न्यूयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बिहीबार एक यात्रुवाहक हेलिकप्टर हडसन नदीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार तीन बालबालिकासहित सबै छ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘सबै छ जना पीडितहरूलाई पानीबाट उद्धार गरिएको छ,’ न्यूयोर्कका मेयर एरिक एडम्सले मिडिया ब्रिफिङमा भने, ‘दुःखको कुरा, सबै छ जना पीडितहरूलाई मृत घोषित गरिएको छ ।’ […]

९ महिनादेखि अन्तरिक्षमा फसेका सुनीता र बुच जब पृथ्वीमा ओर्लिए…

काठमाडौं । नौ महिनादेखि अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन्। नेपाली समयअनुसार बुधबार बिहान ३ः५३ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा आइपुगेको हो । जब सुनीता र बुच दुवै अन्तरिक्षयानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो । अन्तरिक्ष स्टेसनबाट जमिनमा पुग्न यानलाई १७ घण्टा लागेको […]

भुटानसहित ४३ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी, नेपाल पनि हाे ?

वासिङ्टन डिसी । ट्रम्प प्रशासनले ४३ देशका नागरिकहरूलाई लक्षित गरी संयुक्त राज्य अमेरिकाको यात्रामा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । यस विषयमा जानकार अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लगाइएको प्रतिबन्धभन्दा फराकिलो हुनेछ कूटनीतिक र सुरक्षा अधिकारीहरूले तयार पारेको सिफारिसहरूको मस्यौदा सूचीले ११ देशहरूलाई ‘रातो’ मा राख्न सूची सुझाव दिएको जसका नागरिकहरूलाई संयुक्त […]

प्यालेस्टिनीलाई ‘देश निकाला नगर्ने’ ट्रम्पको भनाइकाे स्वागत

इजिप्ट, जोर्डन । हमास र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन (पिएलओ) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट ‘कसैले पनि प्यालेस्टिनीलाई देश निकाला नगर्ने’ बताएको बिहीबारको भनाइलाई सकारात्मक भन्दै यसको स्वागत गरेका छन् । ट्रम्पको टिप्पणीले प्यालेस्टिनी भूमि कब्जा गर्ने र त्यहाँका जनसङ्ख्यालाई छिमेकी देशहरूमा विस्थापित गर्ने उनको व्यापक आलोचना गरिएको प्रस्तावबाट पछि हट्ने सङ्केत गरेको देखिन्छ । […]

३० दिन युद्धविराम प्रस्ताव मान्न युक्रेन तयार

काठमाडौै । युद्धग्रस्त युक्रेन ३० दिने युद्धविराम प्रस्ताव मान्न तयार भएको छ । अमेरिका र युक्रेनबीच रुस-युक्रेन युद्ध अन्त्यका विषयमा साउदी अरबको जेद्दामा भएको वार्तामा जमिन, आकाश र समुन्द्रमा एक महिना युद्धविराम गर्न युक्रेनले सहमति जनाएको हो । एक संयुक्त वक्तव्यमा युक्रेनले रुससँग ३० दिनका लागि युद्धविराम गर्ने अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार रहेको जनाएको […]

नेपाली विद्यार्थीको आत्महत्या प्रकरण : उच्चस्तरीय समितिले बोलायो किट संस्थापक

नयाँ दिल्ली । छात्रावासमा नेपाली विद्यार्थीको आत्महत्या र त्यसपछि अन्य नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा ओडिशामा छानविन तीव्र पारिएको छ । ओडिशा सरकारको उच्चस्तरीय समितिले कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) का संस्थापक अच्युत सामन्तलाई शुक्रबार सरकारसामु उपस्थित हुन भनेको छ । उच्च शिक्षा विभागले सामन्तलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंलाई फेब्रुअरी २१ मा साँझ […]

एमसीसी परियोजना पनि नेपालमा स्थगित

काठमाडौं । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको […]

समुद्रको ६,५६० फिट मुनी ‘डिप सि स्टेशन’ बनाउँदै चीन

बेइजिङ । चीनले आजकल धेरै अनौठो प्रयोग गरिरहेको छ। अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले अब समुद्रको गहिराइमा यस्तो काम गरिरहेको छ कि सारा विश्व चकित हुँदेछ। वास्तवमा चीनले साउथ चाइना सीमामा ६,५६० फिट तल ‘डिप सी स्टेशन’ निर्माण गरिरहेको छ। वास्तवमा यसको प्रमुख उद्देश्य भनेको समुद्रको गहिराइमा लुकेको ‘खजाना’ पत्ता लगाउनु हो। तर, यसको मूल्य […]

क्यानाडामा अवतरणका क्रममा विमान पल्टियो, ८० यात्रुको उद्धार, केहि गम्भिर

एजेन्सी । क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिएको छ । जसबाट ८० जना यात्रुको उद्धार गरिएको छ त्यसमा कम्तिमा ३ जना गम्भिर घाइते रहेको बताइएको छ । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार मिनेसोटाबाट डेल्टा उडानमा सवार सबै ८० जनाको उद्धार भएको छ । विमान पल्टिएपछि अग्नि नियन्त्रकद्वारा आगो निभाइएको थियो भने आगो लाग्दै गर्दा यात्रुहरु […]

भारतमा नेपाली छात्राको मृत्यु प्रकरणमा केआईआईटी विश्वविद्यालयले के भन्यो ?

काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले थप अप्रिय घटना हुन नदिन नेपाली विद्यार्थीलाई नेपाल पठाइएको बताएको छ । विश्वविद्यालय विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन प्रोत्साहित गरिने भन्दै उनीहरूको शैक्षिक पक्षलाई बाधा नपुर्‍याउने जनाएको छ । केआईआईटी विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं