चितवन । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ६ बजे बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा. प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दमकलले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जनाको […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव […]
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभर सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनीलगायत प्रदेशका पहाडी तथा हिमाली भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेससहित विभिन्न प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती, गण्डकी र […]
काठमाडौं । काठमाडौं उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भीड लागेको हो । दिवंगत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो […]
काठमाडौं । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने […]
काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदा लोकसेवा आयोगमा पुगेको छ । मन्त्रिपरिषद्ले विधेयकमाथि राय तथा परामर्श लिन मस्यौदा आयोगमा पठाएको हो । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयकको मस्यौदा परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको जानकारी दिइन् । निजामती सेवा ऐनमा कर्मचारीको […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनका लागि सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ। निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनअन्तर्गत निर्वाचन सहजीकरणका लागि सात जना वरिष्ठ अधिवक्तालाई प्रदेश निर्वाचन संयोजकको जिम्मेवारी दिएका हुन्। समितिका अनुसार कोशी प्रदेशमा डिल्लीबहादुर कार्की, मधेश प्रदेशमा बलराम सुवेदी, बागमती प्रदेशमा कृष्ण अर्याल र गण्डकी प्रदेशमा जगन्नाथ ढकाललाई संयोजक […]
काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा महत्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि दुई सहसचिवलाई सचिवमा बढुवा गर्नेसम्मका निर्णय बैठकले गरेको हो। मन्त्रिपरिषद्ले गरेका निर्णय यस्ता छन् १. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने। २.भारतको नयाँ दिल्लीमा हुने नेपाल–इन्डिया इन्टर–गभर्नमेन्टल सब–कमिटीको बैठकका […]
काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा अमेरिका जाने टोलीको भ्रमण स्वीकृत गरेको हो। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाह नेतृत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ। टोली असोज १० गते […]
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिसभासमक्ष माफी मागेकी छन् । सांसदहरूले उठाएजस्तो अभिव्यक्ति आफूले नदिएको भन्दै पन्सिएकी गौतमले चित्त दुखाएकोमा भने माफी मागेकी हुन् । जेनजी आन्दोलनको स्मृतिमा पुरानो संसद् भवन परिसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री गौतमले कानुन निर्माणले गति लिन नसक्नुमा राष्ट्रियसभामा आफ्नो पार्टीको उपस्थिति नहुनुलाई कारणका रूपमा प्रस्तुत गरेकी […]