […]

भोटेकोशी बाढीबारे विपक्षी दलद्वारा सरकारको प्रतिकार्य समीक्षा

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीपछि सरकारले गरिरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामबारे विपक्षी दलहरूले समीक्षा गरेका छन्। नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको बैठकमा सर्वदलीय बैठकबाट तय भएका नौबुँदे प्रतिबद्धताको कार्यान्वयन, राहत वितरणको अवस्था र आगामी रणनीतिबारे छलफल भएको कांग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्। विपक्षी दलहरूले राहत वितरणमा देखिएका कमजोरी सुधार गर्दै प्रभावितलाई समयमै […]

बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाबारे आज मन्त्रिपरिषद् बैठक बस्दै

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयसँगै बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार तथा राहतका कामलाई निरन्तरता दिँदै […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधि सभाको बैठक अपराह्न १ बजे बस्दै छ । यस्तै, राष्ट्रिय सभाको बैठक पनि अपराह्न १:१५ बजे बस्ने कार्यक्रम छ । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट […]

भदौ २३ र २४ का घटनाको सत्यतथ्य सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका हिंसा, दमन तथा सार्वजनिक संरचना ध्वंसका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। बीपी स्मृति दिवसका अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै थापाले दुवै दिनका घटनाको सत्यतथ्य सार्वजनिक नगरेसम्म राज्य जबाफदेही बन्न नसक्ने बताएका हुन्। उनले […]

रसुवा बाढीलाई जलवायु न्यायको मुद्दा बनाउन रवि लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपद्लाई जलवायु न्यायको मुद्दासँग जोड्दै अन्तर्राष्ट्रिय समुदायमाथि दबाब सिर्जना गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राहत र पुनर्निर्माणमा मात्र सीमित नभई विपत्तिको मूल कारणसम्म पुग्नुपर्ने बताए। नेपालले अन्तर्राष्ट्रिय समुदायसँग एउटै स्वरमा जलवायु न्यायको माग गर्नुपर्ने उनको भनाइ छ। लामिछानेले बाढीमा ज्यान गुमाएकालाई प्राकृतिक […]

रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी, उद्धार, पुनर्स्थापना, राहत वितरण लगायतका विषयमा सम्बोधन गर्ने बुझिएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ ।

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने भएको छ । यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन )विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यसैगरी, […]

जेनजी आन्दोलनको अपमान नगर्नुस्, इतिहास फेर्न सकिँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको अपमान नगर्न पुराना दलका नेताहरूलाई चेतावनी दिएका छन्। उनले आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गरेर कमजोर बनाउने प्रयास नगर्न आग्रह गर्दै ‘इतिहासलाई फेर्न नसकिने’ बताएका हुन्। जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पुराना दलका नेताहरूको सोच परिवर्तन हुनुपर्ने बताए। ‘अझै पनि पुराना दलका केही साथीहरूले […]

कांग्रेसले माग्यो १५औं महाधिवेशनका लागि राष्ट्रिय सभागृह

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि राष्ट्रिय सभागृहको हल उपलब्ध गराइदिन अनुरोध गरेको छ। पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृहलाई पत्र लेख्दै महाधिवेशनका लागि आवश्यक स्थान उपलब्ध गराइदिन अनुरोध गरेका हुन्। कांग्रेसले आगामी असोज १५ देखि १९ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं