काठमाडाैं । सानो र गरिब मायोटदेखि तेल-धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भिडभाड भएका झुपडपट्टीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेन । यो वर्ष इतिहासकै सबैभन्दा तातो वर्ष हो । यहाँ वातावरण र महासागरहरूमा रेकर्ड-तोड्ने तापक्रमले विश्वभर चरम मौसमका लागि इन्धनको काम गर्यो । विश्वव्यापी […]
काठमाडौं । सरकारले कर्मचारी व्यवस्थापनलाई प्राथमिकतमा नराख्दा देशभरका २ सय ४९ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीनको अवस्थामा चलेका छन् । १० स्थानीय तहमा त न प्रमुख प्रशासकीय अधिकृत छन्, न निमित्त नै छन् । आर्थिक र प्रशासनिक हिसाबले महत्वपूर्ण दायित्व भएका प्रमुख प्रशासकीय अधिकृतहरु नहुँदा कर्मचारीले तलबै नपाउने अवस्थादेखि स्थानीय तहमा ठूला विकास निर्माणसम्म प्रभावित […]
काठमाडौं । ‘सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार’ भन्ने मूल नाराका साथ आज विश्व आप्रवासन दिवस मनाइँदै छ । नेपालमा प्रचारात्मक कार्यक्रम गरी दिवस मनाइरहँदा वैदेशिक रोजगार भने सुरक्षित हुन सकेको छैन । श्रमिकहरू आर्थिक शोषणमा मात्र परेका छैनन्, कयौं त मृत्युवरण गर्न समेत बाध्य छन् । श्रम गर्न गएकामध्ये गत वर्ष १४ […]
काठमाडौं– अहिले गर्मी मौसम सकेर हामी विस्तारै जाडो मौसममा प्रवेश गरेका छौँ । गर्मीको तुलनामा चिसो मौसममा प्राय मानिसले चियामा मरीच राखेर खान मन पराउँछन् । जाडो याममा चियामा मरीच हालेर खाँदा न्यानो गराउने मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा गर्दछ । यस्ता छन् जाडोमा मरीच खानुका फाइदा : – पाँच चम्चा जति गाईको घ्यूमा सात […]
काठमाडौं– जाडोमा खुट्टा फुट्नु सामान्य समस्या हो । जाडो मौसम नजिकिँदै गर्दा धेरैलाई हिल्स फुट्ने समस्याको सामना गर्नुपर्ने हुन्छ । यो असुविधाजनक मात्र होइन, यो कहिलेकाहीँ पीडादायी पनि हुन सक्छ। खुट्टाको छाला सुक्खा, बाक्लो र चर्किएपछि टाँसिएको हिल, जसलाई हिल क्र्याक्स पनि भनिन्छ। खुट्टा फुट्नुको कारण ? जाडोमा हावामा आर्द्रता कम हुने भएकाले छाला सुख्खा […]
काठमाडौं– याे मंसिरको महिना हाे । यो महिना आउने बित्तिकै धेरैको मनमा आउने एउटा कुरा हो– विवाहको लगन । मंसिरमा विशेष गरी विवाहका लगन हुने गर्छन् । विवाह गर्ने महिना नै भनेर भन्दा पनि फरक नपर्ला । तर यसपाली यो महिनाले धेरैको मनमा निराशा छाइदिएको छ । कारण यो मंसिरमा एक मात्रै विवाहको लगन परेको […]
काठमाडौं– गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा आयोजित छलफलमा उनले यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुनबमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया कडाइका […]
काठमाडौं । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहराको छेउमा उस्तै धरहरा बनेपछि संविधान दिवसको अवसर पारेर सरकारले आजदेखि सार्वसाधारणलाई पनि प्रवेश खुला गरेको हो । यही भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने निर्णय गरेको थियो […]
काठमाडौँ – गृह मन्त्रालयले १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। बुधवार बसेको बैठकले १२ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले रामेछापमा राजु प्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, मुगुमा कमलप्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपानेलाई सरुवा गरेको छ। यस्तै, दैलेखमा नवराज जैसी, […]
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ मा पार्टीको कुनै पनि कमिटीमा अधिवेशनमा उठ्ने उम्मेदवारले प्यानल बनाउन नपाइने उल्लेख गरिएको छ । ‘प्रत्येक उम्मेदवारले आफूलाई व्यक्तिगत रूपमा मतदातासमक्ष प्रस्तुत गर्ने । कसैले पनि प्यानल बनाएर […]