काठमाडौं । पर्यटन मन्त्रालयलले सार्वजनिक बिदा हप्तामा २ दिन दिने गरी प्रारम्भिक निष्कर्ष निकालेको छ। सार्वजनिक बिदा हप्तामा २ दिन गर्ने सम्बन्धमा गठित समितिले २ दिन उपयुक्त हुने निष्कर्षसहित प्रारम्भिक मस्यौदा तयार पारेको पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए। भट्टराईको संयोजकत्वमा करिब २ महिनाअघि गठित समितिले बिदा २ दिन हुँदा कार्यदक्षता बढ्नुका साथै उत्पादकत्व […]
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात जेल चलान भएका छन् । आइतबार विशेष अदालतले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनाको विषयमा बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बस्न्यातलाई […]
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित एक महिलाको शनिबार राति मृत्यु भएको छ । झापाको गौरादह–५ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार महिलाको मृत्यु राति ११ स् ३० बजेतिर भएको हो । पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि महिलालाई […]
काठमाडौं । अमेरिकामा सोमबारबाट कोभिड(१९ विरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बीबीसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ […]
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा पनि मूल्य बढाइएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १०९ रुपैयाँ पुगेको छ […]
काठमाडौं । पश्चिमी वायुको असरले पहाडी भेगका एकाध स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आंशिक बदलीको अवस्था रहने छ । राति भने प्रदेश १ का पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबारबाट भने क्रमिकरूपमा मौसम […]
विराटनगर । मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले सुराकीको आरोपमा हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन्। मङलबार बिहान श्रेष्ठलाई अपहरण गर्दै आधा घण्टा परको जंगलमा पुर्याएर घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको थियो । हत्या भएपछि प्रहरीले सक्रियताका साथ हत्यामा संलग्नको खोजी गरे पनि कोही पक्राउ […]
विराटनगर । प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए । २ लाखको कोरोना परीक्षण […]
विराटनगर । शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यापछि मोरङको मिक्लाजुङ र आसपासका क्षेत्रमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनामा संलग्नको खोजी तीव्र पारेको छ । विशेष सर्च अभियान सञ्चालन गर्न मंगलबार रातिदेखि नै मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काको नेतृत्वमा प्रहरी खटिएको छ । सबै नाका शील गर्दै जंगल र ग्रामीण क्षेत्रमा विशेष अप्रेसन जारी राखिएको […]
काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुर्याएको छ । घटनास्थलमै मृत्यु हुनेको पुरुषको पहिचान नखुलेको […]