विराटनगर । नेकपा (एमाले) का केन्द्रीय सचिव शेरधन राईले संसदीय दल र पार्टीको सवाल कुनै व्यक्तिको नभएर सिंगो संगठनको विषय भएको बताएका छन् । कोशी प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको आन्तरिक असमझदारीका बीच विराटनगरस्थित पार्टी कार्यालयमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राईले यस्तो बताएका हुन् । ‘सिंगो संसदीय दल पार्टीको नीति, आदेश र निर्देशन […]
विराटनगर । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई […]
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान सरकार तथा राजनीतिक व्यवस्थाविरुद्ध पुनः आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् । आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्ना राजनीतिक एजेन्डा सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका हुन् । प्रसाईँले वर्तमान लोकतान्त्रिक व्यवस्थामा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आधारभूत अधिकारमाथि प्रतिबन्ध लगाइएको दाबी गरे । उनले लोकतन्त्रको […]
विराटनगर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने तयारीमा रहेका बेला एमालेका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई र नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच आइतबार विराटनगरमा भेटवार्ता भएको छ । भेटमा केन्द्रमा भएको सहमतिअनुसार नयाँ गठबन्धन सरकार गठनबारे छलफल भएको थियो । स्रोतका […]
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी माटोको बाँध (डिल) हटाउने क्रममा स्थानीय बासिन्दा र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच विवाद भएको छ। घटनापछि स्थानीयले विरोध जनाए पनि प्रशासनको पहलमा तत्कालका लागि अवस्था सामान्य बनेको छ। स्थानीयका अनुसार सुस्ता गाउँपालिका-५ स्थित थारु टोल क्षेत्रमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध […]
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने निर्णयमा पुगेका छन् । मुख्यमन्त्री कार्कीले राजीनामा दिँदा संवैधानिक संकट आउन सक्ने तर्क गर्दै पार्टी सचिवालयको निर्णय पर्खनुपर्ने अडान नछाडेपछि अध्यक्ष ओलीले फरक बाटो रोजेका हुन् । यसअघि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलमा ओलीले कार्कीलाई निरन्तरता दिने […]
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ)भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ देखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो । उनले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदंगा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए । […]
जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठ बुँदे सहमति भएको बताएका छन् । लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठ बुँदे सहमति भएको गृहमन्त्रीले बताए । […]
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ । प्रदेशको समसामयिक विषय र आगामी नीतिहरूका बारेमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ। प्रदेश प्रमुखसँगको भेटघाटमा प्रदेशमा सामाजिक सद्भाव, सदियौदेखिको एकता र धार्मिक सहिष्णुतालाई कायम राख्दै प्रदेशलाई सहज ढङ्गले अगाडि बढाउने लगायतका विषयमा पनि छलफल भएको छ। […]
विराटनगर । सुनसरी घटनामा ज्यान गुमाएकाको परिवारलाई १० लाख राहत दिने र मृतकलाई सहिद घोषणा गर्नेसहितको ७ बुँदे सहमति भएको छ । गृहमन्त्री सुधन गुरुङ र पीडित परिवार बिच बिहीबार राति भएको छलफलपछि दुवै पक्षबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । गत साउन १० गते आइतबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका ओमप्रकाश […]