विराटनगर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने तयारीमा रहेका बेला एमालेका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई र नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच आइतबार विराटनगरमा भेटवार्ता भएको छ । भेटमा केन्द्रमा भएको सहमतिअनुसार नयाँ गठबन्धन सरकार गठनबारे छलफल भएको थियो । स्रोतका […]
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी माटोको बाँध (डिल) हटाउने क्रममा स्थानीय बासिन्दा र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच विवाद भएको छ। घटनापछि स्थानीयले विरोध जनाए पनि प्रशासनको पहलमा तत्कालका लागि अवस्था सामान्य बनेको छ। स्थानीयका अनुसार सुस्ता गाउँपालिका-५ स्थित थारु टोल क्षेत्रमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध […]
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने निर्णयमा पुगेका छन् । मुख्यमन्त्री कार्कीले राजीनामा दिँदा संवैधानिक संकट आउन सक्ने तर्क गर्दै पार्टी सचिवालयको निर्णय पर्खनुपर्ने अडान नछाडेपछि अध्यक्ष ओलीले फरक बाटो रोजेका हुन् । यसअघि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलमा ओलीले कार्कीलाई निरन्तरता दिने […]
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ)भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ देखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो । उनले वीरगञ्जमा पछिल्ला दिनमा देखिएको जुलुस तथा हुलदंगा सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए । […]
जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठ बुँदे सहमति भएको बताएका छन् । लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठ बुँदे सहमति भएको गृहमन्त्रीले बताए । […]
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ । प्रदेशको समसामयिक विषय र आगामी नीतिहरूका बारेमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ। प्रदेश प्रमुखसँगको भेटघाटमा प्रदेशमा सामाजिक सद्भाव, सदियौदेखिको एकता र धार्मिक सहिष्णुतालाई कायम राख्दै प्रदेशलाई सहज ढङ्गले अगाडि बढाउने लगायतका विषयमा पनि छलफल भएको छ। […]
विराटनगर । सुनसरी घटनामा ज्यान गुमाएकाको परिवारलाई १० लाख राहत दिने र मृतकलाई सहिद घोषणा गर्नेसहितको ७ बुँदे सहमति भएको छ । गृहमन्त्री सुधन गुरुङ र पीडित परिवार बिच बिहीबार राति भएको छलफलपछि दुवै पक्षबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । गत साउन १० गते आइतबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका ओमप्रकाश […]
विराटनगर । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिका पुगेका छन् । विहीबार राति साढे ११ बजे पालिका पुगेका उनले स्थानीय सामाजिक अगुवासँग छलफल गरेका छन् । उनी देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज गाउँ पनि पुग्ने कार्यक्रम छ । त्यहाँ उनले प्रहरीको गोलीबाट मारिएका व्यक्तिका परिवारलाई भेट्ने कार्यक्रम छ । देवानगञ्जको कप्तानगञ्जमा प्रहरीको गोलीबाट सर्वसाधारण मारिएपछि सुरु भएको […]
विराटनगर । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीच आज (बिहीबार) दिउँसो गुन्डुमा भएको छलफलले कार्कीलाई निरन्तरता दिने निर्णय गरेको हो । संविधानको धारा १६८ (५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएकाले पनि उनैलाई निरन्तरता दिने सहमति जुटेको स्रोत […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ । राष्ट्रपतिसँग भेटवार्ताका लागि प्रधानमन्त्री शाह शीतल निवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको जानकारी दिइएको छ।