बीएण्डसीको ओपीडी सेवा असार १ बाट नियमित हुने

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सुविधा सम्पन्न बीएण्डसी अस्पतालले असार १ गतेबाट नियमित रुपमा ओपीडी सेवा सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण संक्रमण उच्च हुँदा लगाईएको निषेधाज्ञाले यस अघि ओपीडी सेवा नियमित नभएकोमा अब असार १ अर्थात मंगलबारबाट नियमित पूर्ववत अवस्थामानै सञ्चालन हुने अस्पतालले जनाएको छ । सोमबार अस्पतालका जनसम्पर्क व्यवस्थापक प्रमिश गिरीले […]

बालिकालाई करणी गरेको आरोपमा ताप्लेजुङका धनबहादुर पक्राउ

ताप्लेजुङ । १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सान्थाक्राका २५ वर्षिय धनबहादुर लुहारलाई पक्राउ गरेको छ । मेरिङ्देन गाउँपालिका २ सान्थाक्राका लुहारले गत जेठ १४ गते बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ प्रहरीले पक्राउ गरेको हो । जाहेरीका आधारमा लुहारलाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक कैलाश […]

प्रदेश १ मा कोरोना : २४ घण्टामा ३७९ संक्रमित थपिदा ३५८ संक्रमणमुक्त

विराटनगर, ३१ जेठ । प्रदेश १ मा आज ३७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्तामोडमा ९, […]

चौधरी ग्रुपले खोल्यो विराटनगरमा प्रादेशिक कार्यालय

विराटनगर। चौधरी ग्रुपले अधिराज्यभर पुर्याउदै आएको सामाजिक सेवामुलक कार्यहरु निरन्तर जारी छ । समुदायसंग निकटताका साथ सेवा विस्तार गर्ने उद्देश्यले १ नं प्रदेशको राजधानी बिराटनगरमा प्रादेशिक कार्यालय संचालनमा आएको छ । जेठ ३० गते आइतबार एक कार्यक्रम गर्दै कार्यालयको उद्घाटन भएको हो । कोभिडका कारण सुरक्षा सावधानी तथा सामाजिक दुरि कायम गर्दै मोरङ जिल्ला प्रदेश […]

भारतमा यसरी घट्दैछन् कोरोना संक्रमित

विराटनगर । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या ७० हजारमा झरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाका दैनिक नयाँ संक्रमितको यो संख्या गत मार्च ३१ यताकै सबैभन्दा कम हो । भारतमा आइतबार १४ लाख ९२ हजार १५२ नमुना परीक्षण गरिएको थियो । योसँगै भारतमा कोरोना संक्रमितको […]

कांग्रेसको थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सोमबार थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिएका छन्। कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता विवरण […]

प्रदेश १ मा नेपाल पक्ष पनि बनेको हो सत्तापक्ष ?

विराटनगर । प्रदेश १ को नीति तथा कार्यक्रम माथिको छलफलमा शनिबार बोल्दै प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले सरकारले ल्याएको योजना र कार्यक्रमको स्वागत गरे। उनी एमालेका माधव नेपाल समूहका सांसद हुन्। उनले सदनमा भने, ‘हामी सत्तापक्षकै हौं, सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयमा मज्जाले बोल्छौं।’ अर्का सांसद लीलाबल्लभ अधिकारीले केन्द्रको राजनीति जे भए पनि प्रदेशमा यो […]

मन्त्री नेम्वाङको निर्देशन ‘लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी गर्नु’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन् । नीतिगत, व्यवहारिक र प्राविधिक […]

बीपी प्रतिष्ठानमा अख्तियारले मार्यो छापा, खरिद तथा मूल्याङ्कन शाखाका केही कागजात नियन्त्रणमा

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति अन्त्यको धरान नागरिक दबाब सञ्जाल सक्रिय भएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रतिष्ठानमा छापा मारेको छ । आयोगको इटहरीस्थित कार्यालयका निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकाल नेतृत्वको टोलीले आइतबार प्रतिष्ठानमा छापा मारेर प्रतिष्ठानविरुद्ध परेका उजुरीबारे सोधपुछ गरेको हो । आयोगको टोली आइतबार बिहान ११ बजे […]

सांसद वैद्यविरुद्ध प्रहरीमा किटानी जाहेरी, पक्राउ गर्ला त प्रहरीले ?

काठमाडौं । बागमतीका प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा वैद्यले ज्यान मार्ने दुरुत्साहन गरेको भन्दै जाहेरी परेको हो । मकवानपुरका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले युवा संघ जिल्ला कमिटी सदस्य अनिल काफ्लेले जाहेरी दिएको पुष्टि गरे । जाहेरी परेपछि अनुसन्धान कार्य अघि बढाइएको उनले बताए । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं