खुम्बुमा एकै दिन ७०० पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यति बेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार छ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । छ सय आठ […]

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा, केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पदबाट राजीनामा दिएकी छन् । बालुवाटार निकट स्रोतका अनुसार शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला माग पुरा गर्न र आन्दोलन रोक्न प्रधानन्त्रीले भूमिका नखेलेकाले पदबाट राजीनामा दिएकी हुन् । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।

पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लागेर आगो लाग्यो, ४ जनाको मृत्यु, २ घाइते

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभराको दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा करेन्ट लागेर आगलागी हुँदा जीपमा सवार ४ जनाको घटनास्थलमानै मृत्यु भएको छ । २ जना घाइते भएका छन् । फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा सोमबार बिहान ४ः५० बजेतिर आगलागी भएको पत्रकार वसन्त […]

राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कारबाही हुन्छ : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने घोषणापछि कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र संविधान र कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि सैह्य नहुने स्पष्ट पारेको हो । राप्रपाले राजतन्त्र पुन:स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी […]

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा खोटाङका उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको सर्वेक्षणअनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइन तथा १० प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत् बलेको पाइएको हो । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै […]

भारी वर्षाले दिल्लीमा ४ तले भवन भत्कियो, ४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित मुस्तफावाद क्षेत्रमा चार तले भवन भत्किँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । यो घटना शनिबार बिहान करिब २:३० बजे भएको हो । भग्नावशेषमा अझै १० जनाभन्दा बढी फसेको आशंका गरिएको छ। राष्ट्रिय आपदा मोचन बल र दिल्ली प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको छ। डिभिजनल अग्नि […]

सोलुखुम्बुको थामेमा आरोही सम्मेलन

सोलुखुम्बु । सोलुखुम्बुको थामेमा यही वैशाख ९ गते आरोही सम्मेलन (समिर्टस् समिट) हुने भएको छ । ‘जलवायु न्यायका लागि साथसाथै’ संस्थाले आयोजना गर्न लागेको उक्त सम्मेलनमा आरोही, जलवायु र पर्यटन विज्ञ एवं सरकारी तहबीच समूहगत छलफल हुने बताइएको छ । साथै सरकारले गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा उक्त आरोही सम्मेलन जोडिएको छ । सम्मेलनलाई आज […]

आजदेखि ३ दिन ताप्लेजुङमा कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजङ्घा हिरक महोत्सव–२०८२’ भव्य रूपमा आयोजना हुँदैछ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुन लागेको महोत्सव आजदेखि आइतबार (५ देखि ७ गते)सम्म चल्ने छ । महोत्सवको उद्घाटन शुक्रबार आज गरिने र तीनदिने महोत्सव अवधिभर कञ्चनजङ्घा हिमालको […]

कोशीमा भारतीय पक्षले बनाउन लागेको ‘पाइलट च्यानल’ नेपाली पक्षले रोक्यो

काठमाडौं । कोशी नदीको प्राकृतिक बहावलाई पश्चिमी तटबन्धतर्फ धकेल्न भारतीय पक्षले बनाउन लागेको ‘पाइलट च्यानल’का काममा रोक लगाइएको छ। ‘पाइलट च्यानल’ निर्माणस्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वको टोलीले निर्माण कार्यमा रोक लगाएको हो। कोशी नदी नियन्त्रणको नाममा भारतले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ टिकुलियास्थित पश्चिमी तटबन्ध नजिकै नदीको प्राकृतिक बहाव परिवर्तन गराउन पाइलट […]

सुनसरी गोली प्रहार घटना : ३ जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । गोली प्रहारका क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका थिए । उनको प्रहरीको निगरानीमा विराटनगरमा उपचार […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं