विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर आफैँमा कलाकार उत्पादन गर्ने उर्वर थलोका रूपमा परिचित छ। कला, साहित्य, संगीत र चलचित्र क्षेत्रमा यो सहरले थुप्रै प्रतिभा जन्माएको छ। तर रंगमञ्चमा नियमित रूपमा नाटक मञ्चन हुने क्रम भने अपेक्षाकृत कम छ। पछिल्लो समय भने विराटनगरका दर्शक पनि रंगमञ्चमा झुम्न थालेका छन्। त्यही माहौलमा शनिवार वीरेन्द्र सभागृहमा मञ्चित […]
विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’मा आधारित नाटक शनिबारदेखि विराटनगरमा मञ्चन भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गरेकाे हो । दुई दिनमा तीन–तीन शो सञ्चालन गर्ने तयारी गरिएको कान्तिपुर थिएटरले जनाएको छ । विहान ११, २ र ५ बजे समय […]
अझै पनि याद छ।।। २४ गते । क्यालेन्डरको एउटा मिति मात्रै होइन, जीवनको एउटा अध्याय हो । त्यो दिन शरीर वाट बर्दी झ¥यो, तर काँधमा बोकेको कर्तव्य झरेन । छातीबाट परिचय कार्ड खोसियो, तर मुटुभित्र गाडिएको देशप्रतिको माया खोसिएन । बर्दीका प्रत्येक धागोमा पसिना मिसिएको थियो, प्रत्येक टाँकमा वर्षौँको अनुशासन गाँसिएको थियो । […]
पोहोर साल लागेको चोट अझै निको भएको थिएन, फेरि गहिरो चोट दिएर गयो बाढी । भेलसँगै घर मात्रै बगेन, सपनाहरू बगे, बाँकी ऋण बग्यो, उठाउनुपर्ने धन बग्यो । त्यति मात्रै होइन, पोहोरको बाढीले बगाएका आफन्तको सम्झनाले पिरोलेको मन पनि बग्यो, बिहान कोरी बाटी गरेर स्कुल पठाएका नानीहरू फर्किएर आउँदा आमा–बा भेटेनन्, कतिको स्कुलसँगै सपनाहरू बगे, […]
उनीहरूले पहाडको एक मात्र सहर अस्तव्यस्त देखे, र निष्कर्ष सहित भने, सहर कुपोषण ग्रस्त छ। मभित्र एउटा ठुलो भूगोलको फूलबारी लामो समयदेखि, मच्ची मच्ची उफ्रिरहेको थियो। वरपरका सबै सजीव वस्तु , रोगले सङ्क्रमित थिए। तर म बिरामी थिइनँ । नक्साहरूले जीवनकै गलत बाटो डोर्याए, बुढो बाजेको मक्किएको ठुलो कुर्सीतिर। र पनि खुलम खुला समर्थन गर्यौँ […]
विराटनगर । संगीत तथा नाट्य एकेडेमीकी उपकुलपति तथा गायिका झुमा लिम्बुको केही महिनाअघि एक युट्युब पोडकास्टमा दिएको अभिव्यक्तिको पुरानो भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । ४२ सेकेन्डको उक्त क्लिपलाई लिएर लिम्बुको चर्को आलोचना भइरहेको छ । भिडियोमा उनले भनेकी छन्, ‘यो देश क्षेत्री–बाहुनले बनाएको होइन । पूर्वमा लिम्बु, राई, सुनुवार, तामाङ, नेवार, […]
‘ए दिदी, दाउरा राख्ने ?’ थाकेको स्वरमा बास्दै गरेको भालेको आवाजलाई समेत छिचोल्दै आएको त्यो प्रश्न । झिसमिसे उज्यालोमा पसलकी साहुनीले ढोकाबाट बाहिर निस्केर हेर्दा दाउरेनी जेठी दिदी आइपुगेकी रहिछन् । शरदको बिहान पनि कस्तो हुनु रात अझै नसकिएजस्तो, उज्यालो आउन हतार नगरेजस्तो । चिसो सिरेटो चलिरहेको छ । तर, दाउराको भारी बोकेर आएकी जेठीको […]
काठमाडौँ । नेपाली र नेवास् भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु) को ९१ वर्षको उमेरमा निधन भएको छ ।उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ । शव श्रद्धाञ्जलीका लागि आज नेपाल भाषा मंकास् खलस् मा राखिने र भोलि शोभाभवगतीमा परम्परा अनुसार दाहसंस्कार गरिन भएको छ । उनका श्रीमती, एक छोरी र […]
सदियौँदेखि तराई–मधेशको कायम सामाजिक सहिष्णुतालाई धमिल्याएर साम्प्रदायिक द्वन्द्वको बिउ रोप्ने कुत्सित प्रयासहरू अहिले गम्भीर रूपमा सतहमा आएका छन् । हिमाल, पहाड र तराईलाई भावनात्मक रूपले जोड्ने यो भूमिमा धार्मिक तथा जातीय द्वन्द्व निम्त्याएर राष्ट्रिय एकतामाथि आँच पु¥याउने यो खेल कुनै सामान्य सामाजिक असन्तुष्टि मात्र होइन, यो त केही नेताहरूको कुर्सीमोह र सत्तालोलुपताको उपज समेत हो […]
आज आमाको मुख हेर्ने दिन । क्यालेन्डरको एउटा पाना फेरिएको छ । तर, आज म आफ्नै जीवनको एउटा ठूलो पाना पल्टिएको महसुस गर्दैछु । एउटी छोरी जब आफै आमा बन्छिन्, तब मात्र उसले समयको त्यो अदृश्य ऐना देख्ने रहेछ, जहाँ उसले आफ्नी आमाको चेहरामा आफ्नो भविष्य र आफ्नो चेहरामा आमाको अतीत देख्छे। मेरो अस्तित्वको आकाशमा […]