विपद्को जोखिम : स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा

काठमाडौं । सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी, पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ । नेपाल मौसम विज्ञान विभागले कात्तिक १२ गतेदेखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा राखिएको हो । […]

कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौं । सरकारले आगामी कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ । दसैँका कारण नियमित तालिकामा परिवर्तन गर्दै आर्थिक वर्ष २०८३/८४ को पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार ६ […]

विश्व भोकमरी सूचक : नेपालको अवस्थामा केही सुधार

काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचआई), २०२६ को प्रतिवेदनले नेपालको अवस्था विगत वर्षभन्दा केही सुध्रिएको देखाएको छ। भोकमरी सूचकांक, २०२६ मा १२२ देशमध्ये नेपाल ७२ औँ स्थानमा रहेको छ । शनिवार सार्वजनिक सूचकांकले नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाएको हो । पछिल्ला वर्षहरूमा केही प्रगति भएको तथ्यांकले देखाएको छ । नेपालले यस वर्ष १०० […]

व्यक्तिगत क्यान्सर खोपको परीक्षण सफल

काठमाडौं । व्यक्तिगत रूपमा तयार पारिएको नयाँ क्यान्सर खोपलाई इम्युनोथेरापी औषधिसँगै प्रयोग गर्दा क्यान्सर दोहोरिने वा त्यसबाट मृत्यु हुने जोखिम ४२ प्रतिशतले घटेको क्लिनिकल परीक्षणले देखाएको छ । अनुसन्धानकर्ताहरूले यसलाई क्यान्सर उपचारमा महत्वपूर्ण उपलब्धि मानेका बीबीसीले बताएको छ । परीक्षणअनुसार, इम्युनोथेरापी मात्र प्रयोग गर्दा भन्दा खोपसहितको उपचारले दुई वर्षमा मेलानोमा (घातक छालाको क्यान्सर) शरीरका अन्य […]

कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

काठमाडौं । दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख […]

दसैंमा मुटुलाई असर नपार्न के गर्ने ?

चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ । अझ दसैँमा त अन्य दिनहरुका तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीको परम्परा नै छ । चाडपर्वमा खानपान र रमाइलोमा ध्यान दिँदा स्वास्थ्यप्रति भने पर्याप्त सचेतना अपनाएको पाइँदैन । चाडबाडका नाममा शरीरलाई चाहिनेभन्दा बढी खानेकुराहरु खाने, शारीरिक […]

विराटनगरका अस्पतालमा डिजिटल रूपान्तरण, क्लाउडमा आधारित ‘इमेडिवेयर’को प्रयोग बढ्दै

विराटनगर । नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा विराटनगरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूले क्लाउडमा आधारित कागजरहित अस्पताल व्यवस्थापन प्रणाली ‘इमेडिवेयर’ प्रयोग गर्न थालेका छन् । काठमाडौंस्थित जेन आइटी हबले विकास गरेको उक्त सफ्टवेयरले अस्पतालको दैनिक कार्यप्रक्रियालाई डिजिटल, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पु¥याउँदै आएको छ । विराटनगरका पारस मल्टिस्पेसियालिटी अस्पताल, दिव्य ज्योति […]

जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा संक्रमण

काठमाडौं । जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्थासम्बन्धी प्रतिवेदनअनुसार नेपालमा सन् २०२६ मा हालसम्म एक हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएको र तीमध्ये १३१ जनामा जापानीज इन्सेफलाइटिस(जेई) पुष्टि भएको हो । जेई सङ्क्रमणका कारण हालसम्म २८ जनाको मृत्यु भएको परिवार […]

मापदण्डविपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा सिलबन्दी

झापा । मेचीनगर नगरपालिकाको अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा बुधबार सिलबन्दी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठको नेतृत्वको टोलीले चारआली र धुलाबारी क्षेत्रमा मापदण्डविपरीत चलेका स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो । चारआलीस्थित मनोकामना अस्पताल र धुलाबारीस्थित शिखर अस्पतालले एक वर्षदेखि नवीकरण नगरी सञ्चालन गरेको पाइएकाले सिलबन्दी […]

विदेशी मुलुकलाई नेपाली नागरिकको डीएनए प्रोफाइल दिन सकिने व्यवस्था प्रस्ताव

काठमाडौं । अपराध अनुसन्धान तथा न्यायिक कारबाहीका क्रममा आवश्यक परे विदेशी मुलुकलाई नेपाली नागरिकको डीएनए प्रोफाइल उपलब्ध गराउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदनमा यस्तो प्रावधान राखेको हो । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ मा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं