काठमाडौं । नोपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो प्रदेश १ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन् । पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेपछि छलफल र परामर्शमा व्यस्त प्रधानमन्त्रीले शुक्रबार आफू निकट प्रदेश १ का सांसदसँग भेटघाट गरेका हुन् । ‘प्रधानमन्त्रीसँग हाम्रो छलफल […]
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) विराटनगरमा हुने विशाल आमसभालाई सम्बोधन गर्ने भएका छन् । तोकिएकै समयमा निर्वाचन सम्पन्न गराएरै छाड्ने सन्देश दिन प्रदेश १ को राजधानी विराटनगरमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सत्ता पक्षले शक्ति प्रदर्शन र बृहत आमसभाको आयोजना गरिएको छ । उत्त आमसभामा प्रधानमन्त्री ओली आउँदैछन् । प्रधानमन्त्री केपी […]
विराटनगर । राष्ट्रिय युवा संघको अगुवाईमा प्रदेश १ को राजधानी विराटनगरमा विहीबार मोटरसाईकल ¥याली निकालिएका छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरमा हुने जनसभामा सहभागी हुन आउने भएकाले त्यसको प्रचारका लागि युवासंघले विहीबार विराटनगरसहित मोरङका विभिन्न स्थानमा मोटरसाईकल ¥याली निकालेको हो । हजारौँको संख्यामा दिउँसो नेकपा पार्टी कार्यालयबाट निकालिए मोटरसाइकल ¥यालीले विराटनगरका मुख्य चोकहरुको […]
ताप्लेजुङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय उद्घाटन गरेकी छिन् । मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट मन्त्री तुम्बाहाङ्फेले मालपोत र नापी कार्यालय उद्घाटन गरेकी हुन् । कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने […]
विराटनगर । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमबार मोरङ जिल्ला अदालतमा उनिहरुविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक […]
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आज ९आइतबारदेखि० सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकको जवाफी बहस सुरु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहस गत बिहीबार सकिएको हो । ओली पक्षका वकिलले इजलासमा उठाएका तर्कमा रिट निवेदक पक्षले आज जवाफ दिनेछन् । जवाफी बहसमा नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ […]
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नक्सा प्रकाशित गरेपछि पार्टी भित्रैबाट आफूविरुद्ध चलखेल भएको आरोप लगाएका छन् । बुटवलमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू पक्षीय सभामा बोल्दै प्रधानमन्त्रीले यस्तो आरोप लगाएका हुन् । ‘नेपालको भू–भाग समेटेर नक्सा प्रकाशित गरेपछि, नक्सालाई बहुमतले संविधानमा अनुसुचीकरण गरेपछि उहाँहरु आत्तिनुभयो,’ उनले भने, ’अनि प्रधानमन्त्री हट्नुप¥यो । अध्यक्ष […]
विराटनगर । नेकपा विभाजनको असर देशभरिका स्थानीय तहमा प्रत्यक्ष रूपमा देखिएको छ । पार्टी विभाजनपछि नेकपाका स्थानीय तह प्रमुख र उपप्रमुखहरू दुवैतिर बाँडिएका छन् । नेकपा (साविक एमाले र माओवादी केन्द्र) बाट निर्वाचित ३ सय ८८ पालिका प्रमुख र ४ सय ३८ उपप्रमुखको पक्षधरतालाई विश्लेषण गरिएको छ । यसले समग्रमा स्थानीय तहमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल […]
काठमाडौं । प्रतिनिधिसभा विघटन विवादमा दायर भएका रिटमा निवेदक र विपक्षीका तर्फबाट पहिलो चरणको बहस सकिएपछि इजलास चाँडो फैसला दिने तयारीमा जुटेको छ । अदालतको फैसला नआउँदा राजनीतिक अन्योल बढेको र संक्रमण बढेको भन्दै सबैतिरबाट छिटो फैसला सुनाउन आग्रह भएपछि सर्वोच्च यो दिशामा क्रियाशील भएको छ । वहसका लागि समय निर्धारण गर्ने, वकिलहरूको सूची छोट्याउनेलगायतका […]
काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर १२ बजे सुनधारामा मूल प्रदर्शन हुने नेकपाले जनाएको छ। भृकुटीमण्डपमा हुने विरोधसभा अगाडि पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालेर सुन्धारामा मुल प्रदर्शन हुने नेकपाले जनाएको छ। विरोध सभामा सहभागी हुन […]