नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ […]

कोशी प्रदेश : हिक्मतकुमार कार्कीलाई पुगेन विश्वासको मत, ढल्यो एमालेको सरकार, मुख्यमन्त्री कोर्की पदमुक्त

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन् । प्रदेशसभाको बिहीबार बसेको बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भएपनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक स्थगित […]

कोशी प्रदेशसभामा विश्वासको मतका लागि मतदान (फाेटाे फिचर)

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसदमा पेश गरेको विश्वासको मतको प्रस्तामाथि मतदान शुरु भएको छ। संविधानको धारा १८८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभाको विश्वास रहेको भन्ने प्रष्ट पार्न प्रदेश सभाको नियमावली २०७४ नियम १२८ (४) बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गरेको थिए । मत विभाजनका लागि सभामुख बाबुराम गौतमले प्रस्ताव […]

मुख्यमन्त्री कार्कीको प्रस्ताव : कोशीमा सर्वपक्षीय सरकार बनाऔं, अहिले मतदान हुँदै

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू अहिले पनि सर्वपक्षीय सरकार बनाउने प्रयासमा रहेको बताएका छन् । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि बिहीबार प्रदेशसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफ्नो प्रयासले सार्थकता पायो कि पाएन भन्ने परिणामले देखाउने बताए । बिहीबार मात्र पनि आफूले आफ्नो पार्टीसँगै अरु पार्टीको नेतृत्वसँग परामर्श गरेको […]

इलाममा योगेश भट्टराईलाई आन्दोलनरत पक्षको अवरोध, भट्टराईविरुद्ध नाराबाजी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले अवरोध गरेका छन् । कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोकेका हुन् । उनीहरुले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए । कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसदविरुद्ध प्रदर्शन, नाराबाजी र अवरोध गरिरहेका छन् ।

…अनि ल्यायौं अध्यादेशमार्फत बजेट : मुख्यमन्त्री कार्की

विराटनगर – कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्तासाझेदार दलले आफू नेतृत्वको सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि अध्यादेशमार्फत बजेट ल्याउनु परेको बताएका छन् । सत्तासाझेदार दलले समर्थन फिर्ता गरेसँगै संसद (प्रदेशसभा)बाट बजेट ल्याउन नसकिएको बताए । प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेश गर्ने क्रममा उनले नीति तथा कार्यक्रम संसदमा पेश गरेपनि बजेट अध्यादेशबाट ल्याइएको उल्लेख गरे । […]

कोसी प्रदेश : एमालेलाई राप्रपाको साथ, विश्वासको मत दिने

विराटनगर – कोसी प्रदेशमा नयाँ सत्तासमीकरणको चलखेल भइरहँदा राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)ले नेकपा (एमाले)को साथ नछाड्ने अडान लिएको छ । प्रदेशमा एमाले र राप्रपा हालका सत्तारुढ दल हुन् । प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ जना सांसद (प्रदेशसभा सदस्य छन् । दुवै दलका ४६ सांसदसहित एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की हाल मुख्यमन्त्री छन् […]

जसपाले काेशीमा विश्वासकाे मतकाे पक्ष वा विपक्ष कतै पनि मतदान नगर्ने

विराटनगर – जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिइने विश्वासको मतकाे पक्ष वा विपक्ष कतै पनि मतदान नगर्ने भएकाे छ । पार्टीकाे काेसी प्रदेश कमिटीकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । उसले मतदान प्रक्रियामै भाग नलिने निर्णय गरेकाे बताइएकाे छ । ९३ सदस्यीय प्रदेशसभामा जसपाकाे १ जना सांसद निर्मला लिम्बू छिन् । प्रदेश कमिटीको आज […]

पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति […]

सांसद्मा किन बस्दैनन्र सांसद, उपस्थिती कम भएकाेमा गुनासो बढ्दै

काठमाडाैं – सांसद रोशन कार्कीले बिनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरुको सहभागिता न्यून भएको भन्दै गुनासो गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटमा कुनै ‘कमा’ र ‘पूर्ण विराम’समेत परिवर्तन नहुने भएकाले छलफलमा सांसदको सहभागिता न्यून भएको बताउनुभयो । उहाँले उपराष्ट्रपति कार्यालयको प्रशासनिक खर्च कम गरी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा