फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु

एजेन्सी– उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक-अप ट्रक ठोकिँदा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ । ‘पिकअपमा सवार रहेका मध्ये तीन जना मात्रै जीवित हुनुहुन्छ’, प्रहरी […]

मधेश प्रदेशमा रासायनिक मलको अभाव नहुने

वीरगञ्ज– मधेश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । रासायनिक मल वितरण गर्दै आएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसँग यथेष्ट मल मौज्दात रहेको जनाउँदै मलको अभाव नहुने दाबी गरेका हुन् । रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत आयात गरेर अनुदानबापत कम […]

प्रचण्ड पत्नी सीता दाहालको पहिलो स्मृतिसभा

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी सीता दाहालको प्रथम स्मृति दिवसमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालसहित उनका परिवारका सदस्यहरूले सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरे । श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, […]

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको आग्रह

काठमाडौं– नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए । प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि […]

धेरै रिसाउँदा हुनसक्छ यस्तो हानी

काठमाडौं– महात्मा गान्धीले भनेका छन्, रिस एक क्षणको पागलपन हो । कुनै कुरामा चित्त नबुझ्दा मानिसलाई रिस उठ्छ । रिस एक प्राकृतिक प्रतिक्रिया पनि हो जसले केही कुरा ठीक छैन भन्ने संकेत गर्छ । आफूले सोचेको जस्तो भएन भने वा अरूबाट आफूले चाहेजस्तो व्यवहार पाइएन भने कुनै पनि व्यक्तिलाई रिस उठ्छ । रिस मानिसको सबैभन्दा […]

पाल्पालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

पाल्पा– पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रावधानअनुसार यहाँ १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले पूर्ण खोप पाएपछि घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितताका […]

कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी

टीकापुर– गत वर्षको तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा १७३, लम्कीचुहामा ११३, बर्दगोरियामा ७२, टीकापुरमा ४० ,जानकीका चार, भजनीका पाँच […]

आँप टिपेको विषयमा विवाद, थप्पडको बदला हत्या

रौतहट– रौतहटमा अनौठो घटना प्रकाशमा आएको छ। आँप टिपेको विषयमा विवाद हुँदा दुई–चार थप्पड हानेको बदलामा योजना बनाएर एक जना किशोरको हत्या भएको छ । जिल्लाको दक्षिणभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या भएको प्रहरीले खुलासा गरेको छ। घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा […]

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

चितवन– पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी रुपमा खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा पूर्णरुपमा यातायात अवरुद्ध भएको थियो। अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार आवागमन दुईतर्फी नै सञ्चालन गर्न […]

पाकिस्तानमा सडक दुर्घटनामा परी १३ जनाको मृत्यु

एजेन्सी– पाकिस्तान प्रशासित काश्मिरमा बुधबार भएको सडक दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । उद्धार कर्ता संस्था ‘रेस्क्यु ११२२’ संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान प्रशासित काश्मिरको नीलम जिल्लामा एउटा यात्रुबाहक भ्यान खाल्डोमा खसेको छ । चालकले जिल्लाको पहाडी भागमा तीव्र गतिले चलाएको गाडी मोड्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं