बढ्न थाल्यो कोरोना, प्रदेश १ मा सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्था तयारी गर्न थालियो

विराटनगर – प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा बढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्था राखिएको बताउनुभएको छ । जिल्ला कारागारमा रहेका ५४ कैदीबन्दीमा कोभिड–१९ पोजेटिभ देखिपछि मन्त्री यादवसहित प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मन्त्रालयका सचिव डा अनुज भट्टचन, कोसी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेल लगायतले आज कोसी […]

अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

काठमाडौं – अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट एक हजार जनाभन्दा धेरै बिरामी भएका हुन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै एक सय ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा एक सय ५९ र […]

बढ्दैछ कोरोना, थप २२९ मा सङ्क्रमण पुष्टि

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पिसिआर र दुई हजार ६८ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् […]

‘नाइरोबी फ्लाईबाट सतर्क रहनुपर्छ, आत्तिनु पर्दैन’

काठमाडौं – झापा र इलामका केही ठाउँमा नाइरोबी फ्लाई नामक किराको संक्रमण देखिएको छ । यो समस्या कत्तिको घातक छ भन्ने विषय अहिले आम मानिसको चासो बनेको छ । यो कुनै नयाँ संक्रमण नभई नाइरोबी फ्लाई नामको किराको सम्पर्कमा आएपछि हुने छालाको एलर्जी हो । यस्तो एलर्जी बर्खायाममा प्रायः देखिने चिकित्सक बताउँछन् । नाइरोबी फ्लाईको […]

इलाममा पनि एसिड फ्लाई किराको संक्रमण भेटियो

इलाम – इलाम जिल्लामा पनि नैरोबी फ्लाईको संक्रमण भेटिएको छ । नैरोबी फ्लाईलाई एसिड फ्लाई पनि भनिन्छ। माई, सूर्योदय र इलाम नगरपालिका र रोङ गाउँपालिकालगायत जिल्लाका केही स्थानीय तहमा नैरोबी फ्लाई सङ्क्रमणबाट पीडित व्यक्तिहरू भेटिएका छन्। रातो र कालो पेट भएको लामखुट्टे जस्तो देखिने कीरा नैरोबी फ्लाईको टोकाइबाट संक्रमण भएको बताइएको छ । कीराको दिसाबाट […]

दुबईमा मेडिकल र नर्सिङ कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

झापा – मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई) मा मेडिकल कलेज खोल्ने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा ५ सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गर्नुभएको हो । ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उहाँले […]

झापामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिकाले नगरपालिका भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरुआत गरेको छ । लामखुट्टेलगायत कीटजन्य रोग नियन्त्रणका लागि नगरपालिकाले अभियान अन्तर्गत तालिमप्राप्त २५ जनाको टोली परिचालन गरेको हो । जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले बिर्तामोड डेङ्गुको जोखिम क्षेत्रभित्र रहेको जानकारी दिनुभयो । नगरवासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अभियान सुरु गरिएको नगरप्रमुख पवित्रा महतारा […]

नेपालमा पहिलोपटक ‘हर्मोनन क्लिनिक’ सञ्चालनमा ल्याइँदै

काठमाडौं – यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्मोनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याइने भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भन्नाले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, पारालिङ्गी, अन्तर्लिङ्गी, र क्वेयर आदि पर्दछन् । यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशील संस्था नेपाल परिवार नियोजन सङ्घले नेपालमा पहिलोपटक आगामी साउनदेखि निःशुल्करूपमा सो […]

विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित, विश्वव्यापी सङ्कट : युुएनएफपिए

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख महिला तथा किशोरी गर्भाधारणको इच्छा नहुँदानहुँदै पनि गर्भवती हुन बाध्य भइरहेको जनाउँदै युुएनएफपिएले यसलाई विश्वव्यापी सङ्कट भनेको छ […]

प्रदेश १ मा कोरोना : एकैदिन ८०९ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटामा १०, इलाममा ३, संखुवासभा र […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं