काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने कम रहेको जानकारी दिए। “आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना न्यून छ । यद्यपि रातिको समयमा एक–दुई […]
जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये ३० जना टेलिफोनमार्फत सम्पर्कमा आएको र १६२ जना अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीनमध्ये पर्साको वीरगञ्ज महानगरपालिका बस्दै आएका […]
चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो । साल्ट ट्रेडिङ कर्पाेरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ । बाबा ग्यासका सञ्चालक […]
काठमाडौं । बाढी–पहिरोबाट अवरुद्ध नेपाल–चीन सीमाको केरुङ नाका जोड्ने चीनतर्फको जी–२१६ राष्ट्रिय राजमार्ग करिब एक सातामै पुन: सञ्चालनमा आएको छ। अगस्ट २६ को विनाशकारी विपद्ले चीनको तिब्बतस्थित केरुङ नाकातर्फ जाने सडकमा गम्भीर क्षति पुर्याएपछि स्थलमार्ग अवरुद्ध भएको थियो। चिनियाँ उद्धार तथा मर्मत टोलीले क्षतिग्रस्त खण्डमा आपत्कालीन रूपमा सडक सम्पर्क पुन:स्थापित गरी सेप्टेम्बर २ देखि आवागमन […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले आज बिहान १०:०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको जानकारी दिए सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताए ।
झापा । कचनकवल गाउँपालिकाले रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २९ लाख छ हजार १०० सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारीका तर्फबाट सो रकम एकमुष्ट रूपमा कोषमा दाखिला गर्न लागिएको हो […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौं । भदौ १० गते आएको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुधबार साँझ ६ बजेसम्मको विवरण अनुसार मानव अंगसहित १२०४ शव फेला परेको हो । रसुवामा टिमुरेबाट ल्याइएसँगै ११५ वटा शव फेला परेका छन्। नुवाकोटमा १५५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, […]
विराटनगर । भोटेकोसी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रानी आँखा उपचार केन्द्रले नगद तथा राहत सामग्री सहयोग गरेको छ । विपद्को यस कठिन घडीमा आँखा उपचार केन्द्रले यसअघि २१ हजार १५१ आर्थिक सहयोग गर्नुका साथै बाढीपीडितका लागि आज १५० थान ब्ल्यांकेट समेत राहतस्वरूप प्रभावित क्षेत्रमा पठाएको छ […]
काठमाडौँ । रसुवामा भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीको अवस्थाबारे प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ। बुधबार बसेको सदनको बैठकले सभामुख डीपी अर्यालले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो। बाढीको प्रभाव रसुवाको टिमुरे, स्याफ्रुवेशी र बेत्रावती हुँदै नुवाकोटको त्रिशूली बजार तथा देवीघाटसम्म देखिएको छ। धादिङ, चितवन र गोरखाका त्रिशूली नदी आसपासका तटीय […]