प्रधानमन्त्रीले भने ‘पार्टी फुट्दैन, फुट्न दिइन्न’

काठमाडौं । नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्‍यो रु पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरूलाई सुनाएपछि राजनीति तरंगित भयो। तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन्। ‘कसले गर्‍यो पार्टी फुट्ने कुरा रु मैले रु’ अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तर्वार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूले नै अलि […]

प्रदेश १ मा एकैदिन चार कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । मोरङ र सुनसरीमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक चारै जना महिला हुन् । कोरोना संक्रमित दुई महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतक झापा र सुनसरीका महिला छन् । झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण […]

ताप्लेजुङको सिंवा माविमा मन्त्रीले गरे आईसीटी ल्यावको उद्घाटन

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराई शनिबार (आज) विहान फक्ताङ्लुङ गाउँपालिकाको ३ लिङ्खिममा रहेको सिँवा माध्यमिक बिद्यालयमा स्थापित आइसीटी केन्द्रको उद्घाटन गरेका छन् । मन्त्री भट्टराइकै सहयोग र पहलबाट स्थापना भएको सूचना प्रविधि कक्षमा २४ वटा कम्युटर, प्रिन्टर, त्यसलाई सञ्चालन गर्ने नविकरणीय उर्जा र इन्टरनेटको व्यवस्था रहेको छ । विद्यालयका प्रधानाध्यापक […]

मन्त्री भट्टराई ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा, आज दुई कार्यक्रममा सहभागी

ताप्लेजुङ । गृह जिल्ला ताप्लेजुङ पुगेका संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराई शनिबार (आज) तीन कार्यक्रममा सहभागी हुँदैछन् । विहान सिवाँ माविमा आईटी ल्याव उद्धघाटन गरी फक्तालुङ गाउँपालीकामा हुने अन्य दुई कार्यक्रममा सहभागी हुने मन्त्रीको सचिवालयले जनाएको छ । गाउँपालीकामा जनप्रतिनिधी र कार्यालय प्रमुख सँगको अन्तरक्रियासँगै गाउँपालिका क्षेत्रमा रहेका विद्यालयका प्रधानअध्यापक सँग गाउँका […]

लहरीले टेम्पोलाई ठक्कर दिँदा विराटनगरमा एकको मृत्यु

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–३ दूधफारम नजिक भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यू भएको छ । दुई जना घाईते भएका छन् । मृत्यू हुनेमा विराटनगर ३ की २३ वर्षिय पुजा भट्टराई रहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । अन्य घाईते हुनेमा मृतककी आफन्त उदयपुर बेलटारकी २५ […]

आइतबारबाट प्रदेश १ मा अनिश्चितकालिन सार्वजनिक यातायात बन्द

विराटनगर । यातायात व्यावसायीले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका छन् । प्रदेश सरकारले राहत नदिएको विरोधमा व्यावसायीले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका हुन । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश १ ले सरकारले आफ्ना माग सम्बोधनका लागि पटक पटक आग्रह गरेपनि अटेर गरेका कारण बन्द गर्ने निर्णय भएको महासचिव रमेश खत्रीले जानकारी दिए […]

प्रदेश १ मा कोरोना : ताप्लेजुङ फुङ्लिङका १ सहित २४ घण्टामा ३ सय १५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा विगत २४ घण्टामा ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थपिएकाहरुमा मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ जना र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । […]

नेकपा पार्टी फुट्दैन : मन्त्री योगेश भट्टराई

सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले नेकपा पार्टी नफुट्ने दाबी गरेका छन् । शुक्रबार विहान सोलुखुम्बु विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् । ‘हाम्रो पार्टी फुट्नलाई जुटेको होईन,’ मन्त्री भट्टराईले भने ‘ठुलो पार्टी एक भएको र देशको सम्पुर्ण जिम्मेवारी पनी पार्टीकै काँधमा रहेकाले केही मत भिन्नता भए पनि […]

प्रधानमन्त्री ओलीसँग भारतीय सेनाप्रमुखको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले शुक्रबार शिष्टचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तीन दिने भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्रीसँग भेटेका हुन् । प्रधानमन्त्रीसँगको भेट अर्थपूर्ण हुने बताइएको छ । नेपालसँगको सम्बन्ध सुधारका लागि भारतीय संस्थापनले सेनापतिमार्फत सन्देश पठाएको अनुमान गरिएको छ । सम्बन्ध […]

धनकुटाकी एक सहित विराटनगरमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

विराटनगर । विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुई महिलाको शुक्रबार बिहान मृत्यु भएको छ। धनकुटाकी ३२ वर्षीया र विराटनगरकी ५१ वर्षीया महिलाको मृत्यु भएको हो। धनकुटा–४ की महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा बिहान ८ः१५ बजेतिर मृत्यु भएको छ। उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं