काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । उनले माओवादीको विशेषताकै कारण राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको दाबी गरे । उनले आजको दिनलाई नयाँ उथलपुथल भएको दिनको संज्ञासमेत दिए । आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भरहने प्रधानमन्त्री दाहालको भनाइ छ । ‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ । मलाई […]
काठमाडौं । संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ। नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधिसभा बैठक प्रभावित भएको हो। संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त […]
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन फेरेर नयाँ समीकरण बनाउनुको कारणबारे माओवादी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् । उनले बामपन्थी एकतासम्मका लागि समीकरण बनेको बताए । बैठकमा उनले तीनवटा विषय उल्लेख गर्दै नयाँ समीकरणको आवश्यकता परेको बताए । उनले सरकारका कामलाई गति दिने, शान्ति प्रक्रियाका काम पुरा गर्ने र बामपन्थी एकताको काम अघि बढाउन […]
ताप्लेजुङ– फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो । समितिद्वारा विनियोजित २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोले जानकारी दिए । […]
काठमाडौं । कञ्चनपुरका विपिन जोशी प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा परेको पाँच महिना पुग्नै लाग्यो । नेपालको कूटनीतिक पहल नपुग्दा गत नोभेम्बरको संघर्षविराममा विपिन छुटेनन् । त्यसयता विपिनको अवस्था के छ भन्नेसम्म नेपाललाई थाहा छैन । आगामी सोमबार रमादानको अवसर पारेर फेरि युद्धविराम गर्ने तयारी भइरहेको छ, विपिनलाई छुटाउन सरकारले के पहल गरिरहेको छ ? […]
काठमाडौं – ‘नेपालकै ठूलो’ ताप्लेजुङ वनभोज २०८० शनिबार भव्य रूपमा सम्पन्न भएको छ । भक्तपुरको मन्थली चौर गुण्डुमा ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले आयोजना गरेको वनभोज विभिन्न औपचारीक, अनौपचारिक र मनोरञ्जनात्मक कार्यक्रमका बिच भव्य रूपमा सम्पन्न भएको हो । बिहान ७ बजेबाट सुरु भएको कार्यक्रम साँझ ६ बजे सम्म चलेको थियो । केही संक्षिप्त मन्तव्यसहितको औपचारिक […]
काठमाडौं । युक्रेनी सेनाको कब्जामा रहेको पाँच नेपाली सकुशल रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । उनीहरुलाई स्वदेश फर्काउने पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ । रुसी सेनामा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनको कब्जामा परेका पाँच नेपालीलाई युक्रेन सरकारका प्रतिनिधिले एकै ठाउँमा राखेर बयान लिएको जानकारी आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुसी सेनामा […]
काठमाडौं । सुरक्षा निकायको लापरबाहीका कारण सोमबार लघुवित्तपीडितहरुले संसद् परिसरभित्रै पसेर प्रदर्शन गरे । लगत्तै, जिल्ला प्रशासन कार्यालयले सुरक्षाका संसद् भवनको चारैतर्फ घेरा लगाएर नागरिकलाई फुटपाथ हिँड्नसमेत निषेध गरेको छ । संसद् भवन वरपर मात्रै होइन, सिंहदरबार, बालुवाटार तथा शीतलनिवास क्षेत्रमा समेत नागरिकले सडक पेटीमा हिँड्न पाएका छैनन् । संसद् सुरक्षामा सरकार असफल हुँदा नागरिक […]
काठमाडौं – ‘नेपालकै ठूलो’ ताप्लेजुङ वनभोज २०८० को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले आगामी शनिबार (फागुन १९ गते) हुने वनभोजका लागि आर्थीक र यातायातसहितका सबै तयारी पुरा भएको जनाएको हो । ताप्लेजुङमा जन्मिएर विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएकाहरूलाई एक ठाउँमा भेला गर्ने […]
काठमाडौं – नेकपा माओवादी केन्द्रले मंसिर ११ गते आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘विकासका लागि वन ऐन बाधक रहेको’ टिप्पणी गरेका थिए। यस्तो टिप्पणी गरेको केही दिनमै प्रधानमन्त्री दाहालले वन ऐन संशोधनका लागि कार्यदल बनाए। उनले आफ्नै कार्यालय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)का सचिव एकनारायण अर्यालको संयोजकत्वमा नीतिगत, संरचनागत […]