काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम सहमति अब प्रभावकारी नरहेको बताएका छन्। उनले तेहरानसँग नयाँ सम्झौता वा संवाद अघि बढाउने इच्छा नरहेको धारणा सार्वजनिक गरेका छन्। टर्कीको राजधानी अंकारामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले युद्धविरामको अवस्था समाप्त भएको बताएका हुन्। अमेरिकी सेनाले इरानमा […]
काठमाडाैं । मध्य चीनको हुबेई प्रान्तको पूर्वी क्षेत्रमा सोमवार राति आएको भीषण आँधीबेहरी र हावाहुरीका कारण ११ जनाको मृत्यु भएको छ । विपत्तिमा परी एकजना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । सोमवार राति ७ देखि ११ बजेको बीचमा हुआङ्सी, हुआङ्गाङ, एजोउ र सियानिङ लगायतका क्षेत्रमा मेघगर्जनसहित शक्तिशाली हावाहुरी चलेको थियो । केही क्षेत्रमा […]
कायरो । सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । तीमध्ये अधिकांशको ज्यान ड्रोन आक्रमणमा गएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले सोमबार जनाएको छ । युद्ध थप तीव्र बन्दै जाँदा बालबालिका हिंसा, विस्थापन र मानवीय संकटको सबैभन्दा ठूलो मारमा परिरहेका छन् । सन् २०२३ को अप्रिलदेखि सुडानी […]
एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ । फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा […]
न्युयोर्क । मेरिकाको विस्कन्सिन राज्यको दक्षिणी भागको जेनेभा तालमा गम्भीर मौसमको कारण डुंगा पल्टिएर दुर्घटना हुँदा तीन जना बालबालिकाको मृत्यु भएको जनाइएको छ । जेनेभा प्रहरी विभागले चार बच्चाहरू सहित १० जना सवार रहेको डुंगा तीव्र हावा र उग्र छालहरूको कारणले डुबाएको जनाएको छ । छ जना वयस्क र एक बालकलाई पानीबाट उद्धार गरिएको जनाउँदै […]
तेहरान । इरानले शनिबार बिहानदेखि दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ । सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि छ दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा इराकमा पनि शोक र्यालीहरू आयोजना गरिने कार्यक्रम छ । घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार खामेनीको शव राखिएको बाकस समारोहस्थलमा ल्याइनुअघि नै हजारौँ […]
एजेन्सी । कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र जारेड कुशनर दोहामा रहेको पुष्टि गर्दै उनीहरूले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने जनाएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलले अमेरिका र इरानबीच हालै सम्पन्न भएको समझदारी पत्र (एमओयू) कार्यान्वयनको प्रगतिबारे मध्यस्थकर्तासँग छलफल गर्ने जानकारी दिए […]
एजेन्सी । अमेरिकाले शनिबार इरानमा ‘केही स्थानमा’ नयाँ आक्रमण गरेको जनाएको छ । यो आक्रमण स्ट्रेट अफ हर्मुज हुँदै गन्तव्यतर्फ गइरहेको एउटा जहाजमाथिको पछिल्लो आक्रमणको जवाफमा गरिएको हो । “व्यावसायिक ढुवानीविरुद्ध इरानको निरन्तर आक्रामकताको प्रत्यक्ष जवाफमा अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले आइतबार इरानमाथि आक्रमण गरेको छ,” सेन्टकमले भनेको छ । सेन्टकमले दिएको थप जानकारीमा भनिएको […]
काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा बुधबार साँझ गएको विनासकारी भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या कम्तीमा १ हजार ४ सय ३० पुगेको छ। भेनेजुएलाका शीर्ष अधिकारीहरूले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भग्नावशेषमा पुरिएका नागरिकहरूलाई जीवितै उद्धार गर्ने समय निकै ढिलाइ भएको बताएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार राजधानी कारकास नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलको एउटा […]
पेरिस । युरोपका विभिन्न भागमा शनिबार कम्तीमा १९ करोड ३० लाख मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ । जर्मनीमा मात्र करिब ७ करोड ५० लाख व्यक्ति उच्च तापक्रमका कारण प्रभावित भएका थिए । एएफपीले प्राप्त गरेको तथ्यांकको विश्लेषण अनुसार उष्ण लहर पूर्वतर्फ सर्दै गरेकाले यो सङ्ख्या शुक्रबारको तुलनामा बढेको अनुमान […]