विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ताप्लेजुङबाट पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गाम महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न मतगणनामा हाङ्गामले सबैभन्दा बढी ९ सय ४२ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन्।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदै गएको दाबी गरेका छन् । शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले सो दाबी गरेका हुन् । […]
काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्र संघको ८१ औँ महासभालाई सम्बोधन गर्दै नेपालजस्ता मुलुकले भोग्नुपरेको जलवायु संकटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मञ्चमा सशक्त रूपमा उठाएको बताएका छन् । भोटेकोशी बाढीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र […]
काठमाडौं । नेकपा (एमाले) ले आत्मसमर्पण गरेको नभई निर्वाचन परिणाम स्वीकार गरेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले २१ फागुनको निर्वाचनमा पार्टीले कानुनी रूपमा पराजय स्वीकार गरे पनि राजनीतिक रूपमा आत्मसमर्पण नगरेको बताएका हुन् । ‘पराजयको स्वीकारोक्ति आत्मसर्पण होइन । म यो संसदमा एमालेको राजनीतिक अडान पुनः […]
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिसिखा धितालले देशमा भइरहेका श्रृङ्खलावद्ध घटनाहरूमा राज्य र समाजको क्षणिक चासोप्रति प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले एउटा घटनाको पीडा सेलाउन नपाउँदै अर्को घटना प्राथमिकतामा पर्ने प्रवृत्तिले न्यायको खोजी ओझेलमा परेको भन्दै राज्यको संवेदनशीलतामाथि प्रश्न गरेकी हुन् । सांसद धितालले पछिल्लो समयका विभिन्न […]
काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले दशैँका नाममा निर्दोष पशुमाथि हुने क्रूरता र बलि प्रथा रोक्न माग गरेकी छिन्। क्रूरतापूर्वक बध गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै सांसद तामाङले पशु अधिकारका लागि राम्रो कानुनी व्यवस्था गर्न माग गरेकी हुन्। संसदलाई सम्बोधन गर्दै सांसद तामाङले दशैँ नजिकिँदै गर्दा मानिसहरुका लागि उत्सवको माहोल भए पनि निर्दोष जनावरहरुका लागि […]
काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले मकवानपुरको हेटौंडा र मनहरी क्षेत्रका मध्यवर्ती क्षेत्रका बासिन्दाले विभिन्न समस्या भोगिरहेको भन्दै त्यसको तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थेबेले मध्यवर्ती क्षेत्रका कारण स्थानीय बासिन्दाले घर मर्मत गर्न तथा आफ्नै जग्गामा टहरा निर्माण गर्नसमेत नपाउने अवस्था रहेको बताए। उनले भने, […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुम्वासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उनले बाली भित्र्याउने समयमा हात्तीले निम्त्याएको क्षति नियन्त्रण गर्न र जग्गा निस्सा पाइसकेका नागरिकलाई लालपुर्जा प्रदान गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेकी हुन् । […]
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका जल्दा बल्दा प्रश्नहरूको उत्तर दिन चुकेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अधिवेशनको अन्तिम दिनसम्म पनि सरकार प्रमुखबाट प्रतिपक्ष र जनताका जिज्ञासाको जवाफ प्राप्त नभएको बताएका हुन् । उनले संसदबाट‘’रित्तै घर फर्किनुपरेको’ भन्दै दुःख व्यक्त गरे । सांसद राईले संसदको यो […]
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका कामलाई मजबुत बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘काठमाडौँ क्लाइमेट विक’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तन वातावरणीय विषयमा मात्र सीमित नरहेको भन्दै कृषि, पूर्वाधार, जल सुरक्षा, जनस्वास्थ्य, ऊर्जा, वित्तीय स्थायित्व र परराष्ट्र […]