आजदेखि १५ दिनका लागि उपत्यका सटडाउन, के खुल्ला के बन्द ?

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्नका लागि १५ दिनका लागि सट डाउन हुने भएको छ । आगामी भोलि आईतबार देखि लागु हुनेगरी सट डाउनको निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा […]

संजय दत्त आइसियूमा भर्ना, कोरोनाको आशंका

विराटनगर । चर्चित बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी लीलावती अस्पतालमा भर्ना भएका हुन् । उनलाई सास फेर्न गाह्रो भएसँगै आइसियूमा राखिएको दैनिक भाष्करले लेखेको छ । ६१ वर्षीय दत्तलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उनको पीसीआर परीक्षणका लागि स्वाब संकलनगरिएको छ तर नतिजा नआइसकेको […]

विद्युत प्राधिकरण धनुषाका प्रमुख एक करोड २४ लाखको चेकसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक (नवौं तह) रितेश गुप्तालाई पक्राउ गरेको छ । अख्तियारको टोलीले शनिबार गुप्तालाई एक करोड २४ लाख ९१ हजारको चेकसहित पक्राउ गरेको हो । गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी (पार्टी […]

पीसीआर परीक्षण : प्रदेशका दुई ल्यावको फरक फरक रिपोर्ट

विराटनगर । प्रदेश १ का दुई फरक फरक पीसीआर परिक्षण केन्द्रमा गरिएको एकै व्यक्तिको स्वाव परीक्षण रिपोर्ट फरक फरक आएको छ । विराटनगर १ का ६३ वर्षिय रमेश अग्रवाललाई विहीबार स्वास्थ्यमा समस्या देखिएपछि परिवारले कोशी अस्पताल पु¥याए । अग्रवाल मृगौला रोगी पनि थिए, ज्वरो र स्वासप्रस्वासमा केही समस्या आएपछि स्वास्थ्यकर्मीले कोरोना आशंकामा उनको फिवर क्लिनिकबाट […]

सताक्षीधाम धार्मिक महोत्सव : करिब ६ लाख व्ययभार

झिलझिले, झापा । धार्मिक पर्यटनको मुख्य उद्धेश्य राखेर झापाको शिवसताक्षीमा आयोजित सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोममा आयोजक समितिलाई ५ लाख ८३ हजार ४ सय ६९ को व्ययभार भएको छ । गएको कात्र्तिक २७ देखि बालाचर्तुदशी धार्मिक मेलाको अवसर पारेर आयोजना भएको कोटिहोममा आयोजक समितिले १ करोड ४७ लाख ५७ हजार ७ सय ३९ […]

प्रदेश १ : मोरङमा ४८ सहित ६१ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिबार ६१ जना कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित थपिएका छन् । शनिबार थपिने संक्रमितमा सबैभन्दा धेरै मोरङमा ४८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै सुनसरीमा १०, मोहोत्तरी ठेगाना उल्लेख गरिएका २ र राजविराज ठेगाना उल्लेख भएका १ पुरूषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको […]

सोलुमा चोकर्म पोखरी फुट्यो, बस्ती नै बगाउने खतरा

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्म) फुटेको छ। दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए। शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिँदै आएको थियो। दूधकुण्ड क्षेत्रमा रहेका फुछिरिङ शेर्पाले चोकर्म फुटेर […]

ताप्लेजुङको तेल्लोककी इश्वरी मृत फेला

ताप्लेजुङ । ताप्लेजुङको तेल्लोकमा एक महिला मृत फेला परेकी छिन् । सिरिजङ्घा गाउँपालिका ४ तेल्लोककी ४४ बर्षिया इश्वरी लिम्बू घर नजिकै मृत भेटिएकी हुन् । घरछेउको बाटो देखी करिब १५ मिटर तल मृत भेटिएकी लिम्बुको लडेर मृत्यू भएको आशंका स्थानीयले गरेका छन् । स्थानीय बीरु लिम्बूकी श्रीमति इश्वरी शुक्रवार दिउँसो गाउँमा काम गर्न घरबाट निस्किएकी […]

बहिनी नाता पर्ने किशोरीलाई वडा अध्यक्षले गरे बलात्कार

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । किशोरीलाई बलात्कार आरोमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले कारागार चलान गर्ने निर्णय गरेको हो । अदालतका श्रेस्तेदार दामोदर घिमिरेका अनुसार जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला […]

बलात्कारका आरोपित पक्राउ

सप्तरी। बलात्कार आरोपित सप्तरीको राजविराज नगरपालिका–६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल पक्राउ परेका छन्। विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ। जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता रहेकाले थप अनुसन्धान र आवश्यक कारवाहीका लागि राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। आरोपितलाई मोरङ प्रहरीले हिजो […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा