बाढी प्रभावित क्षेत्र नुवाकोट जाँदै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने भएका छन् । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । आचार्यका अनुसार कार्यक्रमलगत्तै अध्यक्ष ओलीसहित पार्टीका नेताहरू नुवाकोटको […]

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाइने

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा सरकारले भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बाढीमा ज्यान गुमाएकाहरूको सम्मानस्वरूप घटनाको १३औँ दिनको पुण्यतिथिका अवसरमा राष्ट्रिय शोक मनाउने निर्णय गरिएको हो। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। […]

रास्वपा सचिवालय बैठक बिहान १० बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले आज बिहान १०:०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको जानकारी दिए सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताए ।

रसुवाको बाढीबारे प्रतिनिधिसभाद्वारा विशेष प्रस्ताव पारित

काठमाडौँ । रसुवामा भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीको अवस्थाबारे प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ। बुधबार बसेको सदनको बैठकले सभामुख डीपी अर्यालले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो। बाढीको प्रभाव रसुवाको टिमुरे, स्याफ्रुवेशी र बेत्रावती हुँदै नुवाकोटको त्रिशूली बजार तथा देवीघाटसम्म देखिएको छ। धादिङ, चितवन र गोरखाका त्रिशूली नदी आसपासका तटीय […]

विपद् व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्छ : रामबहादुर थापा

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले मुलुकमा वर्षेनी हुने बाढीपहिरोको विनाश रोक्न तथा प्रभावकारी विपद् व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै नेता थापाले हरेक वर्ष प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने परम्परा मात्र निर्वाह गरेर नहुने भन्दै यो नियति बदल्न दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा […]

सेनासँगै जनपरिचालन आवश्यक छ : प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा बाढीको उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन सेना परिचालनसँगै जनपरिचालन आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै प्रचण्डले तीन तहका सरकार, जनप्रतिनिधि, नागरिक समाज र आमनागरिकलाई विश्वासमा लिएर परिचालन नगरेसम्म बाढीबाट उत्पन्न समस्याको वास्तविक समाधान कठिन हुने बताए। उनले आफूले सरकारका मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी […]

कांग्रेस संस्थापन इतर समूहले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने गरी सांगठनिक कार्यतालिका प्रस्ताव गरेको छ। बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति को दोस्रो बैठकमा महाधिवेशनको मिति तथा विभिन्न तहका अधिवेशनको कार्यतालिका प्रस्ताव गरिएको हो। बैठकमा प्रस्तुत कार्यपत्रअनुसार १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते […]

सुरुङभित्र फसेकाको उद्धारमा ढिलाइप्रति आङ्देम्बेको आपत्ति

विराटनगर। नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले विपद्का बेला सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै आङ्देम्बेले उद्धारमा भइरहेको ढिलाइ गम्भीर र मानवीय संवेदनाविपरीत भएको बताए। उनले अझै ६२ जिल्लाका ३ हजार ९१६ नागरिक सम्पर्कविहीन रहेको विवरणप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। समय बित्दै जाँदा […]

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनालाई उद्धार गरिएको जानकारी प्रतिनिधि सभालाई दिएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहले अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको बताएका हुन्। उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा नागरिकको अवस्था अझै यकिन […]

जलवायु परिवर्तनले हिमालय क्षेत्रमा विपद्को जोखिम बढाएको छ : प्रधानमन्त्री शाह

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित रहेकाले यसबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छन्। उनले हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको भन्दै यो विश्वकै साझा जिम्मेवारी भएको उल्लेख गरे। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘जलवायु परिवर्तनका कारण हामीमाझ यस्तो विपद् आइलाग्यो। हिमालय क्षेत्रमा जोखिम बढेको यसले देखाउँछ। […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं