बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य

कैलाली– कैलालीको चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् । कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल लैजाने र ल्याउने गर्दै आएका छन् । […]

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल भदौ ६ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट २२ तारिख। भद्र कृष्ण पक्षको तृतीया तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको […]

झरनाबाट झरेको पानी किन सेतो देखिन्छ ?

काठमाडौं- तपाइँ हामी सबैले पानी जमेको ताल, पोखरी, खोला, नदी, समुद्र, झरना देखेका छौँ । तर, तपाईँले ख्याल गर्नुभएको छ ? तपाइँले देखेका ती सबैमध्ये झरनाको पानी बढी सेतो देखिन्छ । तपाई पोखरा जानु भएको छ भने पातले छाँगो वा डेभिज फल्स त पक्कै जानु भएको होला त्यहाँबाट झरेकाे पानी पनि सेतो देखिन्छ ।त्यस्तै अन्य […]

सरकारले चलाएका उद्योग घाटामा जानु हुन्न : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरू घाटामा जान नहुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा आज भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायतका पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरेका हुन् । ‘साना […]

अभिनेता विपिन कार्कीकी आमाको अन्तिम बिदाइ (तस्बिरहरू)

काठमाडौं- अभिनेता विपिन कार्कीले आफ्नो जन्मदिनको खुसीबीच आमालाई गुमाएका छन् । विपिनले एकातिर जन्मदिनको शुभकामना पाइरहेका छन् भने अर्कातिर आमाको निधनमा श्रद्धाञ्जली पनि ! कार्कीकी आमा सरस्वती कार्कीको बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो । सरस्वतीको फोक्सोमा पानी जम्ने समस्या थियो । पछिल्लो समय उनको मस्तिष्कमा पनि समस्या देखिएको थियो । त्यसपछि उनलाई पाटन […]

कलाकार विपीन कार्कीलाई जन्मदिनमा मातृशोक

काठमाडौं– कलाकार विपीन कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो । फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या भएपछि उनकाे केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको आजै बिहान १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको […]

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

काठमाडौं– भारतको पाँच दिनको भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारतको नयाँदिल्ली गएकी मन्त्री राणा आज अपराह्न ४ बजे स्वदेश आइपुग्ने उनको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवालेलगायतसँग […]

गोठमा बाँधेको भैँसीले मार्‍याे बाघ !

चितवन– मकवानपुरको मनहरीस्थित एक किसानको गोठमा बाँधेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा बाँधेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा […]

मेची भन्सारको राजस्व १५ प्रतिशतले बढ्यो

भद्रपुर – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व संकलन गरेको छ । गत आव २०८०-८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा एक अर्ब ११ करोड […]

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड

चितवन– स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् । सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा