बर्दी खोसियो, सिपाही बाँकी रह्यो

अझै पनि याद छ।।। २४ गते । क्यालेन्डरको एउटा मिति मात्रै होइन, जीवनको एउटा अध्याय हो ।   त्यो दिन शरीर वाट बर्दी झ¥यो, तर काँधमा बोकेको कर्तव्य झरेन । छातीबाट परिचय कार्ड खोसियो, तर मुटुभित्र गाडिएको देशप्रतिको माया खोसिएन ।   बर्दीका प्रत्येक धागोमा पसिना मिसिएको थियो, प्रत्येक टाँकमा वर्षौँको अनुशासन गाँसिएको थियो । […]

भोटेकोशीको चित्कार

पोहोर साल लागेको चोट अझै निको भएको थिएन, फेरि गहिरो चोट दिएर गयो बाढी । भेलसँगै घर मात्रै बगेन, सपनाहरू बगे, बाँकी ऋण बग्यो, उठाउनुपर्ने धन बग्यो । त्यति मात्रै होइन, पोहोरको बाढीले बगाएका आफन्तको सम्झनाले पिरोलेको मन पनि बग्यो, बिहान कोरी बाटी गरेर स्कुल पठाएका नानीहरू फर्किएर आउँदा आमा–बा भेटेनन्, कतिको स्कुलसँगै सपनाहरू बगे, […]

रोग 

उनीहरूले पहाडको एक मात्र सहर  अस्तव्यस्त देखे, र निष्कर्ष सहित भने, सहर कुपोषण ग्रस्त छ। मभित्र एउटा ठुलो भूगोलको फूलबारी लामो समयदेखि,  मच्ची मच्ची उफ्रिरहेको थियो। वरपरका सबै सजीव वस्तु ,  रोगले सङ्क्रमित थिए। तर म बिरामी थिइनँ । नक्साहरूले जीवनकै गलत बाटो डोर्‍याए, बुढो बाजेको मक्किएको ठुलो कुर्सीतिर। र पनि खुलम खुला समर्थन गर्‍यौँ […]

सहअस्तित्व हामीसँग सिके हुन्छ : झुमा लिम्बु

विराटनगर । संगीत तथा नाट्य एकेडेमीकी उपकुलपति तथा गायिका झुमा लिम्बुको केही महिनाअघि एक युट्युब पोडकास्टमा दिएको अभिव्यक्तिको पुरानो भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । ४२ सेकेन्डको उक्त क्लिपलाई लिएर लिम्बुको चर्को आलोचना भइरहेको छ । भिडियोमा उनले भनेकी छन्, ‘यो देश क्षेत्री–बाहुनले बनाएको होइन । पूर्वमा लिम्बु, राई, सुनुवार, तामाङ, नेवार, […]

ग्यास लिनेहरूको लाइनले सम्झाएको ‘दाउरेनी जेठी’

‘ए दिदी, दाउरा राख्ने ?’ थाकेको स्वरमा बास्दै गरेको भालेको आवाजलाई समेत छिचोल्दै आएको त्यो प्रश्न । झिसमिसे उज्यालोमा पसलकी साहुनीले ढोकाबाट बाहिर निस्केर हेर्दा दाउरेनी जेठी दिदी आइपुगेकी रहिछन् । शरदको बिहान पनि कस्तो हुनु रात अझै नसकिएजस्तो, उज्यालो आउन हतार नगरेजस्तो । चिसो सिरेटो चलिरहेको छ । तर, दाउराको भारी बोकेर आएकी जेठीको […]

जनकवि दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ । नेपाली र नेवास् भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु) को ९१ वर्षको उमेरमा निधन भएको छ ।उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ । शव श्रद्धाञ्जलीका लागि आज नेपाल भाषा मंकास् खलस् मा राखिने र भोलि शोभाभवगतीमा परम्परा अनुसार दाहसंस्कार गरिन भएको छ । उनका श्रीमती, एक छोरी र […]

तराईको अशान्ति : कसको लाभ ?

सदियौँदेखि तराई–मधेशको कायम सामाजिक सहिष्णुतालाई धमिल्याएर साम्प्रदायिक द्वन्द्वको बिउ रोप्ने कुत्सित प्रयासहरू अहिले गम्भीर रूपमा सतहमा आएका छन् । हिमाल, पहाड र तराईलाई भावनात्मक रूपले जोड्ने यो भूमिमा धार्मिक तथा जातीय द्वन्द्व निम्त्याएर राष्ट्रिय एकतामाथि आँच पु¥याउने यो खेल कुनै सामान्य सामाजिक असन्तुष्टि मात्र होइन, यो त केही नेताहरूको कुर्सीमोह र सत्तालोलुपताको उपज समेत हो […]

छोरीदेखि आमासम्मको अन्तरयात्राः जहाँ ‘स्व’ हराएर ‘मातृत्व’ जन्मन्छ

आज आमाको मुख हेर्ने दिन । क्यालेन्डरको एउटा पाना फेरिएको छ । तर, आज म आफ्नै जीवनको एउटा ठूलो पाना पल्टिएको महसुस गर्दैछु । एउटी छोरी जब आफै आमा बन्छिन्, तब मात्र उसले समयको त्यो अदृश्य ऐना देख्ने रहेछ, जहाँ उसले आफ्नी आमाको चेहरामा आफ्नो भविष्य र आफ्नो चेहरामा आमाको अतीत देख्छे। मेरो अस्तित्वको आकाशमा […]

के हो ‘पेनिबा’ ? सुरेश यक्सोका कथाहरूमा हराउँदा…

विशेष कामले काठमाडौँ पुगेको समय थियो । कात्तिक अन्त्यतिर कथाकार सुरेश यक्सोको कथा संग्रह ‘पेनिबा’ विमोचनको तयारी चलिरहेको रहेछ । म काठमाडौँ जाँदा ललितपुरस्थित कवि सीता तुम्खेवासँगै बस्ने गर्छु । संयोगवश विमोचन कार्यक्रमको संयोजक पनि उहाँ नै हुनुहुन्थ्यो । त्यसैले पूर्व फर्किने कार्यक्रमलाई केही समय थाँती राखेर म विमोचन कार्यक्रममा सहभागी हुने मनसायका साथ बसेँ […]

भदौ २३ – मैले नबुझेको ‘टाइम लाईन’

लामो समय देखी राज्यसत्ताको अकर्मण्यता, सुशासन विहीनता, जबाफदेही विहीनता तथा आम नागरिकसँगको बढ्दो दुरी सबैले हेरिरहेका र भोगिरहेका थियौँ । यसका बारे चौतर्फी बहसहरू हुन्थे, आलोचना भई रहेका हुन्थे, सुझाव दिइन्थ्यो तर, सरकार कानमा तेल हालेर बसेको थियो । असन्तुष्टि, आक्रोश भित्रभित्रै बढिरहेको थियो । सरकार दैनिक कामकाज र आफ्नो शक्ति सन्तुलनमा व्यस्त थियो । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं