आज ७५औँ प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज देशभर ७५औँ प्रजातन्त्र दिवस मनाइँदै छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो राणा शासन अन्त्य भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । राणाहरूको […]

मेची राजमार्ग अन्तर्गतका सडक अलपत्र छन्, कहिले बन्छ ? : सुहाङ नेम्वाङ

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सडक निर्माणका लागि बजेट पर्ने, ठेक्का लाग्ने भएपनि कामले पूर्णता नपाएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद नेम्वाङले आफ्नै निर्वाचन क्षेत्रका केही सडकमा भइरेहेको कामको विवरणबारे जानकारी गराउँदै ध्यानाकर्षण गराएका हुन् । ‘बजेट पर्छ, ठेक्का लाग्छ तर कामले पूर्णता प्राप्त गर्न सक्दैन […]

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज सोमबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवनमा बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०७९/८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेश गर्नेछन् । प्रधानमन्त्री ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति […]

सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीको जवाफ यस्तो छ (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० सांसदले प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीलाई १० सांसदले प्रश्न गरेका हुन् । प्रधानमन्त्री ओलीलाई प्रकाश ज्वाला, प्रतीक्षा तिवारी, प्रतिमा गौतम, वर्षमान पुन, प्रकाश शरण महत, प्रभु हजरा, प्रेम बहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन र प्रभु साहले प्रश्न गरेका […]

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले प्रश्नोत्तर गर्ने

काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छे—९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको […]

कोशीले यसरी मनायो स्थापना दिवस

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको स्थापना नै संघीयता कार्यान्वयनको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । कोशी प्रदेश सरकारले सातौँ स्थापना दिवसको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सात वर्षको समीक्षा गर्दै आगामी दिनमा कमजोरी सुधार गर्दै लग्ने सरकारको योजनाको उनले प्रशंसा गरे । कार्यक्रममा मुख्यमन्त्री […]

अर्थमन्त्री पौडेल र पोखराका मेयरलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा झिरझिरेले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारार्थ काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ । मन्त्री पौडेल र मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरबाट शनिबार अपराह्न काठमाडौं ल्याइएको अर्थमन्त्रीका प्रेसविज्ञ भुवन केसीले जनाएका छन् । केसीका अनुसार […]

कोशी प्रदेश स्थापनाको ७ वर्षमा के के भए ? (पुस्तकसहित)

विराटनगर । कोशी प्रदेश सरकार गठन भएको आज (शनिबार) ७ वर्ष वर्ष पुगेको छ । पहिलोपटक २०७४ साल फागुन २ गते प्रदेश सरकार गठन भएको थियो । कोशी प्रदेशमा ७ वर्षको अवधिमा ९ वटा सरकार बनेका छन् । पहिलो कार्यकालमा ३ वटा सरकार बनेका थिए । दोस्रो कार्यकालको २ वर्षको अवधिमा ६ वटा (सर्वोच्च अदालतबाट […]

प्राध्यापक महेन्द्र लावतीको नियतमा प्रश्नै प्रश्न, यसरी छरिरहेका छन् भ्रम

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको क्रममा छ । सबै प्रक्रिया पुरा गरेर सुरु गरिएको केबलकार निर्माणको विभिन्न अड्कलका साथ विरोध र भ्रम छर्दै ‘नो केबलकार समूह’ले आन्दोलन पनि गरिरहेको छ । यस्तै आन्दोलन र भ्रम फैलाउनमा सक्रिय छन् – अमेरिकाको विश्वविद्यालयमा प्राध्यापकको भूमिकामा रहेका महेन्द्र लावती । उनी अहिले नेपालमा छन् […]

भ्रष्टाचार मुद्दा : कोशी प्रदेशसभा सचिव गोपाल पराजुलीलाई ६ वर्ष कैद

काठमाडाैं । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन दिएकाे मुद्दामा सर्वोच्च अदालतले पराजुलीलाई दाेषी ठहर गर्दै ६ वर्ष कैद सजाय सुनाएको छ । ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वोच्चले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा