विराटनगरमा मुखबाट छिरेको ब्रसलाई शल्यक्रिया गरी पेटबाट निकालियो

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छ । दाँत माझ्ने क्रममा जिब्रोको भित्रीभाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका हुन् । गत बुधबार दाँत माझ्ने क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो […]

बीएण्डसीको ओपीडी सेवा असार १ बाट नियमित हुने

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सुविधा सम्पन्न बीएण्डसी अस्पतालले असार १ गतेबाट नियमित रुपमा ओपीडी सेवा सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण संक्रमण उच्च हुँदा लगाईएको निषेधाज्ञाले यस अघि ओपीडी सेवा नियमित नभएकोमा अब असार १ अर्थात मंगलबारबाट नियमित पूर्ववत अवस्थामानै सञ्चालन हुने अस्पतालले जनाएको छ । सोमबार अस्पतालका जनसम्पर्क व्यवस्थापक प्रमिश गिरीले […]

प्रदेश १ मा कोरोना : २४ घण्टामा ३७९ संक्रमित थपिदा ३५८ संक्रमणमुक्त

विराटनगर, ३१ जेठ । प्रदेश १ मा आज ३७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्तामोडमा ९, […]

भारतमा यसरी घट्दैछन् कोरोना संक्रमित

विराटनगर । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या ७० हजारमा झरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाका दैनिक नयाँ संक्रमितको यो संख्या गत मार्च ३१ यताकै सबैभन्दा कम हो । भारतमा आइतबार १४ लाख ९२ हजार १५२ नमुना परीक्षण गरिएको थियो । योसँगै भारतमा कोरोना संक्रमितको […]

बीपी प्रतिष्ठानमा अख्तियारले मार्यो छापा, खरिद तथा मूल्याङ्कन शाखाका केही कागजात नियन्त्रणमा

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति अन्त्यको धरान नागरिक दबाब सञ्जाल सक्रिय भएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रतिष्ठानमा छापा मारेको छ । आयोगको इटहरीस्थित कार्यालयका निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकाल नेतृत्वको टोलीले आइतबार प्रतिष्ठानमा छापा मारेर प्रतिष्ठानविरुद्ध परेका उजुरीबारे सोधपुछ गरेको हो । आयोगको टोली आइतबार बिहान ११ बजे […]

पाँचथरमा ३२ सहित प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५४, सुन्दरहरैचामा २३, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ५,रतुवामाई […]

प्रदेश सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको छ । युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० […]

बेबी पाउडरको प्रयोगबाट क्यान्सरको जोखिम, प्रयोग नगर्न विज्ञको सुझाव

विराटनगर । अमेरिका र क्यानडामा प्रतिबन्ध लगाइएको बेबी पाउडरले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै प्रयोग नगर्न चिकित्सकले सुझाव दिएका छन् । ‘उक्त बेबि पाउडर नेपाली आमाहरुले छोरारछोरीलाई नुहाएपछि जिउ र गुप्तागंमा पाउडर दलिदिन्छन्। यसो गर्दा उनको शरीरबाट बास्ना आउँछ सफा देखिन्छ भन्ने विचार होला,’ चिकित्सक डा।अरुणा उप्रेतीले सेतोपाटी अनलाइनमा प्रकाशित एक लेखमा भनेकि छन्, […]

प्रदेश १ मा कोरोना जित्ने बढ्दै ९०२ संक्रमणमुक्त हुँदा ४६२ संक्रमित

विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११, […]

बीएण्डसीले मेडिकल कलेजले सम्बन्धन पाउँदै, सम्बन्धन दिने सैद्धान्तिक सहमति

विराटनगर । झापाको बिर्तामोडमा रहेको बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले सम्बन्धन पाउने पक्का भएको छ । चिकित्सा शिक्षा आयोगले बीएन्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरे सँगै सम्बन्धन पाउने पक्का भएको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको स्रोतले जनाएको छ । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा