परीक्षण टुंगो नलाग्दै खोप किन्ने होड

बेलायत । विश्वभरका वैज्ञानिकहरू यतिखेर कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप विकासमा जुटिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हाल १ सय ७० भन्दा बढी वैज्ञानिकहरूको समूह खोप विकासमा जुटेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय सहित ७ समूह अहिले तेस्रो चरणको परीक्षणमा व्यस्त छन् । तेस्रो चरणमा हजारौं जनालाई खोप दिएर यसको प्रभावकारिता, साइड इफेक्टस् अनि मानवमा सुरक्षित भएरनभएको […]

विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं । विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म २ करोड ४३ लाख २३ हजार ८१ जनामा संक्रमण भएको छ । संक्रमितमध्ये १ करोड ६८ लाख ४९ हजार ३३१ जना […]

चितवनमा ५ महिने बालकमा पनि देखियो कोरोना

चितवन । चितवनमा ५ महिनाका बालकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार अबेर राति चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ५ महिने बालकमा पनि संक्रमण पुष्टि भएको हो । बुधबार नै गरिएको परीक्षणमा अरू ५१ जनामा पनि संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ जना […]

प्रदेश १ र २ बाहेकका ठाउँमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर सामान्य बदली रही अहिले केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) पश्चिमी भू-भाग नजिक रहेको छ। आज दिउँसो देशभरको मौसममा सामान्य बदली रही मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। आगामी २४ घण्टासम्म बागमती, गण्डकी, प्रदेश ५, कर्णाली […]

झापा गोली काण्ड : सशस्त्रको गोली लागेका आलमको मृत्यु

बिर्तामोड । झापा गाउँपालिकामा आज साँझ गोली लागेर घाइते भएका स्थानीय रसिक आलमको उपचारका क्रममा मृत्यु भएको छ । पेटमा गोली लागेका आलमलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल भर्ना गरिएको थियो । चिन्ताजनक अवस्थामा अस्पताल भर्ना गरिएका आलमको उपचारका क्रममा मृत्यु भएको बीएण्डसी अस्पताल प्रशासनले जनाएको छ । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा […]

झापा गाउँपालिकामा गोली चल्यो, एक घाइते, स्थिति तनावग्रस्त

बिर्तामोड । झापा गाउँपालिकामा आज साँझ गोली चलेको छ । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको हो । स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ । गोरु काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्लामा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका […]

प्रदेश १ मा कोरोना : १ सय ८ संक्रमित थपिदा ८१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, ते¥हथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष […]

कोरोनाविरुद्धको ‘भ्याक्सीन’बारे नयाँ खुलासा !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । रुस र चीनले भने आफूले कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका छन् । साथै आफ्ना नागरिकमा दिइसकेका पनि छन् । यसैबीच चीनले आफ्ना नागरिकलाई एक महिना पहिले ने कोरोनाविरुद्धको भ्याक्सीन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । […]

१७ गतेदेखि खुल्ने नियमित उडानमा पालना गर्नुपर्ने यी हुन् १२ अनिवार्य शर्त, कसले के नियम पालना गर्ने ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कडा शर्तसहित नियमित उडान तालिका सार्वजनिक गरेको छ। मन्त्रालयले भदौ १७ बाट नियमित २ उडान र एक चार्टर्ड उडान गर्ने गरी शर्तसहित नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको हो। मन्त्रालयले नियमित उडान गर्दा उडान हुनु ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएका यात्रु मात्रै ल्याउन पाइनेछ। तर मन्त्रालयले राखेको […]

विराटनगरमा कोरोनाबाट उपचारत दुई जनाको मृत्यु

विराटनगर । विराटनगरमा मंगलबार राति कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिला र महोत्तरीका ६० वर्षीय पुरुष रहेका छन् । विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मंगलबार राति ८ बजे मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं