भक्तपुर ।नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले अहिले पनि नौजवान पार्टी भएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले ‘पुराना राजनीतिक दलहरू सकिए र पुराना दलहरूको स्थान नयाँले लिन्छन्’ भन्ने भाष्य सिर्जना गरिएको धारणा व्यक्त गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ राजनीतिक दलहरू त्यसमा […]
सङ्खुवासभा । सुक्खा पहिरोका कारण उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी-किमाथांका सडकखण्ड अवरुद्ध भएको छ । मकालु गाउँपालिका-५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी-किमाथांका सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत जानकारी दिए। आज बिहान करिब ६ बजे फ्याक्सिन्दा स्थित फ्याक्रेखोलाको पुलमा खसेको सुक्खा पहिरो खसेको थियो । […]
झापा । डिभिजन वन कार्यालय झापाले यहाँका हात्ती पीडितलाई एक करोड ९० लाख रुपैयाँभन्दा बढी राहत उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट एक करोड ९० लाख एक हजार ९९३ रुपैयाँ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा सोनाम भलले जानकारी दिए । कार्यालयले […]
काठमाडौं । मोरङ र जाजरकोट भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङ, रंगेली नगरपालिका-७ संसारीमाईस्थित सडकमा विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को.२ च १३०० नम्बरको पिकअप आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पिकअप चालक विराटनगर महानगरपालिका-८ बस्ने ४५ वर्षीय चेतराज खनालको घटनास्थलमै मृत्यु भएका हुन् । यस्तै, जाजरकोट, […]
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भए पनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यतामा थिए । नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा ‘एक घर, एक फिल्टर’ निर्माण गर्ने गरी फिल्टर नि:शुल्क वितरण गरिएको […]
पाँचथर । पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । शनिबार बेलुका निर्माणधीन बेलिब्रिज भाँचिदा पुल जडानका लागि खटिएका ६ जना मजदुर गम्भीर घाइते भएका थिए । ती मध्ये ३ जनाको मृत्यु भएको हो । विराटनगरको नोबल मेडिकल कलेजमा उपचारका क्रममा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय […]
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’सम्बन्धी तालिम दिएको छ । नगरपालिकाको रैथाने बाली कोदो खेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो । ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको […]
गण्डकी। ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा वृद्धि भएको हो । पोखरा महानगरपालिका–१७ विरौटास्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको गुठी जग्गा मानव सेवा फउण्डेसनद्वारा गत वैशाखको १६ गतेदेखि आयोजना गरिएको कोटिहोमको […]
भोजपुर । भोजपुर नगरपालिका-६ पालुवामा रहेको पालुवा प्राथमिक विद्यालयमा पक्की भवन बनेपछि विद्यालय सञ्चालनमा सहजता भएको छ । भूकम्पले जीर्ण बनेको भवनबाट विद्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा पक्की भवन निर्माण गरिएपछि सहजता भएको हो । संघीय सरकारबाट प्राप्त रु. ५३ लाख लागतमा पक्की भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । भवन निर्माणसँगै बालबालिकाको सिकाइ उपलब्धिलाई प्रभावकारी […]
पाल्पा । रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिएका हुन् । रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । उक्त क्षेत्रमा झाडी […]